अहिलेको मानिस अत्यन्त ‘ब्यस्त’, ‘हतार’ र ‘तनाब’मा हुन्छ । मानिसलाई असन्तुलित राख्ने भनेकै माथिका यी तीन शब्दहरु हुन् । जब हामी ब्यस्त हुन्छौं, तब हामी फास्टफुड तर्फ आकर्षित हुन्छौं । जब हामी हतारमा हुन्छौ, तब हामी आवश्यक भन्दा धेरै खान्छौ र जब हामी तनाबमा हुन्छौं, तब असन्तुलित आहार खान्छौं । समग्रमा भन्दा मधुमेह हाम्रो असन्तुलित खानपान र अव्यवारिक जीवनशैलीको परिणाम हो ।
जब हाम्रो रगतमा चिनीको मात्रा बढी हुन्छ त्यो अवस्थालाई हामी मधुमेह भन्दछौं । हाम्रो खानामा भएको कार्बोहाईड्रेडबाट चिनी बन्ने गर्दछ । यदि हाम्रो प्यांक्रियाजले पर्याप्त रुपमा इन्सुलिन निकाल्न सकेन भने त्यो चिनीलाई हाम्रो कोषसम्म पुर्याउन सक्दैन र रगतमा चिनीको मात्रा बढी नै रहन्छ, त्यो अवस्थालाई मधुमेह भन्ने गर्दछौं ।
प्रकार :–
१. Insulin dependent Diabetes Mellitus – यो एक प्रकार को Autoimmune रोग हो । यसमा हाम्रो इम्मुन सिस्टमले प्यांक्रियाजलाई नास गरिदिन्छ । जसको कारणले गर्दा इन्सुलिनको निष्कासन हुदैन वा इन्सुलिनले काम गर्दैन । यस प्रकारको मधुमेह विशेषगरी हामी बच्चाहरु र बयस्कमा बढी पाउँछौं ।
२. Non Insulin dependent Diabetes Mellitus – यस प्रकारको मधुमेह हामी विशेषगरी ४० –६० बर्ष माथिका मानिसमा बढी पाउँछौं । यस प्रकारको मधुमेह असन्तुलित खानपान र अव्यवारिक जीवनशैलीका कारण हुने गर्दछ ।
Gestational Diabetes
गर्भावस्थामा हुने चिनी रोगलाई हामी Gestational diabetes भन्दछौं । यो गर्भावस्थामा हुने हर्मोनल परिवर्तनका कारण हुने गर्दछ । जो महिला किशोरी अवस्थामा निकै मोटी हुन्छिन्, या जो महिला ३० वर्षपछि गर्भवती हुन्छिन् ति महिलामा Gestational diabetes बढी पाइएको छ । लगभग ९% गर्भवती महिलामा Gestational diabetes भएको हामी पाउछौं । Gestational diabetes सधै हुन्छ भन्ने छैन । बच्चा जन्मिएको ६ हप्तापछि रगतमा चिनीको मात्रा नर्मल तिर आउने हुन्छ ।
Pre –Diabetic
यो यस्तो अवस्था हो जुन अवस्थामा तपाई हामी जो पनि पर्न सक्दछौं । यसमा हाम्रो शरीरमा चिनीको मात्रा नर्मल भन्दा बढी हुन्छ्र । यदि हामीले यो अवस्थामा नै आफुलाई पत्ता लगाउन सक्यौं भने भविष्यमा हुने चिनी रोगलाई नियन्त्रण गर्न सक्छौं ।
लक्षणहरुः–
मुख सुक्खा हुने, तिर्खा बढी लाग्ने, राती धेरै पटक पिसाब लाग्ने, धेरै भोक लाग्ने, शरीर चिलाउने,अत्यन्तै थकान लाग्ने, हात खुट्टा झम्झमाउने, आँखा धमिलो देख्ने, अचानक तौल घट्ने, चोट –पटक लागेपछि घाउ ढिलो निको हुने, महिलाहरुमा योनी सुक्खा हुने हुन्छ ।
आहारा :
मधुमेहमा कस्तो खानेकुरा खाने ? कति खाने ? कसरि खाने ? के खाने ? यो प्रश्न हामी सबैको साझा प्रस्न हुन सक्छ ।
