जावो बाख्रो हेर्न मेला बजार जान्थ्यौं भन्नु पनि कसरी ? तर त्यस्तै हुन्थ्यो । हामी बाख्रो हेर्न दुई घण्टा पैदल हिडेर जान्थ्यौं । उसबेला केटाकेटी उमेरमा भोक र थकानको कुनै पर्वाह हुदैनथ्यो । सिर्पm हामीलाई बाख्रो हेर्न मेला जानुथ्यो, त्यो पनि वर्षमा एकपल्ट । मेलामा रमिता हुन्थ्यो र सबैभन्दा नवीन कुरो हुन्थ्यो सर्कस । त्यसमा पनि हामी धेरै रोमाञ्चित हुने विषय हुन्थ्यो बाख्रो । हामी सबैका घरमा बाख्रो हुन्थ्यो । सबैले जानेको । तथापि बाख्रो हेर्न मेला बजार नगइ नहुने हुन्थ्यो । जसरी पनि जानै पथ्र्यो ।
उसबेला म सात कक्षमा पढथें । पाँचथरको फिदिमममा राजा वीरेन्द्रको जन्मोत्सव पारेर पुस १४ गते वर्षेनी बृहत मेला लाग्थ्यो र हामी पनि मेला जान्थ्यौं, तर बाख्रो हेर्न । कुद्थ्यौं बेस्करी । बाख्रो हेर्न मेला जाने भन्दा हाम्रा रौं ठाडा हुन्थे । हामीलाई मेलाको र त्यो पनि सर्कसको बाख्रो नहेरी नहुने हुन्थ्यो ।
हामी बिहान सबेरै खाना खाएर फिदिम लाग्थ्यौं, दुई घण्टा हिंडेपछि फिदिम पुग्थ्यौं । ठूलो मेलाबजारमा मान्छेको घुईँचो हुन्थ्यो । केही समयपछि हामीबाख्रो हेर्न सर्कसमा जान्थ्यौं । बाख्रो कस्तो होला भन्ने ब्यग्रता पनि हुन्थ्यो । केही क्षणमा बाख्रोलाई सिंगारेर निकालिन्थ्यो । हामी सबैका आँखा त्यही बाख्रोमा हुन्थे । खेलौना बनाएर चलाइन्थ्यो उसलाई र देखाइन्थ्यो । सिङ्मा रिवन लगाइदिएर, खुट्टामा मोजा लगाइदिएर, आँखामा चश्मा लगाइदिएर, कम्मर मुनि सुरुवाल लगाइदिएर, जाडोको मौसम भएकाले होला कम्मर माथिज्याकेट लगाइदिएर, निधारमा रातो रंगको टीका लगाइदिएर, टाउकोमा ऊनीको भालु टोपी लगाइदिएर, बाख्रोलाई एउटा उटपट्याङ्ग पात्र बनाएर दर्शकसामू निकालिन्थ्यो । भूँडीका रंग पनि नचिन्ने गरी रंग दलिएको हुन्थ्यो ।
त्यसपछि बाख्राको प्रस्तुति सुरु हुन्थ्यो । उसले के गर्छ भन्नु भन्दा पनि ऊ आप्mनो परिचय गुमाएर ‘बेप्राणी’ जस्तो देखिन्थ्यो । उसको जात हराएको देखिन्थ्यो । पहिचान हराएर ऊ न त बाख्रो, न त मान्छे, न त कुनै अर्को प्राणी भएर एउटा जोकर देखिन्थ्यो । ग्रीसेली पुराणमा बर्णित स्फिनिक्स जस्तै हुन्थ्यो । न मान्छे, न जनावर, न राक्षस । त्यो बाख्रो त्यस्तै थियो । त्यसैले उसको काम पनि उसको जातको थिएन । उसको साथको थिएन । उसको बंशको थिएन । उसको पुर्खाको थिएन । न उसको जातले पाएको होस, न उसका पिता पुर्खाले गरेको होस् । तर ऊ उसको मालिकले जे गर्न भन्थ्यो, ऊ उही गथ्र्यो ।
बाख्रो भएर पनि ऊ डोरीमाथि हिंडथ्यो । बाख्रो भएर पनि ऊ बाँदरमा रुपान्तरित हुन्थ्यो ।
बाख्रो भएर पनि ऊ नाच्थ्यो । ऊ नर्तकी हुन्थ्यो । बाख्रो भएर पनि ऊ नमस्कार गथ्र्यो सबैलाई । बाख्रो भएर पनि ऊ एउटा खुट्टो उचालेर कुकुरले पिसाव फेरेको अभिनय गरेर कुकुर हुन्थ्यो । बाख्रो भएर पनि ऊ चश्मा लगाएर, टाई लगाएर सबैसंग हात मिलाउने आउने मन्त्री हुन्थ्यो । बाख्रो भएर पनिऊ साइकल कुदाएर पुलिस हुन्थ्यो ।
