लेख विचार/वहस

महाधिवेशनको चटारो र दलभित्रका उल्झनहरु

        ===== यतिबेला कम्युनिष्ट पार्टीहरु थरिथरिमा विभक्त भएको स्थिति छ ।  तरपनि देशको सबैभन्दा ठूलो र धेरै संगठित सदस्यहरु भएको पार्टीको रूपमा नेकपा एमालेनै हो, यो पार्टीभित्र पनि दुई धारको राजनीति सुरु भएको अवस्था छ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पार्टी खोलेर जनजनमा अभियान चलाइरहेका बेला र नेपाली काङ्ग्रेस पार्टीले सही नेतृत्व दिन सकेन भने यो पार्टी पनि रच्छ्यानमा पुग्ने निश्चित प्राय छ । =====

ओमप्रकाश गौतम
यतिबेला कोभिडको कहरसंगै महान नेपाली जनताहरु सबैभन्दा ठूला र केही राजनीतिक दलहरुको केन्द्रीय महाधिवेशनको चटारोमा तिनका नेता र कार्यकर्ताको गठजोड हेर्न आतुर छन् । सबैदलभित्र पनि आ–आफ्नै प्यानल छन् , चाहे त्यो प्यानल होस् या नहोस्, सबै प्यानलकै वरिपरिमा देश दौडाहा गर्न तिनका नेतृत्वलाई भ्याइनभ्याई छ , यतिबेला । सत्तारुढ दल नेपाली काङ्ग्रेस , नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत राप्रपाको पनि महाधिवेशनको सरगर्मी चलेको छ । कति स्थानमा निर्विरोध त कति स्थानमा चुनावी प्रक्रियाबाट धमाधम निर्वाचित भइरहेका छन् , नेतृत्वका राजनीतिकर्मीहरु ।

साँचो अर्थमा भन्ने हो भने यो एउटा लोकतान्त्रिक विधि र प्रक्रियाको नयाँ तरिका पनि हो किनकि नेतृत्वनै चुनावमै जितेर प्रतिनिधि रूपमा चुनिए । यो सबै ठूला या साना दलहरुमा देखिएको यथार्थता पनि हो । जे जसरी भएपनि लोकतान्त्रिक पद्धतिलाई चुस्त र दुरुस्त बनाउँदै नयाँ नेपालको परिकल्पना गरेर अघि बढनु र सबै दलहरु एकताबद्ध हुनुनै अपरिहार्यता हो । देशमा कानुनको उपहास , संवैधानिक प्रक्रियामा देखिएको बेमेल र विकृतिले देशै आक्रान्त बनेको बेला जनतानै वाक्क दिक्क भएका छन् । जनजनमा विश्वास दिलाएर नयाँ नेतृत्वले देश हाँक्न सकोस् भन्ने शुभेच्छानै हो। त्यही भएर अब नेताको सदबुद्धि पलाउनुपर्छ भनेरै जनता जुर्मुराएका छन् , यो सन्देश उपल्लो नेतृत्वले बुझ्न सक्नुपर्छ  ।

हिजो गर्नै नसकेका कामहरु गर्नुपर्छ । जतिसुकै बेला पनि शक्ति र सत्ताको मोहमा लागेर देशलाई कुन अवस्थामा पु¥याइयो भन्ने कुरा सम्झनुपर्छ। सहिद, बेपत्ता परिवारका आवाजहरुमा घातप्रतिघातको सद्बिज नेताहरुलेनै चौपट बनाएका कारण देश अनिष्टको भुमरीमा किन फस्यो भन्ने कुरा नेतृत्वले बुझ्न सकेन हिजो । यी यावत विषयलाई अब बन्ने महाधिवेशनको नेतृत्वले बुझ्न सकेन भने हेक्का रहोस् देश बन्धक बन्ने निश्चित प्रायः छ । यहाँ कोहि कसैले क्रान्तिकारी नारा नलगाए हुन्छ किनकि हामी जनताले सबै दलहरुको हविगत बुझिसकेका छौं कि कोहि यहाँ पानीमाथिको ओभानो नभए हुन्छ । यो राजनीतिक तरलता , संवैधानिक निकायमा देखिएको अन्यौलताले अब देश सहज अवस्थामा आउन सक्ने स्थिति छैन । अब त जनता ‘जुन जोगी आए नि कानै चिरेका’ भन्न थालिसकेका छन् तर लोकतान्त्रिक परिपाटी प्रतिभने विश्वस्त छन्  ।