कति खाने भन्ने कुरा हाम्रो शारीरिक सक्रियतामा भर पर्ने कुरा हो । यसका लागि तपाईले चिकित्सकलाई आफ्नो पुरा इतिहास भन्नु पर्ने हुन्छ । तपाईको शारीरिक सक्रियताको आधारमा चिकित्सकले खाना कति खाने भन्ने कुरा निकाल्नु हुन्छ । सो diet chart का आधारमा खाना खानु पर्दछ । अहिले २–२ घण्टामा खाइरहने भन्ने भनाइ छ । त्यो बिल्कुल गलत हो । यसरी खाको खाइ गर्दा रगतमा चिनीको मात्रा बढेको बढ्यै हुन्छ । लामो समयसम्म यसो भइरहेमा इन्सुलिनले काम नगर्ने हुन्छ । त्यसका लागि खाइरहने भन्दा पनि कसरी खाने त्यसमा धयान दिनु पर्दछ ।
के खाने ? हामीले खानामा कार्बाेहाइड्रेटको मात्रा कम राखि खानामा प्रोटिन र बोसोलाई बढाउनु पर्ने हुन्छ । जसले गर्दा हाम्रो रगतमा चिनीको मात्रा बढ्न पाउँदैन वा इन्सुलिन असन्तुलित हुन पाउँदैन । खानामा हामीले विशेषगरी गुलियो मिठाई, गुलियो पेय पदार्थ, चिया, कफी बिल्कुलै नखाने गर्नुपर्छ ।
बचाऊ तथा उपचार
१.मधुमेहको उपचार या व्यवस्थापन भनेको रगतमा चिनीको मात्रालाई बढ्न नदिनु हो । यसका लागि दैनिक शारीरिक व्यायाम गर्ने र आफ्नो तौललाई नियन्त्रणमा राख्ने गर्नुपर्दछ । हामीले दैनिक ३० मिनेटदेखि १ घण्टासम्म शारीरिक ब्यायाम गर्नु पर्ने हुन्छ ।
२.मधुमेहबाट बच्नका लागि रगतमा कोलस्ट्रोलको मात्रा पनि सन्तुलित हुनु पर्दछ । यसका लागि तारेका र बोसोजन्य पदार्थको सेवन गर्नु हुँदैन ।
३. हामीले हाम्रो ब्लड प्रेसरलाई पनि नर्मलमा राख्नु पर्दछ ।
४.तनाब व्यबस्थापन गर्नुपर्दछ । रगतमा चिनीको मात्रा बढ्नुमा तनाब पनि प्रमुख हो । अहिले मानिस जति खेरै तनाबमा हुन्छन्, जसले गर्दा चिनी घट्नुको सट्टा बढेको बढेकै हुन्छ । तनाब व्यवस्थापनका लागि दैनिक योगा गर्ने, अनुलोम विलोम गर्ने, परिवारसंग रमाउने, आफुलाई मन पर्ने व्यक्तिसंग समय बिताउने, आफुलाई मन पर्ने ठाउँमा जाने, मिठो निन्द्रा लिने आदि गर्नु आवश्यक हुन्छ ।
५.स्वास्थ्य आहारा लिनुपर्दछ । माथि उल्लेखित आहाराका साथै खानामा सलाद र चोकरको मात्रा बढीभन्दा बढी प्रयोग गर्नुपर्दछ ।
६.माथि उल्लेखित उपायहरु ऋपनाउनका साथै हामीले चिकित्सकलाई पनि देखाउनु पर्ने हुन्छ । योग्य चिकित्सकको निगरानीमा औषधी खाए यो रोगलाई नियन्त्रणमा राख्न सकिन्छ ।
होमियोप्याथिमा मधुमेहका राम्रा राम्रा र निकै प्रभावकारी औषधीहरु छन् । तपाईमा भएका लक्षणका आधारमा योग्य चिकित्सकले सहि औषधीको चयन गरी औषधी खादा यस रोगबाट मुक्त हुन सकिन्छ । होमियोप्याथिक औषधीले तपाईको शरीरमा कुनै दुश्प्रभाब नगरी रोगलाई सजिलैसंग निको पार्न सक्दछ ।
(लेखक कंचनजंघा होमियो क्लिनिक दमककि होमियोफिजिसियन हुन् )