देशमा यति बेला धरातलीय जोखिमहरु तथा प्राकृतिक प्रकोपको खतरा बढ्दै छ । आकाशबाट अविरल वर्षा र बाढीको संभावना बढ्दै गएपछि नदी नालाहरुको नजीक तटीय क्षेत्रहरुमा बस्ने नागरिक र जनसमुदायलाई स्थानीय सरकारले सुरक्षित ठाउँमा जान पटक–पटक सूचना संचार भईरहेको छ । देशको हिमाली, पहाडी, चुरे क्षेत्र तथा महाभारत पर्वत श्रृंखलाबाट बगिरहने नदीहरुका अदम्य जल प्रवाहहरु प्रत्येक वर्ष वर्षाकालको आगमनसंगै तल्लो भूभागमा बस्ने जीव जन्तु र मानिसहरुको प्राणरक्षा र जीउधनको सुरक्षाको लागि खतराको चेतावनी बन्दै गरको छ । नेपाल लगायत छिमेकी देश भारतमा पनि भयानक विपद् निम्त्याउने संकटको रुपमा रहेको नेपालका नदीहरुको वैज्ञानिक व्यवस्थापन न हुज्ञेलसम्म यस क्षेत्रमा विकाश र समृध्दिले फन्को मार्न सक्दैन । देशमा आपद्विपद् पर्दा सरकारले हेर्नु पर्ने राज्यकै दायित्व हुने अवस्थामा सरकारी संयन्त्रले अत्यन्त हलुको रुपमा लिने गरेको अकर्मण्य स्वभावका कारण वर्षेनी सयकडांै मानिसहरु प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने गरेका छन । प्राकृतिक संकटसंग पौंठेजोरी खेलेर जनतालाई उद्दार र राहतको खाँचो परिरहँदा सरकारको विपद् व्यवस्थापन निकायहरुमा श्रोत साधनको अभाव देखापर्नु पनि कम दुखद् र चुनौतीपूर्ण हुँदेैन । बाढी पीडित पहिचान विहिन, सीमान्तीकृत वर्ग र विकासको मूलधारमा अटाउन नसकेको क्षेत्रहरुका शोषित, पिडित वर्गहरुको अवस्था कुहिरोको काग जस्तो बन्न पुग्दछ । यस्तो अवस्थामा सहयोग र राहतको अपेक्षा गर्ने पीडित जनताका लागि हार–गुहार गर्ने स्थानीय सरकार, प्रान्तीय सरकार र केन्द्रिय सरकारले पारदर्शीता र इमान्दारिताका साथ आफनो भूमिका निर्वाह गर्नु जरुरी हुन्छ ।
नेपाल शताब्दियों देखि बाघ, भालू, नदी नाला र खोला जंगलको देशको रुपमा प्रसिध्द रहेको छ । यहाँबाट बग्ने हजारौं नदी नालाहरुले ठूला नदी समूहहरुको निर्माण गर्दा मुख्य रुपमा कोशी, कर्णाली, गण्डकी नदी समूहहरुले हिमाल, पहाड र तराई क्षेत्रमा विध्वंश मच्चाउने गरेको छ । देशका पूर्वी भागबाट बग्ने मेचीदेखि पश्चिम महाकालीसम्मका स–साना र ठूला नदीहरुका सञ्जालहरु हेरचाहविहिन अवस्थामा पुग्दा बाढीको त्रास झन्झन् विकराल हुन जाने अवस्था छ । नदी नियन्त्रण र बाढी व्यवस्थापन गर्ने नाउँमा बनाइएका योजनाहरु र बजेटहरु सही ढंगले कार्यान्वयन हुन नसक्दा देशमा भ्रष्टाचार फल्दै–फुल्दै गरेको अवस्थामा योजनाहरुको अनुगमन गर्ने निकायहरु च्ूास्त–दुरुस्त भएको पाइँदेैन । परिणाम स्वरुप