=======    शिक्षालाई किताव घोकेर, त्यही लेखेर पास गरेको कागजको खोष्टो बनाइएको समय हो यो । नेपाली विद्ययार्थीले अमेरिकी समाज पढे । मज्जाले भाषा पढे । संस्कृति पढे । जीवन शैली पढे । तर तिनले नेपाल र नेपाली कहिल्यै पढेनन् । धन्न गत बर्षबाट त्यो पाठ्यसामग्री हट्यो । मेरो मन खुसी भयो ।  ============

                                                                                                                                 अनुभूति

बाँस्कोटा धनञ्जय

शिर्षकमै प्रश्न गर्नु एउटा अकल्पनीय बाध्यता भयो । तर यो प्रश्न पनि होइन । उत्तर पनि होइन । यो प्रश्न एउटा परिस्थिति हो । अथवा भनौं, अकथाले भरिएको कथा हो । यो मकहाँ आयो, अनि गयो । तर जाँदा जाँदै यसले मन रन्थन्याएर गयो । तपाईलाई जे लाग्ला ।
एउटा साँस्कृतिक कार्यक्रममा मेरो सहभागिताको कथामा उभिएको एउटा अनुत्तरीत प्रश्न हो यो ।
अथवा म एउटा उपनयन कार्यक्रममा पुग्दाको दृष्य हो यो । यस कार्यक्रममा परिवार र समाजका थुप्रै मान्छे भेला भएका थिए । तर एउटा केटो बाहेक ती सबै मान्छे यो घटनाका पात्र बनेनन् । र होइनन् पनि ।
त्यही एउटा केटाको कथा हो यो । अथवा ऊ र म बीचमा भएको लडाईं हो यो । जीवनमा कहिल्यै नलडेको लडाईं । खासमा, यो त्यही अकथा हो । अनि मलाई लाग्यो, एउटा केटाको कथाबाट एउटा समाजको कथा बन्दो रहेछ । त्यही समाजको कथाबाट एउटा देशको कथा बन्दो रहेछ ।
एउटा आफ्नै ऐना बन्दो रहेछ त्यो कथा । आप्नै पहिचान बन्दो रहेछ । एउटा घटना वा परिवेशले सभ्यता बन्दोरहेछ । सानो घटनको ठूलो आयाम । अगोको झिल्को जस्तै ।
सोक्रेटिजलाई विष खुवाएर मार्ने भनिएको दिनले यो संसारमा प्रजातन्त्रको जग बसाल्यो । र तिमीमा छोराको जस्तो खुवी छ’ भनेर सिमन दि वियोरलाई उनका पिताले भनेकाले सिमन विश्वबिख्यात नारीवादी लेखिका बनिन् ।
‘तिमी यो सहरकी सबैभन्दा सुन्दर महिला हो’ भनेर कार्ल माक्र्सले आप्mनी श्रीमती जेनीलाई भनेकाले छोराछोरी अनिकाल र रोगले पट्टापट्टि मर्दा पनि जेनीले माक्र्सको साथ छोडिनन् । बरू समाजको अध्यायनमा सहयोग गरिन् ।
राजा पृथ्वीनारायण शाहले ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन’ भनेपछि हामीमा त्यसै त्यसै राष्ट्रियताको भावना उर्लिएर आउँछ ।
त्यसैले ठूलो कुरा हुन ठूलो घटना वा परिवेशको जरुरत पर्दैन । यस्तै भयो मेरो उसदिनको परिवेश पनि ।

