काठमाडाैं, अध्यक्षसहित तत्काल कायम रहेका बहुमत सदस्यको उपस्थितिलाई गणपूरक संख्या मान्ने गरी सरकारले संवैधानिक परिषदमा अध्यादेश ल्याएको छ ।
परिषद्को आइतबार र मंगलबार गरी दुईपटक बसेको बैठकमा गणपूरक संख्या नपुगेपछि सरकारले आज मंगलबार अध्यादेश ल्याएको हो ।
सरकारले संवैधानिक परिषदसम्बन्धी ऐनको दफा ६ को उपदफा ३ संशोधन गरी ल्याएको अध्यादेश अनुसार अब ३ सदस्य उपस्थित भए गणपूरक संख्या पुरा भएको मानिने छ । हाल परिषदमा ५ जना सदस्य बहाल छन् भने उपसभामुख रिक्त रहेको छ । बैठकमा पेस भएको विषयमा सर्वसम्मत निर्णय हुने र पहिलो बैठकमा निर्णय नभए तत्काल बहाल सदस्यको बहुमत सदस्यका आधारमा निर्णय हुने अध्यादेशमा उल्लेख छ ।
यस्ताे छ सरकारले ल्याएकाे अध्यादेश
https://drive.google.com/file/d/1RSpMtHLLn8UYoCQpjsxuhWb0iEsOI2kD/view?usp=sharing