सैले पचास वर्षसम्म पेशालाई निरन्तरता दिइरहेको छ भन्दा अनौठो लाग्न सक्छ । तर पत्रकारिता शुरु गरेदेखि प्रकाशनको अनवरत यात्रा गरिरहेका झापाली पत्रकारिताका अग्रज दमक निवासी गञ्जबहादुर दाहालको यस्तै अनुभव छ, जसले पत्रकारिताको पचास बसन्तलाई चुम्यो ।

समाजमा धेरै मान्छेहरुको पेशा रहर भन्दापनि बाद्यताले चलेको हुन्छ । कसैले पेशालाई धन सम्पत्ती आर्जनमा मध्यनजर राखेर काम गरेका हुन्छन् भने कसैको सम्पत्तीले पेशाको निर्धारण गरिरहेको हुन्छ । कुनै कुनै ब्याक्तित्वको जीवन यस्तो हुन्छ जो आपूले बनाएको पेशा नै जीवनभर छुटाउन नसकिने नशा बनेर आइदिन्छ । यस्तै एउटा उदाहरणीय ब्याक्तिको नाम हो गञ्जबहादुर दाहाल । गञ्जबहादुर दाहाल झापाली पत्रकारिताको पुराना पुस्ताका एक अग्रणी व्यक्तित्व हुनुहुन्छ । पिता स्वर्गीय रत्न बहादुर र स्वर्गीय लक्ष्मीमाया दाहालका सुपुत्रको रुपमा २०१२ साल असार १५ गते भोजपुरको प्याउलीमा जन्मिनुभएका दाहालको हाल झापाको दमक ५ मा बसोवास रहेको छ । अहिले श्रीमति कल्याणी दाहाल, छोरीहरु स्मृति र अर्चना रहेका छन् ।

बाल्यकाल र शिक्षा ः भोजपुरको प्याउलीमा जन्मिनु भएका दाहालका हजुरबुबा अम्मरबहादुर दाहालको पहाड र मधेशमा समेत रवाफ थियो । झापाको दुवागढीमा ३३ विगाहा जग्गा रहेको तर हजुरबुबाको परलोक भएपछि ‘हजुरबुवाको सम्पत्ती बुबाले संरक्षण गर्न सक्नुभएन । बुवाको पालामै सम्पत्ती पनि सकियो र बुबापनि वित्नुभयो ।

बुबालाई मैले सानु छदै गुमाउनु प¥यो । त्यो बेला म तीन वर्षको बालकमात्र थिएँ, सायद दुःखलाई सामना गर्नु नै मेरो लेखान्त थियो होला,  एउटा भाइ र दिदीलाई एक्ली आमाले हुर्काउनु भयो । हुर्काउन र शिक्षा दिक्षामा आमाको अहम भमिका छ । आमाको पहिलो इच्छा गाउँको मुखीया परिवार भएको कारण छोरालाई टिप, रसिद लेखन गर्न सक्ने बनाउने थियो, उहाँले भन्नुभयो ।

 दाहालले श्री सारदा मा.वि.भोजपुरबाट विद्यार्थी जिवनको शुरुवात गरेर झापाको हिमाविबाट २०३२ सालमा एसएलसी पास गर्नु भएको हो । उहाँले मोरङको विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पसबाट आइए सम्मको अध्यायन गनुभएको थियो । आमाको इच्छा अनुसार सबै कक्षामा पहिलो स्थान हासिल गर्न सफल भएको उहाँको बुझाइ छ ।

पेशाको खोजी ः एसएलसी पास गरिसकेपछिको समय जागिर खाएर सदुपयोग गर्ने इच्छा र जागिर खाएर आमाका चाहना पूरा गर्ने योजनाकासाथ जागिरको खोजी गरेको दाहाल बताउनु हुन्छ । जागिरको खोजीमा निष्किँदाका शुरुवाती दिन उहाँ यसरी स्मरण गर्नुहुन्छ ः ‘पञ्चायतकालका नेता आफन्त बसन्तकुमार खड्काले झापाको भद्रपुरबाट सूर्योदय साप्ताहिक प्रकाशन गर्नुहुन्थ्यो, उहाँको माध्यमबाट केहि काम पाइन्छ कि भनेर म त्यहाँ गए, मेरो पहिलो प्रश्तावमा नै बसन्तकुमारले हुन्छ, काम पाइन्छ, म केही काममा लगाइदिन्छु गर्नुपर्छ, अहिले यही पत्रिकामा भित्रिकाम केही सघाउँदै गर्नु, भन्नु भयो, म हस्रक्क परेँ र पत्रिकाकै काम सघाउन थालेँ ।

