अहिले देशमा चरम निराशा उत्पन्न गर्न केही मानिसहरू लागि परिरहेका छन् । यसरी निराशा उत्पन्न गराएपछि आम मान्छे ‘तुरून्त बिकल्प’ मा होमिन पुग्छन् । हरेक कालखण्ड ‘बिकल्प मात्रै खोज्दै हिंड्ने’ यो मुलुक घोर ‘आवरा’ मा दर्ज भइरहेको छ । त्यो अस्थिरताको मूल द्योतक पनि हो । यो कुरा त्यस्तो वातावरण सिर्जना गर्नेहरूलाई राम्ररी थाहा छ । र यो शिलशिलाको इतिहास भने छोटो छैन ।
नेपाली कांग्रेसको स्थापनादेखि नै बीपी र मातृका दाजुभाइको कारणले त्यो समयले प्रजापरिषद नामको दललाई ‘राजनैतिक बिकल्प’ ठान्यो । यसरी त्यो मूल्य र मान्यताको द्योतक हो भनेर प्रचार भयो । त्यसका नेता टंक प्रसाद आचार्य प्रधानमन्त्री पनि भए । तर त्यो प्रजापरिषद भन्ने नै सकियो, सकाइयो, जे भने पनि भयो ।
पन्ध्र सालको चुनावले ल्याएको परिवर्तनको एक बर्ष पनि नपुगी ‘बिकल्प’ खोजियो र पञ्चायती व्यावस्थाको सुरूवात गरियो । अनि पञ्चायत सुरू भएकै बर्षदेखि फेरि त्यसको ‘बिकल्प’ खोजियो, त्यसका लागि हत्या र हिंसा सुरू गरियो दलहरूबाटै । तीस बर्ष संधै दाउपेच र ‘बिकल्पको खोजीमा’ अर्थात् बहुदलको खोजीमा बित्यो । कहालीलाग्दा घटनाहरू भए । देशले संधै हारिह्यो । छयालीस सालमा गुहार्नु हुने नहुनेहरूलाई साक्षी राखेर ‘नयाँ’ भनिएको बिकल्पमा गयो देश । बहुदल त आयो, तर कांग्रेस, कम्युनिष्ट र राप्रपाले आपूmलाई मात्र ‘बिकल्प’ बनाउन खोजे । भाँडभैलो गरे । बहुदल आएको पाँचै बर्षमा फेरि ‘बिकल्प’ को खोजी भयो । ‘हामी बिकल्प हौं’ भनेर माओवादी दलले बन्दुक र बमसंगै देशलाई उठबस गराउन दश बर्ष जंगलबाटै ‘बिकल्प’ दाबी ग¥यो । यही कथित बिकल्पको भूमरिमा देशलाई लगियो । धनजनको अकल्पनीय क्षति भयो ।
फेरि दोस्रो जनआन्दोलन भयो । बिकल्प पनि आयो । तर हुने नहुनै सबै उटपट्यांगहरू गरिए । लोकतन्त्रको नाम जपेर लोकतन्त्रकै हुर्मत काढियो । लोकतन्त्र भनेको जनताको अभिमत अर्थात् बहुमतको शासन हो, तर गएको पैंतिस बर्ष पाँचजना व्यक्तिको शासन चल्यो । बहुमत जनताको अभिमत बिपरित र अलोकतान्त्रिक काम गर्दै गइयो । त्यसले पनि ‘बिकल्प’ खोजिरह्यो ।
र ‘बिकल्प’ का ‘दुकान’ हरू थुप्रै थापिए । स्वयं बिकल्प भनेर माओवादी युद्धमा कमान्डर बनेका बाबुराम भट्टराइले नै ‘बिकल्प’ भनेर नयाँशक्ति पार्टीको गठन गरे । त्यो दल आइसयिुबाटै बाहिर निस्किएन ।
बिकल्पको लामो खोजी भइरह्यो । पञ्चायतको बिकल्पमा कांग्रेस कम्येनिष्ट उभिए । न ती बिकल्प भए । राप्रपा उभियो, न त ऊ बिकल्प भयो । चन्द र थापा पटक पटक प्रधानमन्त्री भए, तर केही भएन ।
२०६२ पछि माओवादी बिकल्प बन्न खोज्यो, तर त्यो अहिले ‘नाम निशान हराएर’ कता पुग्यो कता । मधेसवादीहरू बिकल्प बन्न खोजे । ती पनि पानीको फोका जस्तै भएका छन् अहिले । साझा विवेकशील नामको दल बिकल्प हो भनेर युवाहरू लागे, तर त्यो अहिले निश्प्राण छ । सिके राउत ‘म बिकल्प हुँ’ भन्दै केही समय खहरे मच्चिएको राउत अहिले एक्लो रूख भएका छन् । विप्लव, मोहन बैद्य, र पछिल्लो समय जनार्धन शर्मा पनि आपूmलाई बिकल्प भनेर हिंडे, तर ती कतै पनि पुगेनन् । तिनका पाइलै सरेनन् । ती