-जीवीका अश्रु-
बसको सिटमा झ्यालपट्टी छु म । छेउमा सुन्दर लक्काजवान छ । विपरीतलिङ्गी भएपछि हल्का आकर्षण त नहुने कुरै भएन ।
गाडीको रफ्तार तेज छ । घरीघरी म ऊसँग छोइन्छु । “सरी“ भन्दै फेरि अलग्ग हुन्छु । मलाई बोल्ने बहाना चाहिएको छ । बसले हुत्याएर साथ दिइरहेको छ । मलाई लाग्छ ती सलक्क परेका बलिष्ठ हातहरुले मेरा हात छोउन् । त्यो सुन्दर, जवान पुरुष बोलोस् ।
तीन घण्टा बितिसक्यो । मनमा कौतुहल जागेको छ । बस रोकियो । चिया पिएर फेरि गाडीले गन्तव्य पक्ड्यो ऊ मेरो हात पक्डदैन । म गाडीमा ढल्कें । ब्यूँझिदा उसैको हातको/ काँधको सहारा खोज्दै । मनै त हो । ऊ पनि केही त सोच्दै छ होला । समय पर्खदै होला । आशा लाग्दैछ । अँध्यारो बढ्यो, उसका हातका औंलाहरु चले । अघोषित अनुमति दिएर भरपुर आनन्दमा म निधाएझैं ब्यूझिरहे ।
अचानक गाडीले ब्रेक लियो । म हुत्तिएँ सँगै ऊ पनि हुत्तियो । मैले ऊ तर्फ हेरें । ऊ ऊ थिएन । म महिला सिटमा थिएँ । मेरो छेउमा एक वृद्ध महिला थिइन् । ऊनी मलाई भन्दै थिइन् “नानी तिमीलाई निकैबेर घच्घच्याएर, बोलाएँ, कति गहिरो निन्द्रा निधाएकी गाडीमा पनि, लामो यात्राको थकाइले होला नि !’
हाल ः सिक्किम, भारत

You may also like