 केहिदिन बितिसके काम लगाइदिने कुरा हुदैन । अनि मैले फेरि सोधेँ, खोइत काम ? उहाँले भन्नुभयो, गर्दैछौ त यही हो नि काम गर्दै गर न राम्रो छ तिम्रो काम, अब यही काम गर्नुपर्छ, भनेपछि मलाइ थाहा भयो की म त पत्रिकामा काम गर्न पो थालिसकेको रहेछु ।

साँच्चै भन्नु पर्दा म बुझेर होइन । आवश्यकताले लागेको हुँ पत्रकारितामा । मलाई जागिरको आवश्यकता थियो । २०३२ सालदेखि सूर्योदय साप्ताहिकमा काम गर्न थालेँ, गर्दागर्दै मलाई सम्पादकको जिम्मेवारी दिएको थियो । वसन्त खड्का त्यसका प्रकाशक थिए । म सूर्योदयमा ३९ सालसम्म रहेँ । त्यो बेला जिल्लाबाट सूर्योदय, विवेचना, आलोक, युगज्ञान साप्ताहिक र सिद्धार्थ पाक्षिक पत्रिका मात्र निस्कन्थे । यसैविच मैले जनज्योति मासिकको सम्पादक प्रकाशक भई २०३७ बाट २०३९ सम्म त्यही बसेर प्रकाशन गरे । २०३९ मा जनज्योति साप्ताहिक दर्ता गरी निरन्तरता दिइरहेको छु, उहाँ भन्नुहुन्छ । अहिले पूर्व सन्देश दैनिक र जनज्योति साप्ताहिक दुवै दमकबाट प्रकाशन भइरहेका छन् ।

 अग्रज र समकक्षीको स्मरणः २०३२ सालदेखि नथाकी निरन्तर पत्रकरिता गर्दै आउनुभएका दाहाल अहिले दुवै पत्रिकाको प्रकाशक÷सम्पादक हुनुहुन्छ । अग्रज र समकालिन साथीहरु सम्झिदै दाहाल भन्नुहुन्नुहुन्छ ः अग्रजको सम्मान गर्न सकेमात्र आफ्नो पनि सम्मान हुन्छ । हामीले अग्रजलाई सम्झिन सकेनौ भने हामीलाई सम्झिनेपनि कोही हुँदैन । नकुलकाजी, डिल्लीराम निर्भिक, बसन्तकुमार खड्का, चुँडामणी रेग्मी मेरा अग्रज हुन् । मदन ढकाल, द्रोर्णाचार्य क्षेत्री, गोपीकृष्ण खनाल, गोविन्दचन्द्र क्षेत्री मेरा समकालिन हुन् ।

अनुभव र चुनौति ः पत्रकारिता नशा र पेशा दुवै हो । सञ्चार, सम्पर्क र सामाजिक जिम्मेवारी पनि हो । पत्रकारिताले सबैसँग चिनजान गराउँछ ,आपूmलाई सक्रिय गराइरहन्छ, पत्रिका एकदिन निष्किेन भने दिनभर तनाव हुन्छ, जव पत्रिका छापिन्छ आपूmलाई आनन्द भएको महसुस हुन्छ । ठूलै काम गरियो जस्तो लाग्छ ।

पत्रकारितालाई मान्छेले विभिन्न तरिकाले ब्याख्या गरेका छन्, मलाई गाग्छ यो त यात्रा रहेछ । निरन्तर अग्रगतिमा बढिरहने । आशाको र समर्पणको हामी यात्री रहेछौ । पहिले ज्यादा गम्भिर बन्नु प¥थ्यो तौली तौली शब्द चलाउनु पथ्र्यो । सञ्चारमा स्वतन्त्रता थिएन । ब्यावसायिकता पनि थिएन । अहिले स्वतन्त्रता छ, उहाँ भन्नुहुन्छ, पछिल्लो समय पत्रकारिता खस्कदै गएको छ । मर्यादित बन्न सकेन । तर राम्रो पक्ष व्यवसायिक हुँदै गएको छ । प्रतिष्पर्धाको युगमा पत्रकारिता क्षेत्रमा धेरै चुनौति रहेका छन्, यी चुनौति सामना गर्न हामीसँग संकल्प, अठोट, इमान्दारिता, लगनशीलता र निरन्तरता हुनैपर्छ । यो मैले अहिलेसम्म पत्रकारिता गर्दाको अनुभव हो ।

