उतिबेला हामी सानो हुँदा हाम्रा जिजुबाजेहरुकै छेउमा बसेर हामी साना केटाकेटीहरु भाडाकुटी खेल्दा यसरी साथीसाथी एकआपसमा –“दशै आयो, खाउला पिउला, कहाँबाट ल्याउला चोरी ल्याउला, धत पाजी ! म छुट्टै बसौंला, भन्थ्यौ “यी अतितका कुरा अहिलेपनि यो पिढीको मनमष्तिष्कमै तरोताजै छ । हिजोआज हरेक बर्ष यिनै अतितका कुराहरु मेरो मस्तिष्कमा आउँछ र पुरानो अतित सम्झिरहन्छु, म । आज उहिलेको जस्तो दशैको रौनक कसैलाई छैन । लत्ताकपडा किन्ने र लाउने जोश, जाँगर सबै हराएर गए । सबै एकादेशका कथा बनेका छन । स–साना नानीहरुले नयाँ लुगा लगाउने चाहना गर्छन् तर ठूला नानीहरुले त्यति चासो लिएको देखिन्न । हामी उतिबेला यति चासो लिन्थ्यो कि हामीलाई हरेक बर्षको दशैमा बुबाआमाले लुगा किनेर ल्याइदिनै पथ्र्यो । अर्काको घरमा कसले के कस्ता लुगा लाए त्यो सबै हेर्न हामी दौतरे साथीहरूको घरसम्म चहाथ्यौ अब भन्नुहोस् कि हामीलाई हाम्रो चाडपर्व कति प्यारो लाग्दो रहेछ । अहिले हेर्दा लाग्छ हिजोभन्दा आज दशै, तिहार लगायतका अन्य थुप्रै पर्वहरु यो पिढीलाई खासै चासोको बिषयनै पर्न छोड्यो किनकी छाडा र पश्चिमी संस्कृतिले हामीलाई गाजेको छ । इमान जमान सबै हराएर गएको छ अचेल । “मै खाउ, मै लाउ, सुखसयल मोजमै गरौं” भन्ने सङकीर्ण सोचले हामी सबैलाई बेरेको छ, आज । हामीलाई हाम्रो भविष्य कहाँ पुगेर टुङ्गिने हो ? जीवनमा आएका अनेकौं समस्या कसरी टारांै भन्ने सोच कोहिकसैको छैन ? कसलाई कसरी फसाऔ, कसरी लडाऔ, कसरी जीवनभरि सताऔ भन्ने सोच मात्रै छ । हामी मन्दिरमा गएर पूजाआजा गर्छौ, पुराणमा गएर कथाहरु श्रवण गर्छौ तर मनभित्र पाप राखेर कर्म गर्छौ अब भन्नुहोस् कि हामी कर्ममा छौं कि दुष्कर्ममा छौ त हामी ? हामीले हाम्रो कर्तव्य र दायित्वबोध गर्नै सकेनौ । यो कविताले यो बोध गर्दछ –
जीवन बुझ्न सकेनौ
असल कर्म गरेनौ
मान्छेले मान्छेको चाहना लत्यायौ
कर्म र पहिचान के हो ? बुझेर बुझ पचायौ
गन्तव्य पहिलाउन सकेनौ
मस्तिष्कमा सकारात्मक चिन्तन भरेनौ
नकारात्मक चिन्तन राखेर अघि बढ्यौ
इमान जमान के हो सिरोपर गरेनौ
आगत पहिल्याउन सकेनौ
विगतको विरासत भुल्यौ
भविष्यको चिन्ता गरेनौ
रुप, सार बुझेरपनि बुझ पचायौ
अब भन्नुहोस् हामी चेतनशील मानवले के के गरेनौ ?
हो, यस्ता जीवन दर्शन हामीले अहिलेसम्म बुझ्नै सकेका छैनौ । हामीलाई जे कुरामा पनि भूत चढेको छ, हामी राजनीतिमा लागेर फगत् कुनै दलको गोटी भएका छौ हामीले आफैले आफैलाई चिन्न सकेकै छैनौ । हामीले हाम्रो भाषा, धर्म, संस्कृति बिर्सियौ त्यो नै हाम्रो गलत संस्कृति भइदियो । हामी यतिसम्म उडण्ड भयौं कि हामीलाई धनदौलतले सताएको छ, कहाँ कसरी अवैध धन्दा गर्ने कमाउने, रिसिवी साधनका लागि अपराधिक क्रियाकलापमा लागेकाहरुलाई हामीले मित्र बनायौ । अन्तिममा हामीलाई कसैले गोटी बनाएर भित्रभित्रै उठ्न नसक्ने बनायो । हामी यतिसम्मको धनी भयौ कि देखासिकीमा लागेर आफ्नो मानवीय गरिमालाई डस्यौ, आज यही चेपुवामा परेको छ, न्यून बर्गमा दिनदिनै पिल्सिदै गएको एउटा गरिब मजदुर । मैले यहाँ के यथार्थ बिषयवस्तु उठान गर्न खोजेको हुँ कि जुन यथार्थ बहस छ, वास्तवमा पर्व किन पर्व जस्तो बन्न सकेन ।