गुणस्तरहीन सामग्रीबाट बनाइएका पुल पुलेसाहरु, तटबन्धहरु, बाटा–घाटाहरु, सडकहरु र सडक किनारका नालाहरु समेत काम नलाग्ने अवस्थामा पुग्दछन् । हरेक वर्ष विपद् व्यवस्थापन गर्ने नाउँमा करोडौं मूल्य बराबरको रकम स्वाहा हुन्छ । गरिब देशका जनतामाथि ऋणको भारी बढ्दै जान्छ र सरकार रमिते हुने गरेको परम्परा अहिलेसम्म हट्न सकेको छैन । कोशी, कमला, बागमती, नारायणी, कर्णाली नदी वरिपरिको माटो, भू–जैविक पारिस्थतिको अवस्थाहरुबारे गहन अध्ययन र वैज्ञानिक व्यवस्थापनको आवश्यकतालाई उपेक्षा गर्न मिल्दैन् । ज्यान जोगाउनु र गुमाउनु निश्चय पनि खेलाँची होइन । घरबारविहिन अवस्थामा पुगेका असहाय नागरिकहरुलाई गाँस, वाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी लगायत्का आधारभूत आवश्यकताहरुलाई पूरा गर्न सरकार र नागरिक समाजले दृढ निश्चय र अठोटका साथ साहस र इमान्दारिताका साथ अहोरात्र खटनु पर्ने अवस्थामा कुनै पनि किसिमको राजनैतिक तिक्डमबाजीले देशलाई ठूलो संकटमा पार्न सक्छ भन्ने कुराबारे बुझ् पचाएर सरकार सफल बन्न सक्दैन । देशका जनउत्तरदायी सरकारले अत्यन्त दूरदर्शिता र सूझ्बूझ्का साथ धरातलीय जोखिमहरु तथा प्राकृतिक प्रकोपहरुलाई खतरामुक्त अवस्थामा पु¥याउनु आवश्यक छ ।
नेपालमा आपद्विपद् व्यवस्थापनका हिसाबले नेपालको धरातलीय जोखिमहरु तथा प्राकृतिक प्रकोपहरु बहुआयामिक प्रकृतिको भएकाले सरकारले उच्च जोखिममा रहने व्यक्ति र परिवारहरुको सुरक्षा गर्र्नुे जरुरी छ । अविरल वर्षाका कारण हुन सक्ने धरातलीय जोखिमहरु तथा प्राकृतिक प्रकोपहरु निम्न अनुसार हुने गरेको पाइन्छ ।
१ बाढी
प्रत्येक वर्ष सयकडौं मानिसहरुको ज्यान लिने, बेपत्ता पार्ने, बगाउने बाढीले शहर होस् वा गाउँघर सबेै क्षेत्रमा जोखिमहरु बढाउदै लगिरहेको छ । अधिक वर्षाबाट नदीको सतह बढ्न गई कटान, डुबान र पटानको अवस्था श्रृजना भएपछि बाढीको अवस्था निर्माण हुन पुग्दछ । तराई मधेसका हजारौं बिघा जग्गामा रहेको धान खेतीलाई कोशी नदीको बाढीले बगाउनु यस क्षेत्रका जनताको नियति बनेको छ । यसका साथ साथै प्रत्येक वर्ष बाढीले मानिसहरुको ज्यान लिने क्रम बढदो अवस्थामा रहेको छ ।
२ पहिरो
कुनै ठाउँ विशेषमा एकैे पटक ठूलो जग्गा बग्ने, खस्ने र धनजनको क्षति हुने अवस्थालाई पहिरो भनिन्छ । खासगरी पहाडी क्षेत्रमा पहिरो जाने घटना सामान्य भइसकेको छ । नदी वरिपरि घर टहरा बनाएर बस्ने गरीब र सुकुमबासी परिवारहरु पहिरोमा परी ज्यान गुमाउनु र हराउनु यस क्षेत्रका जनताको दुर्भाग्य बनेको छ ।
३ भूक्षय