त्यो सांस्कृतिक कार्यक्रम थियो —उपनयन । तर यो कथा होइन । यो तस्वीर हो हामी आफ्नैको, यही तस्वीर हेरेर हामी मुस्कुराइरहेका छौं आज ।
कार्यक्रम सुरू हुनु भन्दा करीव डेढ घण्टा अघि म पुगेंँछु, केही बेर उभिएँ । खुट्टा बाँउँडिए । पछाडि प्लाष्टिकका कुर्सी भए ठाउँमा गएर बसें ।
र हेरें त्यहाँ मनिसहरुको उपस्थिति । समाजको चरित्र फेरिएजस्तो देखिने । समय उल्टिएको जस्तो देखिने । किनकि त्यहाँ महिला र बुढापाका धेरै थिए । लगभग असी प्रतिशत महिला र बुढापाकाको उपस्थिति भएको ठाउँमा मैले आँफूलाई र आफ्नो समयलाई कमजोर देखेंँ ।
कता गए त पुरुषहरू र युवा ?
कसैलाई चासो पनि छैन । यो अनुसन्धान गरेर कसैले फाइदा पनि देखेको छैन ।
मैले ती महिलाहरूको उज्यालो अनुहारमा तिनका श्रीमान र छोराछोरीको अनुहार पढन थालें ।
पुरुषहरू कि त जागीरमा गएका छन् । कि त ब्यापारमा छन् । कि त बैदेशिक रोजगारीमा छन् । अनि अलि अलि बचेखुचेकालाई धर्म र संस्कृति (मूलतः हिन्दु) माथि अनास्था जनायो भने मात्रै आफू  ‘बैज्ञानिक’ बन्न पाउने लाइसेन्स बितरण भइरहेको समाजमा यो अनौठो कुरा पनि थिएन । त्यसैले पुरुषहरू नगण्य देखिन्थे ।
युवाहरूलाई त मोवायल र कम्प्यूटर चलाउन जानेपछि ती भन्दा महान बैज्ञानिक कोही नहुने र नबन्ने यो सभ्यातमा हामी रमिरहेका छौं । तिनलाई संज्ञानात्मकता किन चाहियो ? तिनलाई किताव र नोट घोकेर पास नम्बर पाए पुगिगयो । शिक्षालाई किताव घोकेर, त्यही लेखेर पास गरेको कागजको खोष्टो बनाइएको समय हो यो ।
युवालाई ‘महान’ बन्नका लागि धर्म र संस्कारहरूलाई निन्दा गर्न सिकाइयो ।
पश्चिमाहरुले बच्चाहरुलाई आफ्नो धर्म र संस्कृतिप्रति सम्मान जनाउने पाठ्यक्रम बनाउँछन् । उनीहरु बच्चालाई विद्यालयमा आप्mनो धर्म, संस्कृति समाजको बारेमा पनि पाठ्यक्रममा रोखेर पढाउँछन् । इतिहास, भूगोल र नागरिकशास्त्र (संस्कति र धर्म सहित) अनिवार्य पढाउँछन् ।
तर तिनैले हामीलाई आप्mनै स्वत्व भत्काउने पाठ्यक्रम बनाउन लगाउँछन् ।
केही बर्षअघि स्नातक तह दोस्रो बर्षको अनिवार्य अंग्रेजी विषयमा अमेरिकी पाठ्यबस्तु मात्रै राखेको भनेर सेमिनारमै पाठ्क्रम निर्माता सरहरुसैग झगडा भयो । हामीले गरेका थियौं । तर केही भएन । नेपाली विद्ययार्थीले अमेरिकी समाज पढे । मज्जाले । भाषा पढे । संस्कृति पढे । जीवन शैली पढे ।
तर तिनले नेपाल र नेपाली कहिल्यै पढेनन् । धन्न गत बर्षबाट त्यो पाठ्यसामग्री हट्यो । मेरो मन खुसी भयो । तर पश्चिमाहरू पुगेका ठाउँमा उनीहरु ती मुलुकको पहिचान दिने विषयहरू पढाउन दिँदैनन्, जसरी नेपालबाट ती बिषय हटाइए ।
अफ्रिका कसरी  आफ्ना धर्म र संस्कृतिबिहीन भयो र आज ती सबैथोक गुमाएका खेलाडी भएका छन् ? जमैकाको स्वतन्त्रता दिवसमा प्रस्तुत गरिएको नृत्य अफ्रिकी माटोको थियो ? गुगलमा ‘जमैका इण्डिपेण्डेन्स डे’ डान्स भनेर सर्च गर्दा भेटन सक्नुहुनेछ ।
कुरा अन्तै उड्न थाल्यो । बिषयमा आउँ । आएँ । यही उल्का महसुस गरेर म पछाडिको प्लाष्टीकको कुर्सीमा बसें । असी मिनेटदेखी म त्यहाँ बसिरहेको थिएँ साथीहरूसंँग विविध बिषयमा गफिएर ।
मेरो छेउमा एउटा किशोरावस्थाको केटो पनि बसिरहेको थियो । ऊ स्नतातक तहमा पढन थालेको केटो हुनुपर्छ भन्ने लाग्यो, किनभने मैले त्यो केटालाई मेरो कक्षामा अंग्रेजी कविताहरु पढाउँदा सोचमग्न भएका एडोलिसेन्ट्सहरू जस्तै देखें । उमेर, उचाई, अनुहारको भाषाले ऊ मेरो कक्षाको बिध्यार्थी भन्दा फरक थिएन ।