उसका अनन्त रुपहरुले उसको पहिचान सिध्याएका थिए । तैपनि ऊ दाँत देखाएर मुस्कुराउँथ्यो । त्यो जोकर देखिएकै कारणले, त्यसको पहिचान ध्वस्त भएकै कारणले दर्शकहरुको भीड लाग्थ्यो । सबै मुस्कुराइरहेका हुन्थे । रमाइरहेका हुन्थे । उसको परिचय सकिइरहँदा मानिसहरुलाई आनन्द लागिरहेको हुन्थ्यो । कसैको परिचय सकिरहँदा मान्छेलाई कति मज्जा आउँदो रहेछ भन्ने कुरा मैले उसबेला देखेको थिएँ । यसरी लगभग एक घण्टाको प्रस्तुति दिन्थ्यो बाख्राले ।
आज देशलाई टक्क उभिएर हेर्दा यसलाई सर्कसमा राखिएको त्यो बाख्रो जस्तो देखिरहेको छु । आज म यो मेरो देशलाई त्यही बाख्राको अनुहारमा हेरिरहेको छु । कालो मोसो दलेर, जुत्ताको माला लगाइदिएर, टाउको आधा मुण्डन गरेर सहर घुमाएर, इतिहास सकेर, पहिचान सकेर, परम्परा र सनातन खजनाहरु सिध्याएर, गर्ने नगर्ने सबै गरेर यो देश त्यो बाख्रो भएको छ । देश बाख्रो भयो । बाख्रो देश भयो ।
बाख्रो जस्तै यो देशलाई अन्माएर बाहिर सर्कस परिसरमा ल्याईदैछ । र, त्यहाँ करिब तीन करोड भित्र र बाहिर ‘भर्चुअल रियालिटी’ मा हेर्ने धेरै करोडको मात्र मादर्शकहरु हेरिरहेका छन् सञ्चार माध्यमहरुबाट । र, ती सबैका सबै मुस्कुराइरहेका छन् । दाँत देखाएर हाँसिरहेका छन् । रमाइरहेका छन् । खित्का छोडेर हाँसिरहेका छन् । त्यो हाँस्नका लागि तिनले पैसा तिरेका छन्, महंगो इन्टरनेट र टेलिभिजनलाई ।
आज सिंगारेर प्रदर्शनका लागि ल्याइएको यो देश त्यो बाख्रो भएको छ । किनभने, त्यो बाख्राको जस्तै यो देशको हुलिया दिन परदिन बदलिंदै छ । र, एउटा जोकरमा रुपान्तरित भइरहेको छ । अनि गज्जवको कुरा के भने सबै आज त्यो बाख्रोलाई सकेसम्म बिनिर्माण गर्न लागिपरेका छन् । देशलाई जोकर बनाउनेहरुलाई खबरदारी गर्नेहरु नभएका पनि होइनन्, तर ती सबै कुहिराको काग भए । जनताले माग नै नगरेका विषयहरुलाई जबरजस्ती स्थापित गरियो र यो देशलाई त्यो बाख्रो बनाइयो । सनातन धर्ममाथि लगातार आक्रमण भयो, भइरहेको छ । विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान दिने देशलाई मासियो र त्यसका सबै अवयवहरुमाथि रंगले पोत्न थालियो । हाम्रा धेरै चाडपर्वहरु देशका गौरव बनेनन् र तिनलाई पोतेर सार्वजनिक महत्वबाट हटाइयो । ती चाडहरु कतिपय अवस्थामा हिन्दु धर्मसंग जोडिएका भएपनि ती नेपाली जनताका चाड थिए, हिन्दु धर्मावलम्वीहरुका मात्र थिएनन् र होइनन् पनि । दशै नेपालीहरुले मनाउँछन्, तर भारतका हिन्दुहरुले मनाउँदैनन् । तिहारमा टीका भारतीय हिन्दुहरुले लगाउँदैनन् । तीज नेपाली नारीहरुले मनाउने चाड हो, भारतीयहिन्दु महिलाहरुले यो मनाउँदैनन् । चैते दशैं, कुशे औशी, जनै पूर्णिमा, माघे संक्रान्ति जस्ता पर्वहरु नेपालबाहेक कहिंका पनि हिन्दुहरुले मनाउँदैनन् । उसोभए यी चाडहरु कसरी हिन्दुका भए ? र यिनलाई मास्दा ताली पडकाउनु पर्ने कारण यो देशलाई सांस्कृतिक रुपले उपनिवेश बनाउन खोजेको हो । यो देशका जनताले तिरेको पैसाको तलब खाएर बसेका मानिसहरु मुलुकका यी सबै पहिचान सखाप पार्न लागेका छन् । सार्वजनिक ठाउँमा गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति यसैको पृष्ठपोषणका लागि आएको हो । युरोपेली युनियन र अमेरिका यो मुलुकलाई त्यो सर्कसको बाख्रो बनाउन लागिपरेका छन् । त्यसैले तिनले अभैm यसको बँचेखुचेको परिचय मास्न जनप्रतिनिधी र सरकारका कतिपय मन्त्रीहरुलाई प्रयोग गरिहरका छन् । तर प्रधानमन्त्री निरीह देखिएका छन् यी मामलामा ।
