देश–समाज लेख स्थानीय

युरोप र मध्यपूर्वमा हाइब्रिड वारको संकट

संसारमा नकारात्मक राजनीतिको ‘द स्विंङ अफ द पेन्डुलम’ स्वतः स्फूर्त रुपमा घुमि रहेको छ । विश्वमा सुव्यवस्था र शान्ति तथा विकाशको लागि मार्ग दर्शन गर्ने मुलुकहरु अहिले आफैँ पनि जानिदोँ नजानिंदो पाराले युद्ध पिपासु मुलुकहरुको पासोमा फँस्दै गई गरेका छन् । दुनिँयाका कहलाएइका महाबली र बडेमानका देशहरुले राजनीतिलाई घडीको उल्टो दिशातिर फर्काउन खोजि रहेको जस्तो अनुभव हुन्छ । ती देशहरुले नै आफ्नो निहित स्वार्थका कारण मानव जातिको गौरवशाली अतित र सुन्दर भविश्यलाई विचारै न गरी संसारलाई नै रणभूमी बनाउने खेलमा लागि परेका छन् । विचारको लडाई अहिले हतियारको लडाईमा रुपान्तरण भईसकेको छ । युद्ध पछी थप सल्किँदै जाँदा देखिने महायुद्धका झिल्काहरु टाढा टाढाका देशहरुलाई समेत पूरै सल्काउन सक्ने संभावनाहरु बढ्दै गई रहेको छ । दुनिँयाका सुपर पावर भएका महाशक्तिशाली देशहरु पनि ‘ एटोमिक र हाइब्रिड वार’ को भिषण प्रहार बाट कति वेला सकिने हुन भन्ने सम्बन्धमा पनि चर्चा–परिचर्चा चलि रहेको सुनिन्छ । दिनहुँ नयाँ नयाँ किसिमका विनाशकारी मिसाइलहरुको परिक्षणले दुनियाँका अगाडि शान्ति र विकाशको सवालमा नयाँ नयाँ किसिमका विनाशकारी मिसाइलहरुको परिक्षणले दुनियाँका अगाडि शान्ति र विकाशको सवालमा नयाँ नयाँ चिन्ता र त्रास उत्पन्न गराई रहेको छ । सारा संसार नै भयाक्रान्त दृष्टिले दुनियाँका परमाणु शक्ति सम्पन्न राष्ट्रतिर हेर्न थालेको छ ।
संसारमा परिवर्तन अवश्य सम्भव छ । संसारमा केही नयाँ नयाँ कुराहरु हुँदै जानु संसारको अनिवार्यता पनि हो । तर मावबीय मूल्य बोधको कुनै पर्वाह न गरी शत्रु राष्ट्रहरुलाई समूल रुपमा विनाश गराउने जुन आत्मघाती कार्य अहिले कतिपय मुलुकहरुमा हुने गरेको देखिएको छ त्यसले पटक्कै पनि मानव जातिको भविष्य भने जत्तिकै भरपर्दो, सजिलो र सुरक्षित छैन भन्ने कुरा घाम झैँ छर्लङ्ग हुन्छ । पाषाण युग बाट शिकार युग र कृषि युग बाट औधोगिक युगमा प्रवेश गर्दा गर्दै मानव जातिले ग्रामीण अर्थतन्त्रबाट उच्च औधोकृति शहरिकरण भएको अर्थतन्त्रलाई पूँजीवाद, नीजिकरण, उदारवाद र ग्लोबल भिलेजको रुपमा रुपान्तरण गर्न जुन सफलता हासिल गरेको थियो त्यसको चरम विकसित रुप नै अहिलेको डिजीटल र कम्प्युटराइज्ड आधुनिकीकरण संङ्गै शुरु भएको औधोगिक क्रान्तिले संसारलाई पूँजीवाद तिर ढल्काउँदै लागे भने अत्याधिक उपभोगको चरम विलासिता पूर्व जीवनशौलीले संसारलाई भौतिकवाद तिर मोडिँदै गरे पछि संसारलाई नै धनी र नीर्धन देशहरुको श्रेणीमा उभ्याउन बाध्य बनाउँदै लगे । एउटा ससाना देशभित्र पनि नयाँ नयाँ मुलुकहरुको बिम्ब र पहिचान खुल्दै गएपछि फरक फरक आइडियोलजी बाट चल्ने देशहरु बीच ध्ुवीकरण हुँदै जाने अभ्यासले निरन्तरता पाउँदै