ऊ मोबायलमा ब्यस्त थियो । म खुशी थिएँ । किनकि उसले प्रविधिको उपयोग भरपूर गरिरहेको छ । ऊ पढिरहेको छ । हिसावका सूत्र पढिरहेको छ । विज्ञानका सिद्धान्त पढिरहको छ । अथवा ऊ साहित्यका रचनाहरु पढिरहेको छ । कविता पढिरहेको छ । कथा पढिरहेको छ । अनि देवकोटा पढिरहेको छ । सेक्सपीयर पढिरहेको छ । अथवा ऊ अनलाइन पत्रिका पढिरहेको छ । विश्वका ताजा घटनाहरूको विश्लेषण गरिरहको छ । अथवा उसले कक्षामा पढ्ने विषयका पाठ्यसामग्रीहरू पढिरहेको छ । ऊ विषयबस्तुको गाम्भीर्यतामा हराइरहेको छ । ऊ आप्mनो संज्ञानात्मकतालाई उदात्त बनाइरहेको छ ।
तर ऊ यी सब कुरा गरिरहेको थिएन । कोहीसँग पनि बोलिरहेको थिएन जसको मतलव ऊ कुनै संज्ञानको ध्यान गरिरहेको थिएन ।
के गर्दै थियो त त्यति ध्यानमग्न भएर ?
म्यासेन्जर देवो भवः !!!
ऊ ब्यस्त थियो त्यही म्यासेन्जरमा ।
उसले अरु कुनै पनि एप्लीकेशन खोलेको थिएन । मुस्किलले एक दुई पटक फेसबुक खोल्थ्यो, तर सेकेण्डमै बन्द गथ्र्यो ।
ऊ म्यासेन्जरमा लेखेर गफ गरिरहेको थियो । उसको लेखाई अति तीब्र थियो ।
उसको लेखाइको स्पिड देखेर मेरो श्वास मलिन भयो ।
प्रत्येक एउटा म्यासेज लेखिसक्ने बित्तिकै अर्को ब्यक्तिको म्यासेन्जर खोलेर एउटा म्यासेज टाइप गरेर पढाउँथ्यो । फेरि लगत्तै अर्कोलाई, फेरि लगत्तै अर्कोलाई, …अर्कोलार्ई…अर्कोलाई गर्दै उसले सन्देस सेकेण्डमा पढने र सेकेण्डमा लेख्ने गर्दै पठाइरह्यो ।
ऊ कसैले नदेखुन भन्ने कुरामा सचेत थियो होला, बेलाबेला मुन्टो माथि उठाएर यताउता पल्याकपुलुक हेथ्र्यो । तर कसैसँग एक शब्द पनि बोलेन । छेवैको मसँग बोल्नु त के, मेरो अनुहारमा पनि हेरेन । मेरो भ्यात्ते जीउ लियोनार्दो दा भिन्चीको भन्दा कुरुप थियो, किन हेरोस त ! भिन्चीलाई पनि मान्छेले खासै नजर लगाउँदैन थिए ।
ऊ फेरि तुरुन्तै मोवायलमा लेख्न थाल्थ्यो । उसको यो भिन्न दुनियाँको पात्र बनिरहने सोख देखेर मेरो मन ऊतिर तानियो । मैले अव उसको मोवायलको सन्देसतिर नजर लगाएँ ।
उसले पालैले सन्देस लेख्दैथियो । तुरुन्तै अर्कोलाई म्यासेज लेखेर उत्तर दिइहाल्थ्यो । उसले एकसाथ सम्वाद गरिरहेका पात्र ठम्याउन सकिएन । तर उसको मुस्कानले धेरै कुरा भनिरहेको हुन्थ्यो । उसको त्यो सम्बाद सकिएन । मान्छेको भीड थियो । तर ऊ एक्लै थियो । उसको यो संसारमा सिर्पm मोवायल थियो । र त्यहाँ भित्र अनलाईनमा उसको उत्तर पर्खिएर बसेका आधा दर्जन साथीहरू ।
ती पनि उसलाई तुरुन्तै सन्देस पठाइहाल्थे । हुनसक्छ ती उसका दिदीबहिनी थिए । वा आफन्त थिए । वा साथी थिए । वा प्रेमीकाहरू थिए । तर तिनले त्यो मान्छे धेरैजनासँग एकै पटक गफ गर्दैछ भन्ने थाहा पाए त ? तिनले थाहा पाए भने के होला ? प्रविधिले हामीलाई निकै ठूलो बरदान दिएछ भन्ने लाग्यो ।
पुरोहितले सङ्ख फुकेर मन्त्र सिकाए बटुकहरूलाई । तर ऊ बेखवर थियो ।
खानेकुरा ठूला भाँडामा बोकेर मानिसहरु हाम्रै अगाडिवाट गए, तर ऊ वेप्रभाव रह्यो ।
एक जना भाइले मलाई ‘सर, कफी.. ’ भनेर बसेकै ठाउँमा एक कप कफी ल्याएर मेरो हातमा थमाइदिए । मैले मुस्कुराएर धन्यवाद दिएँ ।
तर त्यो छेउको केटाले थाहै पाएन ।
त्यसपछि भीक्षादान सुरु भयो ।
सबै मानिसहरू आफ्नो ठाउँबाट उठेर भीक्षादान गर्न झोलावाट चामल, पैसा र फूलपाती प्रदान गर्न थाले । मैले पनि उठेर भीक्षादान गरें । ऊ बसिरहेको थियो सोही ठाउँमा । ऊ उठेन पनि । भीक्षादान गरेन पनि ।
भीक्षादानपछि मलाई खाना खान जान निम्तो भयो । म लम्कें खाना तर्पm र प्लेटमा आफै पस्केँ र छेउको कुर्सीमा बसेर बिस्तारै खान थालेँ । हामी पहिलो लटका थियौं खानेहरुमा । मैले खाँदै गर्दा उसलाई हेरेँ, ऊ ब्यस्त थियो मोवायलमा लेख्न । खाना खाइसकेर गेटतिर लाग्दा त्यो केटालाई हेर्न खोजें । ऊ त्यो कुर्सीमा थिएन । वरिपरि नजर लगाएँ, तर ऊ त्यहाँ थिएन ।