जहाँबाट हिंडन् सुरू गरेका थिए, बर्षैंपछि पनि ती त्यही ठाउँमा उभिएर ‘अर्थ न बर्थ’ बोकिरहेका छन् । त्यसो त कुनै बेला देउवाले पनि गिरिजाको बिकल्प मै हुँ भनेका थिए, अंततः तिनको त्यो यात्रा कतै नपुगी टुंगियो । अनि बामदेवले पनि एमालेको बिकल्प हुन खोजेकै थिए, पछि उनी पनि बर्षैं पछि उही प्रस्थान बिन्दुमा उभिएको उभिएकै भएर रहे र अंत्यमा ‘भीड’ तिर लागे । माकुने, भीम रावल ओलीको बिकल्प बन्ने रहर गर्दा आपैंm शून्यतामा विलिन भए । अहिले पनि कांग्रेसमा गगन थापाको बिकल्प खोजिरहेछन् ‘बयोबृद्ध’ नेताहरू ।
कांग्रेस कम्युनिष्टको ३५ बर्ष लामो ‘बिभेदकारी’ शासनको अंत्य गर्न भन्दै तिनको किल्पमा ‘रास्वपा’ दल जन्मियो । अनि २०८२ साल भाद्र महिनाको क्रान्तिपछि त्यो दल स्थापित पनि भयो । अहिले उसैको दुइतिहाइको सरकार छ । वास्तवमा रास्वपा इतिहासका सबै विकल्पहरूको पछिल्लो प्रयोग हो । जनतामा पैmलिएको ब्याप्त निरासालाई चिर्न आएको भनिएको उक्त दललाई सबैतिरबाट ‘घेराबन्दी’ भइरहेको छ । यसको पनि ‘बिकल्प’ खोज्न बाध्य पार्ने प्रयास भइरहेको छ अहिले । तर तिनलाई के कुरा थाहा छैन भने रास्वपाको बिकल्प फेरि कांग्रेस कम्युनिष्ट चाहिं पक्कै होइनन् । र हुँदैनन् पनि । त्यही भएर होला, अर्को शक्ति जन्माउने प्रयास भइरहेको छ । तर ती बिकल्पै हुन सक्दैन । त्यस्तो बिकल्प देखिएको पनि छैन । परिस्थितिलाई निर्विकल्प बनाइएपछि र त्यसबेला दिनहुँ ढुंगामूढा गर्ने, दिनहुँ जुलुशमा जाने र तिनै भगवानहरूलाई भोट दिने जत्था बाहेकका सिर्जनशील युवाहरूका लागि यो मुलुक सामान्यतः ‘बस्न अयोग्य भूमि’ हुनेछ । ती पलायन हुने छन् । कल्पना गरौं त, कस्तो हुन्छ होला त्यस बेलाको नेपाल ? कस्ता व्यक्तिहरूको हातमा शासन जाला ?
सबै नयाँ बिकल्प सकिएपछि के त ? नयाँ ‘बिकल्पहरू’ हरपल जन्मिरहेछन्, अनि हरपल मरिरहेछन् । बाँच्ने को हो त ? उही पुरानै दल, अनि तिनैलाई भोट ? यदि त्यो दिन आयो भने यी नयाँ बिकल्पहरूलाई बदनाम गर्न अहोरात्र खटेर, नारा र जुलुश गरेर, अनेक हिंसा पैmलाएर आप्mनो सबै रगत त्यसैमा समर्पण गर्ने ती दलका भोटर र कार्यकर्ता बाहेक बाँकी युवा यो देशमा बस्छन् त ? दिनहुँ नारा जुलुश गर्ने, तोडफोड गर्ने, केही पनि इलम नगर्ने, लुटेर खानेहरूको हातमा देश जानेछ । र यो देशको यही नक्सा कोर्न यो समय निकै कम्मर कसेर लागेको छ । तर तिनका ती धन्धुकारी सपना ‘कहिल्यै पनि पूरा हुन नदिन’ यो समयको अर्को आयाम पनि हात धोएर लागेको छ । अहिले जताततै निस्किएका ‘सदभाव ¥याली’ हरूको अर्थ र अलंकार पनि त्यही हो । यहाँ कोही पनि कसैको बिकल्प हुन सक्दैनन् र हुन दिनु हुँदैन पनि भनेर लागेको लावालस्करलाई यही अर्थमा हेरिएको हो । ‘बिकल्पलाई पनि टिक्न नदिने, आँपूm पनि कहिल्यै नसुध्रिने’ मनोरोगबाट देशले मूक्ति खोजेको हो । र यो बिस्तारै पूरा हुने छ भन्ने आँट हर नेपालीले गर्नु पर्ने बेला आएको जस्तो देखिदैछ । र ‘नयाँ बिकल्प’ हरूको जुलुश यो देशले अब भने थेग्न सक्ने छैन । अब यही काम गरिरहेकाहरू टिकेर यो देशलाई बैतरणी तार्नुको अर्को बिकल्प छैन ।
– दमक, झापा