आचार्य प्रभा-
सम्झियौ होला गुलाब दिएपछि, पक्कै पनि प्यार हुन्छ ।
सोंच्यौ झुटो मायाको जीतमा, सत्य मायाको हार हुन्छ ।

नसम्झनु तिमीले माया,मात्र दुईदिनको खेल हो भनेर
मायाको खेलवाडमा न सम्बन्ध हुन्छ, न घरबार हुन्छ ।

देखेकी छु मैले नजीकबाट, जीवनलाई नबुझ्नेहरू पनि
प्रेमलाई खेल ठान्नेकै मायामा, धारिलो तलवार हुन्छ ।

दिन त दिन्छन् मायाले पगाल्दै, प्रेमिल शब्दोपहार
स्वार्थले दिएको उपहार नै, जीवनमा गह्रौं भार हुन्छ ।

प्रेमको अर्थ बुझेर साट्न नसके, बिषालु काँडा बन्ला
गुलाबको बाहानामा साटेको माया, मुटु रेट्ने औजार हुन्छ ।
दमक, हाल ः अमेरिका

Author

You may also like