 विषयवस्तुलाई सामान्य ढंगले लिँदा, रिपोटिङ गर्दा ध्यान नपु¥याउँदा, समाचारमा केही शब्द चयनमा त्रुटी हुँदा पनि धेरै अप्ठ्यारा आउने उहाँको अनुभव छ, आप्mैले लेखेको समाचारको शब्द चयनले निम्त्याएको एउटा मुद्धाको उदाहरण लिँदै उहाँ भन्नुहुन्छः–  एकपटक एउटा मान्छे झुण्डिएको समाचार लेख्दा “आत्महत्या” शब्द प्रयोग गरिएछ, कसैले जनाएको पनि भनिएन, भोलीपल्ट नाराबाजी गर्दै अफिसमा मान्छे आए, विरोध गरे । वास्तविकता कसैले मारेर झुण्ड्याएको थियो, या घटना अनुसन्धानमा थियो । आत्महत्या भन्ने शब्दले चाहि आफै मरेको प्रमाणित गर्दिन खोजेजस्तो अर्थ लाग्दोरहेछ । यो घटनाले मलाई पाठ सिकायो ।

अर्को यस्तै अविष्मरणीय घटना छ, एकपटक भ्रष्टाचार सम्बन्धी समाचार लेख्दा दमकका एक उद्योगपतिले मुद्धा हाले । त्यो मुद्धा दुई वर्षसम्म जिल्ला अदालतमा रयो । फैसला हुँदा समाचारमा सत्यता रहेको भनेर फैसला भयो र सफाई पाइयो । यस्ता घटना याद आइरहँदो रहेछ । उहाँले स्मरण गर्नुभयो ।

जनयुद्धका बेलाको प्रकाशन ः  नेपालमा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका बेला प्रकाशन निक्कै पेचिलो बनेको अनुभव छ दाहालसँग । उहाँ भन्नुहुन्छः हामी प्रेस चलाउने मान्छेहरु दोहोरो मारमा परेका थियौं, भूमिगत समुहले भन्थ्यो हाम्राकुरा पनि समेट्नु प¥यो, प्रहरी र सेनाले भन्थ्यो माओवादीका कुरा छाप्यौ भने प्रेस नै उडाइदिन्छौं । अहिले सम्झिँदा तरवारको धारमा रहेर पत्रकारिता गरिएको रहेछ जस्तो लाग्छ । जनयुद्धका समय माओवादी निकट जनविद्रोह साप्ताहिकको छपाइमा सहयोग गरियो केही केही पर्चा, पम्पलेट र बुलेटिन समेत छापेको बताउँनुहुन्छ, भूमिगत समुहका कामहरु हामी रातको १२ बजेपछाडी बाहिर सटर बन्द गथ्र्यौ र भित्र छपाइको काम गथ्र्यौ, उज्यालो नभई पठाइसक्थ्यौं । पछिल्लो समय प्रहरी र सेनाले निगरानी निक्कै बढाएको थियो । पटक पटक प्रेसमा चेक गर्न आउँथे । धेरै हण्डरपनि खायौं । उहाँ बताउनु हुन्छ ।

पत्रकारितामा परिवारको साथ ः  कसैको जीवनमा पेशा सार्थक बन्नकालागि परिवारको साथ महत्वपूर्ण हुन्छ । परिवारको साथ सहयोग र समर्थनविना कुनैपनि पेशाले सार्थकता पाउन सक्दैन । आपूmले परिवारबाट सोचेको भन्दा राम्रो साथ पाएका कारण मात्रै पत्रकारितालाई बचाएर आपूm यहाँसम्म आउन सफल भएको दाहाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– श्रीमति कल्याणीले घरको काम थामेर नानीहरुको हेरचाह गरेर मलाई दैनिक काममा लाग्ने प्रेरणा दिइरहिन् । उनको साथ र प्रेरणालेमात्रै म सफल भएको हुँ । दुईजना छोरीहरु स्मृति र अर्चना जान्ने भएपछि दुवैजनाले पत्रिकाकै  अफिसमा कम्प्युटरको काम गर्थे, यहीबाट विकास गरेर बैंकमा जागिर खान्छन् । छोरीहरुमात्र होइन, पछिल्लो समय मलाई ज्वाँइहरुको पनि साथ र सहयोग छ । ज्वाँइहरु डा. तेजेन्द्र कार्की र सुवासचन्द्र भट्टराईले साथीजस्तै बनेर सल्लाह सुझाव र सहयोग गर्नुभएको छ । यो पारिवारिक मायाँ, सद्भाव, र हौसला नभएको भए सायद म यहाँसम्म आउन सक्ने थिइन होला ।