गए । गाउँ घरमा बस्ने मानिसहरु पनि झोला बोकेर राम्रो जीवन स्तरका लागि शहरतीर उज्यालो खोज्दै बसाईँ सर्दै लगे । उनीहरुले गाउँ घर भित्रको असमर्थतालाई सस्तो श्रम बजारको रुपमा विकसित गराउँदै लगे । देशभित्रका एकलतन्त्रीय शासन प्रणालीहरु लोकतन्त्रात्मक र संघीय राज्य व्यवस्थाको आवरण भित्र आफूलाई रुपान्तरण गर्न थाले । देश देशान्तरका राजामहाराजा हरुले समेत जनताहरुसंङ उठ बस गर्न थालेपछि समावेशी र सहभागिता मूलक लोकतन्त्रको विकाश भयो । तर यी सबै कुराका वावजुद पनि धनीहरु अझ धनी बन्दै जाने र गरीबहरु अझ गरीबको चङ्गुल भित्र फँस्दै जाने र मासिँदै जाने अवस्थामा सम्प्रभुता सम्पन्न देशका नागरीक भए पनि उनीहरु आफूलाई मगन्ते श्रेणी भन्दा माथि पुर्याउन सकेन समाजमा ‘इच फर अल र अल फर इच’ को अभ्यास कहीँ कतैबाट पनि सर्वसम्मत रुप लिन सकेन । देशको सर्वोच्च विधायिका, कार्यपालीका र न्यायपालीका पारदर्शी रुपमा काम गर्न न सक्दा देशमा अनौठो किसिमबाट प्रतिभा पलायन गराई दिने कार्यको लहर नै चलाइयो । देशको ठूलो बोद्धिक जनशक्ति पलायन हुँदै जाने र विदेशी भूमिमा प्रवासी बन्दै जाने कार्य जोर शोर सङ्ग हुन थाल्यो । देशको ठूलो प्रभुद्ध वर्ग र युवा शक्ति आज विदेशी भूमिमा आफ्नो अस्तित्वको अर्थ खोज्दै छन् भने कहिले सम्म विदेशी भूमिलाई आफ्नो गन्तव्य भूमि बनाउने हो त्यसको बारेमा पनि गहन विचार मन्थन गरी रहेका छन् । दीर्घकाल सम्म दुवई, कतार, इसराइल, अमेरीका वा युरोपका देशहरुमा रोजगारी पाई नै रहने छ भन्नेकुराको कुनै ग्यारेन्टी छैन । अहिले धनी र शक्तिशाली भनाउँदा देशहरुको आकाशमा युद्धको कालो बादल मँडारिन थालेको छ । अमेरीका, ब्रिटेन, फ्रान्स, रुष, युक्रेन, फिलिस्तिन, सिरिया, अफ्गानिस्तान, चीन लगायतका देशहरु अझ कठीन भन्दा कठिनतम युद्धको तयारीमा जुटेका छन् । यी देशहरु बीच लगातार बढ्दै गै रहेको असमझदारी तथा अविश्वासले भिषण युद्धको रुपमा लिन सकिने प्रबल संभावना रहेको छ । युद्धको रुपलिन सकिने प्रबल संभावना रहेको छ । युद्धमा फंसेका देशहरुमा नागरीकलाई त्याँहाबाट कसरी निकाल्ने समबन्धमा कुनै पूर्व तयारी गरिएको देखिँदैन । अहिले चीन, रूष, उत्तर कोरीया, इरान लगायतका देशहरु रुषको नेतृत्वमा संगठित हुन खोज्दै छन् भने नाटो भित्रका देशहरुले अमेरिका र बेलायत लगायतका मुलुकहरुलाई अगाडि बढाइ रहेको अवस्था छ । इस्लाममा विश्वास गर्ने मुलुकहरुमा अहिले न त लोकतन्त्र छ र न त समाजवादी आर्थिक निति नै छ । कल्याणकारी राज्य र समावेशी र बहुसंस्कृतिक समाजको अवधारणाबाट उनीहरु धेरै नै टाढा छन् । इस्लामिक देशका मुसलमानहरुलाई निरन्तर रुपमा उक्साई नै रहेका छन् । जसको परिणाम स्वरुप गैर इस्लामिक देशका मुसलमानहरुलाई निरन्तर रुपमा उक्साई नै रहेका छन् । जासको परिणाम स्वरुप गैर इस्लामिक धर्म र संस्कृतिलाई आफ्नो जीउ ज्यान, धर्म र संस्कृति लाई आफ्नो जीउ ज्यान, धर्म र संस्कृतिलाई जोगाउन हम्मे हम्मे परेको छ । निरन्तर रुपमा बढ्दै गै रहेको धार्मिक विवादहरुले दबाब र घृणाको रुप लिँदै जस्तो सुकै अनिस्ट मच्चिन सक्ने अवस्थामा शान्ति प्रिय देशका शान्तिप्रिय नागरिकहरुलाई सुरक्षा दिने ठूलो चुनौती आउन सक्छ ।
