देश–समाज

विकासमा कसैले हस्तक्षेप गरे त्यो सैह्य हुने छैन ।’सांसद महेश बस्नेत

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टी नेमकिपालाई विकासको बाधक नबन्ने आग्रह गर्दै कुनै पनि राजनीति आग्रह र पूर्वाग्रह बोकेर कुण्ठाग्रस्त वर्गले धुप बालेर भक्तपुरको विकास नरोकिने बताउनुभएको छ ।

आइतवार इम्पेरियल वेन्क्यवेटमा योयो युनिटीको पदभार ग्रहण तथा विजया दशमिको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद बस्नेतले विकासको विरोध गर्नेहरु एक पछि अर्को गर्दै परास्त हुँदै गइरहेको  बताउनुभयो ।

स्मार्ट सिटी, प्राणी उद्यान केन्द्र, अन्तर्राष्ट्रिय स्तरको रंगशाला, कवोर्ड हल, आधुनिक सुविधा सम्पन्न वीर अस्पताललगायतका राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणको प्रकृयामा रहेको उहाँले जानकारी गराउनुभयो ।

योयो युनिटीका अध्यक्ष रुपेश शिलाकारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सांसद बस्नेतले योयो युनिटीलाई आर्थिक सहयोग गर्नुहुने सबैलाई कदर पत्र र मायाको चिनो प्रदान गरेको योयो युनिटीका उपाध्यक्ष रविन्द्र लाछिमस्युले जानकारी गर्नु भयो ।

कार्यक्रममा प्रदेश नं। ३ का सांसद शशिजङ्ग थापा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, सुर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष किरण थापा लगाएयतले योयो युनिटीले समाज सेवामा अझ अग्रसरता रहन सकोस भनी शुभकामना तथा नयाँ कार्य समितिलाई बधाई तथा सफलताको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Author

You may also like