नयाँ पुस्तालाई सुझाव ः पछिल्लो समय पत्रकारिता पेशा सजिलो जस्तो देखेर लाइन लाग्ने मान्छे धेरै छन् । प्रतिष्पर्धा बढ्दै गएको छ । यस्तो अवस्थामा काम गर्नु, टिक्नु र मिडिया टिकाउनु नै पनि ठूलो कुरा जस्तो भएको उहाँ बताउनु हुन्छ । पहिले पहिले हुलाकबाट समाचार पठाउनु प¥थ्यो, न्यूज डेक्ससम्म समाचार पुग्न हप्तौदिन लाग्थ्यो । समाचारका श्रोतहरु कम थिए, प्रविधी पुरानो थियो, कपीमा कलमले लेखेर धेरै समय खर्चिनु प¥थ्यो, यातायातका साधन र बाटोपनि सुगममा मात्रै थिए । पत्रकारिता कठिन थियो,  । उहा भन्नुहुन्छ, अहिले प्रविधी र यातायात दुवैको गुणात्मक विकास भइसकेको छ । प्रविधीसँगै मान्छे चलिरहेका छन् । पछिल्लो समय अनलाइनको समय आएको छ, अब सञ्चारमाध्यमहरु डिजिटल भइसके, प्रविधिको विकाससँगै पत्रकारितालाई लान सकियो भनेमात्रै टिक्न सकिने भइसक्यो यो अवस्थामा पत्रकार सक्रिय हुन सकेन भने नयाँ कुरा दिन सकिँदैन । दाहाल भन्नु हुन्छ,ः “यो पेशामा आउने जो कसैले पनि कामलाई निरञ्तरता दिन सकेन भने टिक्तैन । कहिल्यै मात्तिनु हुँदैन र कहिल्यै आत्तिनु हुँदैन । प्रलोभनमा परियो, पूर्वाग्रही भइयो भने यो क्षेत्रमा टिकिँदैन ।”

सामाजिक सम्लग्नता ः

 पत्रकार महासंघ केन्द्रीय पार्सद  ।

 सन १९९६ मा दमक जेसिजको अध्यक्ष  ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको कार्यसमिति सदस्य ।

 पत्रकार मञ्च दमकको संस्थापक अध्यक्ष ।

नेपाल मानव अधिकार संगठन दमक शाखाको पूर्व सहसचिव ।

 दाहाल प्रतिष्ठानको केन्द्रिय सदस्य ।

सम्मान तथा पुरस्कारहरु ः

 – प्रदेश सरकारबाट नगद रु. १ लाख राशीको प्रादेशिक पत्रकारिता पुरस्कार २०७८ बाट सम्मान ।

– नेपाल पत्रकार महासंघ झापाबाट मोति पत्रकारिता पुरस्कार, प्रशंशापत्र र सम्मान ।

 – नेपाल पत्रकार संघ झापाबाट श्यामकृष्ण उपाध्याय पत्रकारिता पुरस्कारबाट पुरस्कृत एवम् सम्मान ।

 – नेपाल प्रेस यूनियन झापाबाट खगेन्द्रकुमार कार्की स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत एवम् सम्मान ।

– गौरीशंकर स्मृति प्रतिष्ठानद्धारा गौरीशंकर स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत एवम् सम्मान ।

– दाहाल प्रतिष्ठान अन्तर्गत जानकी बल्लव दाहाल पत्रकारिता पुरस्कारबाट पुरस्कृत एवम् सम्मान ।

– जनजाति महासंघ दमक, जिविस झापा, प्याप्सन झापा, दमक नगरपालिका, सञ्चार क्लव उर्लावारी, दमक जेसीज, पत्रकार मञ्च दमक, साहित्यकला संगम, दमक उद्योग वाणिज्य संघ, नमस्ते कला संगम, जिल्ला सहकारी संघ, मेची सहकारी संस्था दमक लगायत विभिन्न संघ संस्थाहरुबाट सम्मानित ।

– दमक जेसीज, पत्रकार मञ्च दमक, साहित्यकला संगम, दमक उद्योग वाणिज्य संघ, नमस्ते कला संगम, मेची सहकारी संस्थालगायत विभिन्न संघ–संस्थाबाट सम्मानित एवं पुरस्कृत ।

 आमाको सम्झना ः

  सम्पादक दाहालले आफ्नै आमाको सम्झनामा ‘लक्ष्मी रत्न आमा सम्मान पुरस्कार’ स्थापना गरी प्रत्येक वर्ष आफू अध्यायन गरेको विद्यालय श्री शारदा मावि प्याउली भोजपुरमा गई वार्षिक कार्यक्रममा आर्थिक अवस्था कमजोर भएर पनि आफ्ना सन्तानलाई शिक्षा दिन दुःख झेल्दै आएका आमालाई विद्यालयको सिफारिसमा विगत ८ वर्षदेखि नगदसहित सम्मान गर्दै आउनु भएको छ । ०

 (अग्रज पत्रकार गञ्जबहादुर दाहालको परिचय र ब्याक्तित्व सञ्चारकर्मी विमल लामिछानेले तयार गरी पूर्वसन्देश दैनिकको २०८२ सालको वार्षिकउत्सवको सन्दर्भमा लामिछानेले प्रश्तुत गरेका थिए । यसलाई नेपाल पत्रकार महासंघ झापा शाखाले ब्याक्तित्व परिचय पुस्तकमा समेत समावेश गरि प्रकाशन गरिसकेको छ ।)

Author

You may also like