हरेक बर्ष मनाउदै आएको ठूला पर्वहरु गरिबको घरभित्र पस्न सकेन किन, के कारणले ? आज देश प्रसव पीडामा छ देश चलाउनेहरु लुछाचुडीमै मस्त छन, बोल्नेवाला मौन छन । बिचौलिया हुल्लडवाजहरुको बाक्लो भीड छ, निमुखा गरिब जनता ऋणको भारमा परेका छन । हिजो ठगेर खानेहरुको लाइन बढ्या छ, यति बढेको छ कि लाइन र सेटिङ्ग मिलाएर खानेहरु जुन – जुन पार्टीका हुन सबैको एकमत छ, हामी सर्वसाधारण जनता भने नबुझी झगडा गर्नमै ब्यस्त छौँ । वास्तवमा हामी चेतनशील मानव भएर पनि मानवको महनता बुझ्न सकेनांै । राजनीतिभित्रको संजीवनी बुटीले हामीलाई यतिसम्म लाचार बनाएको छ हामीलाई हाम्रो परिवार भन्दापनि दलको र नेताहरूको माया छ । देशलाई बुरुण्डी बनाएर देश दोहन गर्नेहरुले कतै भाषणमा कतै सेमिनार, सम्मेलनमा गलत प्रचारवाजी आफ्ना नेताहरुले गर्दासम्म हामी गलत गरे हाम्रा नेतालेसम्म भन्न सक्दैनौं । वल्लो र पल्लो घर राजनीतिको नाममा झगडा गर्नुहुन्न भन्नेसम्म शिक्षित युवाहरु आज धमाधम शक्ति सम्पन्न राष्ट्र र खाडी मुलुकमा श्रम बेचिरहेका छन । आखिर हाम्रा युवाहरु किन गए विदेश किन छोडे आफू जन्मेको जन्मभूमि ? छोडनुपर्ने प्रमुख कारण हो शैक्षिक बेरोजगार, राजनीति खिचातानीको कारणै हो भनेर स्पष्ट किटान गरेर भन्न सकिन्छ । अर्को सोचनिय कुरा हिजोका दिनमा घटेका अनेकन काण्डका फायलहरु आज कता गुमनाम भए ? कसले लुकायो, कहाँ लुकाइरहेका छन ? किन बोल्दैनन नेताहरु ? सडकमा दिनदिनै नारा जुलुस लाउदासम्म किन बोल्दैन हिजोदेखि आजसम्म सरकार चलाउने नेताहरु ? अनि किन बिद्रोह गर्दैनन् युवाहरूले ? यहाँ सोचनिय र वस्तुनिस्ठ बिषय यो छ पहिलो र दोश्रोको खैलाबैला तेस्रोको लाभ हुँदैन भन्न सकिन्न । दलहरुबाट अब कुनै आशा नगर्दा हुन्छ, यहाँ क्रान्तिकारी भाषणले अब हुनेवाला केही छैन । जसले जति भाषण गरुन्, म यो गर्छु , त्यो गर्छु, हाम्रो एजेण्डा यी हुन भनेर बेफ्वाकका कुरा गरुन् तर कुनै परिवर्तन हुनेवाला छैन । हिजो कोभिड १ , २ र ३ को भेरिएण्टले थलिएका जनता आज गत केही दिन अघिदेखि आएको
निरन्तर बर्षाले सयौं नेपाली जनताको दुःखदायी मृत्यु भयो । हजारौं हजार घरहरु बाढीले बगाएर लग्यो । दशैकै मुखमा भएको यो दुःखद् घटनाले अस्तब्यस्त बनेका जनताहरु यो पर्वकै बेला नराम्रोसङ्ग दुःखित भएका छन । आज अर्थतन्त्र डामाडोल छ, गरिवी झनै गरिवी हुदैछन । एकछाक मकै एकछाक भोकै हुनेहरु चिल्ली र बिल्ली हुने अवस्था छ । महङ्गी र कालोबजारी रोक्न सक्नेवाला कोहि छैनन् । कहाँबाट लुटौ खाऔ भन्ने ध्याउन्नमा छन, दलाल र बिचौलियाहरु । आज गरिवीहरुको लागि नाना र छाना यो बाढीपहिरोले बिचल्ली बनाएकै बेलामा चहाडबहाढ आएको छ, यही बेलामा रकमको जोहो गर्ने किसान, मजदुर, निर्माणकर्मीहरु पीडितमाथि झनै पीडित बनेका छन । हे भगवान ! जिन्दगीमा कोहिकसैले यस्तो पीडा सहनु नपरोस । हिजो बाढीपहिरो गएका क्षेत्रमा आएका समाचार, बिक्षिप्त अवस्थाका भिडियो सामाग्री हेर्दा चिच्याएर नरुने कोहि देखिन्न । नहुनु त भै गयो तर सरकारले यस्ता जो पीडित छन तिनीहरूलाई तत्काल राहत बितरण गर्नका निम्ति चासो देखाउन सक्नुपर्छ । पीडालाई अझै पीडा दिन उद्दत् हुनुहुन्न । हिजो मन्त्रीहरूले भुलवश गरेका गल्तीहरुलाई सच्च्याउन सक्नुपर्छ । नहुनु भइगयो, यस्तो घटना साइरन बजाएर कहिलेपनि आउँदैन । तर सतर्क चाहिँ हामी सबै हुनैपर्छ । अबका दिनमा तत्काल राहत बितरणका लागि आ–आफ्नो स्थानबाट जुटौ, मानवीय सहयोगमा जुटांै । पीडै पीडामा रुझेको यो २०८१ दशै गच्छे अनुसार मनाऔ । बिजया दशमीमा यो कलमीको सबैमा शुभकामना ।