कुनै भौगोलिक अवस्था भित्र वर्षा ,र हावा हुरीले बाहिरी पत्र खियाउने र माटो बगाउने प्रक्रियालाई भू–क्षय भनिन्छ । मधेस तराई क्षेत्रमा भूक्षयले गर्दा माटोको उर्वरता शक्ति क्षीण हुँदै गईरहेको छ । चुरे संरक्षणको अभावमा माटो बगेर भारतको बंगालको खाडीमा जाने गरेकोले माटोको संरक्षण गर्नु जरुरी छ । भू–क्षयले गर्दा देशमा मरुभूमिकरणको खतरा समेत बढ्दै गईरहेको छ ।
४ डुबान
कुनै ठाउंमा निकाशको अभावमा पानी जम्मा भई जनधनको क्षति हुने अवस्थालाई डुबान भनिन्छ । नेपालमा वर्षेनी डुबान पिडितहरुका संख्या बढ्दै गईरहेको छ । खासगरी प्लटिङ गरिबनाइएका नयाँ शहरी बस्तीहरुका साथै पुराना शहरी बस्तीहरु जस्तैे बिराटनगर, जनकपुर, बीरगञ्ज, काठमाण्डौं लगायतका क्षेत्रहरुमा ठूलोमात्रामा जल अभाप हुन्छ र मानिसहरुलाई घरायसी सामानहरु लगायत् आवश्यक आधारभूत कुराहरुका अभाव हुन जान्छ ।
५ आंधी, हुरी, बतास
ठूला वेगसँग हुरी बतास आई घर, गोठ, तथा बाली नालीको क्षति हुने अवस्था पनि नेपालीहरुको भाग्य बनेको छ । प्रत्येक वर्ष खासगरी गर्मी महिनामा तराई क्षेत्रमा हुरी बतासले गर्दा मानिसहरु दुर्घटनामा पर्ने गरेका छन ।
६ चटयाङ्
आकाशबाट पानी पर्दा मेघ गर्जन भई विद्युतीय शक्ति पैदा भई मानिस तथा पशुपन्छीलाई हानी हुने अवस्थालाई चटयाङ् भनिन्छ । चटयाङ्बाट देशैभरि मानिसहरु दुर्घटनामा परी ज्यान गुमाउनु परेको छ ।
७ ंअसिना
आकाशबाट वर्षा हुँदा असिनाले बाली नाली तथा अन्य क्षति हुन सक्ने अवस्था पनि नेपाल जस्तो गरीब देशको लागि सहज अवस्था होइन ।
८ंंं अति वृष्टि
कुनै समय भित्र सामान्य अवस्था भन्दा बढी वर्षा भई जनजीवन अस्त ब्यस्त हुनु तथा बाली नालीमा क्षति हुने अवस्थाबाट पनि नेपाली जनता पिडित् छन ।
९ खण्ड वृष्टि
वर्षाको मात्रा एक भूगोल भित्र पनि कहीं बढी र कहीं कम हुने अवस्थाले नेपाली किसानहरु सताइएका छन ।
१० लू
धेरै गर्मी भई तातो–तातो हावा चल्ने अवस्था तराई क्षेत्रमा बढी हुन्छ । हिमाली भेगमा लेक लाग्ने, हिंउ आँधी चल्ने र तराई भेगमा लू लाग्ने अवस्था पनि एउटा ठूला प्राकृतिक आपद्को रुपमा रहेको छ ।
यस बाहेक पनि सुक्खा वा खडेरी पर्नु, शीतलहर चल्नु, आगलागी हुनु, वनमा डढेलो लाग्नु, हिमताल विस्फोटन हुनु, हिम–पहिरो जानु, भूकम्प जानु, माटो मुनि पुरिनु, जस्ता प्राकृतिक र मानव निर्मित आपदहरुबाट जनताका जिउधन र प्राणरक्षा गर्नु जरुरी छ र सरोकारवाला निकायले यसको लागि पूर्वतयारी गरी जनताको जीवन रक्षा गर्नको लागि तम्तयार रहनु पर्दछ ।

Author

You may also like