हाम्रा नेतृत्वले केही गर्छन्, देशमा भ्रष्टाचार , अनियमितता, ढिलासुस्ती सदाका लागि अन्त्य गर्नेछन् भन्ने पूर्ण विश्वासमा छन्। वास्तवमा भन्ने हो नेताले यो देशलाई दोहन गरेकै हुन्, ‘र’ का एजेन्टलाई शान्तिभूमि नेपालमा अशान्ति मच्चाउन बोलाएकै हुन् , यो कुरा घामझै छर्लङ्ग छ। अब यसैलाई काउण्टडाउन गर्नका निम्ति सम्पूर्ण सचेत युवा नेतृत्व अब जुटनैपर्छ।यो बेलामा बयोवृद्ध नेताका हातमा सबैभन्दा ठूलो नेतृत्व युवा वर्गहरुले सुम्पिदिएका कारणले पनि राजनीतिक सही मोडमा लम्किन सकेन । प्रत्येक पार्टीमा बयोवृद्ध नेताले युवा नेताहरुलाई नेतृत्व नसुम्पिदिएका कारण मियो बेगरको दाइमात्र गर्ने काम गरे । आजपनि यसरीनै राजनीतिक दाउपेच गर्न उद्दत छन्, तिनै हिजोका भारतीय एजेन्टहरुलाई हारगुहार गर्ने बयोवृद्ध नेताहरु  आज सत्ताको मुख्य साझेदार दल नेपाली काङ्ग्रेस, मुख्य प्रतिपक्षी नेकपा एमाले र माओवादीका नेताहरु किन सुटुक्क भारततिर जाँदैछन् त ? के का लागि, किन जानु, के लिन जानु, यतिबेलै। यो उत्तर अब सबै दलका कार्यकर्ताले खोज्नु जरुरी छ ्र यस्ता नेताहरुलाई अबको अधिवेशनमा जनमत दिएर जिताउनु सबैभन्दा ठूलो भुल हुनेछ।  प्रजातन्त्र र लोकतन्त्रका लागि पुराना र लामो संघर्षशील इतिहास बोकेका पार्टीहरु नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी मात्र हुन् । जब देशमा लोकतन्त्र आएपश्चात् जन्मिएका पार्टी त धेरै छन् तर पुरानो विरासत बोकेका पार्टी भने यिनै दुईवटा मात्रै हुन । यतिबेला कम्युनिष्ट पार्टीहरु थरिथरिमा विभक्त भएको स्थिति छ ।  तरपनि देशको सबैभन्दा ठूलो र धेरै संगठित सदस्यहरु भएको पार्टीको रूपमा नेकपा एमालेनै हो, यो पार्टीभित्र पनि दुई धारको राजनीति सुरु भएको अवस्था छ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पार्टी खोलेर जनजनमा अभियान चलाइरहेका बेला र नेपाली काङ्ग्रेस पार्टीले सही नेतृत्व दिन सकेन भने यो पार्टी पनि रच्छ्यानमा पुग्ने निश्चित प्राय ः छ ।

यो बेलामा नेपाली काङ्ग्रेस जुट्नुपर्ने ठाउँमा अझै अलमलमा देखिएको छ । न्यायालयभित्रको विकृति हटाउन सर्वोच्च अदालतका न्यायाधीशहरु एक ठाउँमा उभिएर प्रधानन्यायाधीशको राजीनामा माग्ने हिम्मत गर्न सक्छन् भने काङ्ग्रेसलाई विधिसम्मत रूपमा अघि बढाउन यस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्यहरु किन तयार हँदैनन् ? अनि दोषजति किन प्रधानमन्त्री शेरबहादुर देउवालाई थुपार्छन्, आफ्नै पार्टीका शीर्ष नेताहरु  कस्तो लज्जाबोध पनि नभएको होला ।  तिनै पार्टी नेपाली काङ्ग्रेसका उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकको जिम्मेवारी पाएका काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल किन यो महाधिवेशनको मुखमा समितिको संयोजक बनाएर देउवाले ‘मुख टाल्न’ खोजेको पौडेलनिकटले किन बाहिर आशङ्का गरिरहेको खबर बाहिर मिडियामा आइरहेको छ त ?

यो बेलामा काङ्ग्रेस जस्तो लोकतन्त्रको पर्यायवाची मानिने पार्टीका नेताहरुले आफूलाई बोलीमा हैन , व्यवहारमै प्रजातान्त्रिक पद्धतिका पक्षमा उभ्याउन सक्नुपर्छ ्र आज नेपाली काङ्ग्रेस पार्टीमा मात्रै हैन अरु कम्युनिष्टहरुमा पनि यो रोग जस्ताको तस्तै सरिरहेको छ ,यस्ता राजनीतिक उल्झनहरु यही महाधिवेशनमा सबै हटेर जाउन्, अबको पार्टी नेतृत्व युवाहरुको काँधमा आउन सकोस् ्र यो कलमजीवीको सबै दलको अब हुँदै गरेको एकताको महाधिवेशनको शुभेच्छा तथा शुभकामना साथै हार्दिक – हार्दिक नमन व्यक्त गर्दछु ।

 

Author

You may also like