मैले उसको मोवाइलतिर हेर्नु, वा उसले के गरिरहेको छ भनेर खोज्नु मेरो अनैतिकता हो, अपराध हो ।
त्यो भाई निर्दोस थियो र छ । तर यो समयको छालले उसलाई हुत्याएर समाजभन्दा पर आफलेको ठानें । ऊ प्रबृतिको, अनि प्रविधिको शिकार भइरहेको देखें ।
म लेखेर समाजलाई केही भन्न खोज्ने बबुराले यत्रै ठूलो सामाजिक सुनामी आइरहँदा कसरी मौन बस्न सक्थें र ?
त्यसैले यो गनगन लेखें । किनभने मलाई त्यो केटाप्रति करुणा र स्नेह जाग्यो । ऊ र उसको पिँढी ‘डेण्जर जोनमा’ परिहेको देखें ।
मैले उसको एउटा अकल्पनीय बिम्बचित्र मनमा बोकेर म बाहिरिएँ ।
के सिकाउँदैछौं हामी हाम्रा नानीहरूलाई ? मोबायल चलाउन जानेको कुरालाई ‘ज्ञान’ भनेर छोराछोरीप्रति बेखवर रहेर मूर्खबुद्धि पाल्ने हाम्रो समाजको अनुहारलाई सम्झिँदै घर फर्किएँ ।
के भने एउटा प्रार्थना —
उप्रान्त यस्तो परिस्थिति देख्नु र लेख्नु नपर्ने बनाइदेऊ, प्रभू ! फेरि पनि यस्तो देख्नु र लेख्नु नपरोस भन्नु र ? कहाँ नभन्नू र ? अस्ति भर्खरै एउटा कार्यक्रममा अतिथि भएर बसेको, छेउको अर्को अतिथि झन खत्रा निस्किए ! उनले कार्यक्रम अवधिभर मोवायल हेरेर बिताए । कतै हरेनन् । कसैको अनुहारमा हेरेनन् । उनकै छेउको मसँग एक शब्द बोलेनन् । कसैसँग पनि बोलेनन् । बेलाबेलामा फोटाचाहिं उही मोवायलले खिचे । त्यो केटो र यी बयस्कमा एउटा मात्रै फरक थियो, ऊ पूरा समय ‘म्यासेन्जर’ चलाउँथ्यो, यिनले पूरासमय ‘मेरो सेयर’ मात्रै चलाए । एउटै सेयर मार्केट सयौं पटक खोले र सयौं पटक बन्द गरे ।
समय मात्रै फरक, सबै उस्तै रहेछौं हामी भन्ने लाग्यो ।

 

You may also like