देश–समाज मनोरञ्जन समाचार स्थानीय

योगदान राष्ट्रका लागि झापाको योग शिविर कार्यक्रम सम्पन्न

दमक । योगदान राष्ट्रको लागि झापा शाखाको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी झापाको समन्वयमा झापामा एक दिवसीय योग शिविर कार्यक्रम सोमबार सम्पन्न भएको छ । उक्त योग शिविर योग गुरु तथा प्रशिक्षक लोकनाथ खनालको प्रमुख आतिथ्यता तथा गुरु देवी प्र. घिमिरे, गुरु जगनाथ खनाल जि. टा. का. झापा प्रमुख गणेश पौडेल झापा योगदान राष्ट्रको लागि जिल्ला कोषाध्यक्ष कन्चन विन्दु खड्का, जिल्ला सदस्यहरु रंगलाल न्यौपाने, सिता निरौला, सारदा कोइराला, श्याम अधिकारीसहित जिल्ला भरिको प्रतिनिधित्व हुने गरी टाफिक प्रहरीहरुको उपस्तिथीमा कार्यक्रम सम्पन्न भएको अध्यक्ष प्रदीप कुमार संगौलाले बताएका छन् । उक्त कार्यक्रम योगदान राष्ट्रको लागि जिल्ला प्रदीप कुमार संग्रौला भएको कार्यक्रमको संचालन जिल्ला उपाध्यक्ष जेसी डिल्लीराम पोखरेलले गरेका थिए । अध्यक्ष संग्रौलाले कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने जिल्ला ट्राफिक कार्यालय झापा, योगासन सिकाउने गुरुहरु तथा सम्पूर्ण योगदान राष्ट्रको लागि झापा समिति लगायत उपस्थिती सबैलाई धन्यवाद दिएका छन् ।

Author

You may also like