हाम्रो साभ्यताको खजना अपार ज्ञानको भण्डार रहेको माध्यम संस्कृत भाषालाई चौतर्फी प्रहार गर्न, नेपाली पाठ्यक्रमबाट यसलाई हटाउन पश्चिमाहरुले निकै कसरत गरे र सफल भए । अहिले त्यतिले मात्र पुगेन, अब विद्यालय शिक्षामा मात्र होइन, उच्च शिक्षमा व्यवस्था गरिएका नेपाली पाठ्यक्रमलाई मास्न युरोपेली युनियनले निकै ठूलो लगानी गरे, तर सकेनन् । नेपाल देश डुबाउने त्रिभुवन विश्वविद्यालयका कथित ‘विज्ञ’ भनिने व्यक्तित्हरु युरो र डलरमा बिकिरहेका छन् । तिनले हाम्रो ज्ञानको भण्डारको श्रोत संस्कृत मासे, अब नेपाली भाषा मास्न कम्मर कसेर लागेका छन् । पाठ्यक्रमबाट नेपाली हटाउनु भनेको नेपाल मध्य नाइजेरिया, घाना, कंगो जस्ता अफ्रिकी मुलुकहरु जस्तो हुनु हो । तिनमा भाषा बिबाद हुँदा अंग्रेजी भाषालाई सरकारी कामकाजको भाषा बनाइयो । र, अहिले त्यहाँ अंग्रेजी भाषा मातृभाषा जस्तो भएर ती समाज क्याथालिकीरण, प्रोटेष्टिनीकरण भइरहेका छन् । नेपाली समाजलाई पनि अंग्रेजीकरण गरेर क्याथोलिकीकरण र प्रोटेष्टिनीकरण गर्न पश्चिमाहरु लागि परेका छन् । त्यसको लागि कतिपय नेतृत्वहरुले सगुन लिएका छन् । यो देखिइसक्यो ।
मैले एक दशकदेखि भन्दै आएको नेपाली अर्थतन्त्र सुन्निएर मोटाएको मान्छे जस्तै हो भन्दा कसैले पत्याएनन् । यो आधार भूमि नभएको नेपाली अर्थतन्त्र सुन्निएर मोटाएको मान्छे भनेको थिएँ धेरै पटक । किनभने यहाँ उद्योगहरु छैनन्, धेरै पलायन भइसके, भएका पनि ट्रेड युनियनको भारीले थिचेर एैं एैं भएका छन् । कच्चा पदार्थ नेपालमा छैन, आयातै गर्नु पर्छ । आयात गरेको बिजुली चलाउनु पर्छ । उत्पादन लागत बढी छ र तिनले बजारमा प्रतिष्पर्धा गर्न सक्दैनन् । पर्यटन बिकास हुन सकेको छैन । कृषि आत्मनिर्भर नै हुन सकेको छैन । रेमिट्यान्सको पैसा अनुत्पादका क्षेत्र, जस्तै भिटा र घर बनाउनमा सकिएका छन् । चरम संस्थागत भ्रष्टाचार छ । विकासमा, पानीमा र सबैभन्दा जलश्रोतमा राजनीति हुन्छ । राजनीतिले समाजिक संस्थाहरु सबै थला परिरहेका छन् । त्यतिमात्र होइन, ८५ हजारको हाराहारीमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु स्थानीय, प्रदेश र संसदमा संघीयतासंगै तलव र भत्ताधारी भएका छन् । थपिएका छन् । तिनका स्वकीय कर्मचारी, सल्लाहकार र तिनका अनेकौं शिर्षकमा उपलब्ध हुने ‘सुविधा’ जोड्ने हो भने त्यो अकल्पनीय हुन्छ । एक लाखको हाराहारीका निजामति कर्मचारीलाई तलव खुवाउन सकिएन भन्ने बिगतका सरकारका शब्दलाई सापटी लिने हो भने यो थप एक लाख थप भएको संघीयतालाई यो सरकारले जनतालाई आर्थिक भार नथोपरिकन सफल पार्न कति अप्ठेरो छ ? सुनिन्छ, कतिपय ठाउँहरुमा करको दायरा तीन सय प्रतिशतसम्म पु¥याइएको छ, जनगुनासाहरु आउन पनि थालेका छन् । यसले संघीय व्यवस्थामा प्रश्न उठिसक्यो ।
यो देश त्यो मैले सानामा देखेको सर्कसको बाख्रो बन्नबाट जोगियोस, तर त्यसका संकेतहरु देखिएका छैनन् ।