अहिलेको युद्ध विगतको युद्ध भन्दा धेरै नै जटिल र विनाशकारी छ । रुष युक्रेन बीच चलेको लामो युद्ध टुङ्गिने संकेत छैन । यी युद्धमा लाखौँ मानिस हाताहत भएको घर बार विहिन भएको र शरणार्थी शिवीरहरुमा शरण लिई रहेका छन् त्रासदीपुर्ण अवस्था विधमान छ । फिलीस्तीन र इजराइल बीच चलेको घमासान युद्ध पनि लामो समय देखि नै चलि रहेको छ । यस युद्धमा पनि ठूलो मात्रामा मानवीय क्षति भएको तथा भौतिक संरचनाहरुमा ठूलो नोक्सानी हुनै गरेको छ । संयुक्त राष्ट्र संघ विश्वकै सर्वोच्च नियामक संस्था भए पनि त्यसलाई दुनियाँका केही शक्तिशाली देशहरुले आफ्नो औँलामा नचाई रहेको यथार्थ छ । संयुक्त राष्ट्र संघको कार्यक्षमता विगतको भन्दा धेरै नै कमजोर, निस्प्रभावि र गतिहीन बन्दै जाने अवस्थामा छ । यसको विकल्प खोज्ने उपायहरु के के हुन सक्दछन् भन्ने कुरामा पनि गाईँ गुई चलेको सुनिन्छ । कुनै देशका एक जना सन्काहा तानाशाहले आफ्ना शत्रु मानिएका देशहरु माथि परमाणु शस्त्र प्रयोग गरे भने दुनियाँको मानचित्र नै फेरिन सक्छ । परमाणु अस्त्रको प्रयोगलाई कसरी नियमन गर्ने सवाल नै अहिलेको प्रमुख चुनौति र मुद्दा बनेको छ । इरानले अमेरिकालाई इजरायलले फिलिस्तानलाई उत्तर कोरियाले दक्षिण कोरियालाई, चीनले भियातनामलाई, भारतले चीनलाई र पाकिस्तानले भारतलाई परमाणु शास्त्रको प्रयोग गरेर ध्वस्त बनाए भने त्यस पछिको दुनियाँको रुप कस्तो होला भन्ने विचारले नै दुनियाँलाई थर्काउन थालि सकेको छ । खोजी खोजी विकाश, स्थिरता, शान्ति र सुशासनको पाटो र बाटाहरु युद्धको मैदान बन्दैछन् । शान्तिको समुद्रमा नै विकाशको फूल फुल्न सक्छ भन्ने कुरामा देशका प्रभुद्ध वर्गहरुले ध्यान पुर्याउनु जरुरी छ । विश्वको राजनितिक सन्तुलनको अवस्थालाई खल्बल्याई दिने राजनीतिक शक्तिहरुले युद्धमा महाविनाशकारी अस्त्र शस्त्रको प्रयोग गरी दुनियालाई आर्थिक, सामाजिक, राजनीतिक, संस्कृतिक र धार्मिक रुपमा समेत कति क्षति पुर्याउन सक्दछन् त्यसको आंकलन गर्न अत्यन्त नै कठिन छ । यस्तो अवस्थामा शुरय देखि नै पीँधमा रहेका देशहरुको गरीबी अवस्थामा मलम लगाउने सहयात्री देशहरु पनि भेट्टाउन मुस्किल नै पर्न सक्छ । तसर्थ एउटा गल्ती सच्याउन अर्को गल्ती गर्नु हुँदैन त्यसैले बाँच र बाँच्न देउ भन्ने विचारबाट नै दुनियालाई मार्गदर्शन गर्नुमा विश्वको कल्याण छ त्यस बारेमा चिन्ता गर्नु जरुरी छ ।

Author

You may also like