दमक/ पथरीका एक विद्यार्थीले आफ्नो जन्मदिन दमक–९ अवस्थित अनाथ बाल तथा वृद्धाश्रममा मनाएका छन् ।
केयरिङ हेन्ड्सको सहकार्यमा वृद्ध तथा बालबालिकासँग उनले जन्मदिन मनाएका हुन् ।

भूपू सैनिक अंग्रेजी स्कुलमा कक्षा ६ मा अध्यनरत पथरीका सुबि दाहालले आफ्नो १२औँ जन्मदिनको उपलक्ष्यमा अनाथ वृद्ध तथा बालआश्रममा रहेकाहरुलाई खानपिन व्यवस्थापन केयरिङ हेन्ड्ससँगको सहकार्यमा गरेको छ ।
यसरी आफ्नो जन्मदिन मनाउन पाउँदा आफूहरु निकै हर्षित भएको सुबिका अभिभावकले बताएका छन् ।

संस्थाका संरक्षक प्रवीन पाठकले यसरी सबैले आफ्नो जन्मदिन मनाउने हो भने वृद्ध आमाबुबा तथा अनाथ बालबालिका भोकै रहनुनपर्ने बताए ।