स्वास्थ्य

चाया–पोतो समस्या र समाधान

सबै मानिसलाई सुन्दर देखिने चाहना हुन्छ । तर सुन्दर अनुहारमा पोतो आउने समस्याले धेरै मानिसलाई चिन्तित बनाएको हामी पाउछौ । त्यहि चिन्ताले गर्दा मानिसहरु हतास हुन्छन् र जथाभाबी क्रिमहरु किनेर लगाउन थाल्दछन् । यसरी जथाभाबी क्रिमहरु लगाउँदा अनुहार झनै बिग्रिदै जान्छ ।
जब हाम्रो छालाको रंग सामान्य भन्दा कालो वा गाढा हुन्छ त्यस अवस्थालाई हामी चाया–पोतो भन्ने गर्दछौ । यसले मानिसलाई कुरूप बनाउने गर्दछ । गोरो छाला भन्दा कालो छाला हुने मानिसलाई चाया–पोतोको समस्या बढी हुने गरेको हामी पाउदछौ । चाया–पोतो विशेष गरी पुरुषलाई भन्दा महिलालाई हुने गरेको हामी पाउँदछौ । यो विशेष गरी गालामा, नाकको डाडीमा, आेंठको माथिल्लो भागमा, चिउँड़ोमा आउने गर्दछ ।
किन आउछ त चाया–पोतो
चाया–पोतो आउने कारणहरु थुप्रै छन् । ती मध्ये प्रमुख कारण भनेको सूर्यको किरणबाट निस्कने UV रेज नै प्रमुख हो । सूर्यको किरणको सम्पर्कमा लामो समयसम्म रहँनाले गर्दा हाम्रो शरीरमा Melanin बन्ने प्रक्रियामा तेजी आउँदछ र चाया–पोतोको समस्या देखा पर्दछ । त्यसका साथै महिलाहरुमा आउने विभिन्न Hormonal िपरिवर्तन जस्तो गर्भावस्थाको बेलामा, बच्चा जन्मिसकेपछि, विभिन्न गर्भनिरोधक चक्की र सुईको प्रयोग पनि प्रमुख कारणमा पर्दछन । महिलाको अण्डाशयले विभिन्न हर्मोनहरु उत्पादन गर्दछन् । यदि विभिन्न कारणले अण्डाशयमा परिवर्तन हुनाले पनि चाया–पोतो आउने हुन्छ । ५५–६५% मानिसलाई वंशानुगत् रुपमा चाया–पोतो हुने गरेको पाईन्छ । अहिले मानिसको खानपान र जीवनशैली एकदम अस्वस्थ्यकर र अव्यवस्थित छ, जसको कारण मानिस चिन्तामा रहने र उसको शरीरमा विभिन्न शारीरिक गड्बडीहरु हुने हुन्छ । त्यसमध्ये एउटा थाईराइड पनि एक हो । चिन्ता र थाईराइड जस्ता समस्याले गर्दा पनि धेरै मानिसलाई चाया–पोतो हुने गरेको छ ।
लक्षणहरु
चाया–पोतोलाई हामी सजिलैसंग चिन्न र छुट्याउँन सक्दछौ । यसले मानिसलाई कुनै नकारात्मक असर गर्दैन् तर पोतोका कारण आत्मविश्वासमा कमि भने ल्याउँदछ । हाम्रो छाला सामान्य भन्दा कालो हुन्छ । जुन कालोपन हामी गालामा, चिउँड़ोमा, नाकको डाँडीमा भएको पाउछौ । यसले मानिसको सुन्दरतामा ह्रास आउँदछ ।
कसै–कसैलाई यसले मानसिक रुपमा गहिरो प्रभाव पार्दछ्र । जसको कारणले मानिस चिन्तित् हुने र कतिलाई मानसिक समस्या भएको पनि हामी पाउँदछौ ।
बचाऊ तथा उपचार
हामीले माथि के कारणले चाया–पोतो हुन्छ भन्ने कुरा थाहा पायौ । त्यसैले चाया–पोतोबाट बच्ने प्रमुख कारण भनेको घामबाट बच्नु नै हो । हामीले गर्मीको समयमा कम मात्रै घरबाट बाहिर निस्किने, निस्किने कामै परे अनुहारमा सनब्लकको प्रयोग गर्ने । फेरी सनब्लकको प्रयोग गरेको छु भनेर घरबाहिर धेरै नबस्ने । सनब्लकको प्रयोगसंगै छाता ओडेर घर बाहिर जाने ।
खानामा प्रसस्त मात्रामा फलफुल र सलादको प्रयोग गर्ने ।
जथाभाबी गर्भ निरोधक चक्की वा सुईको प्रयोग नगर्ने ।
अनावश्यक तनाव नलिने अथवा तनावलाई व्यवस्थापन गर्ने ।
गर्मीमा पानीको सेवन धेरै भन्दा धेरै गर्ने । गर्मीमा हामीले उमेर र काम अनुसार पानीको सेवन गर्नु पर्दछ । सामान्यतयाः २–३ लिटर पानीको सेवन गर्नु अनुहार र छालाका लागि राम्रो मानिन्छ ।
अहिले मानिसहरु जथाभाबी क्रिम र साबुनहरुको प्रयोग गर्दछन । यसरी जथाभाबी क्रिम र साबुनको प्रयोग गर्दा पनि अनुहारमा पोतोको समस्या हुने हुन्छ । त्यसैले यसरी जथाभाबी क्रिम र साबुनको प्रयोग गर्नुको सट्टा कुनै चिकित्सकसंग परामर्श गरी औषधिको प्रयोग गर्नु पर्दछ ।
हामीले खानामा न्गितबतजष्यलभ को मात्रा बढिहुने खालको खाना खाने । जस्तै बन्दाकोभी, फुल्कोभी, ओखर, कागती, पालुंगोको साग आदिको प्रयोग बढी भन्दा बढी गर्ने ।
यी माथिका उपायहरुसंगै हामीले योग्य चिकित्सकको परामर्श पनि लिनु पर्ने हुन्छ । होमियोप्याथीमा चाया–पोतो निको पार्ने धेरै राम्रा–राम्रा औषधिहरु छन् । यहाँहरुले चिकित्सकको परामर्शमा औषधि सेवन गरेमा जस्तोसुकै चाया पोतोबाट पनि मुक्ति पाउन सकिन्छ । होमियोप्याथीक औषधिहरु व्यक्ति अनुसार फरक पर्ने हुनाले के कारणले चाया–पोतो आएको हो सो पत्ता लगाई औषधि सेवन गर्नु पर्दछ ।
(लेखक कंचनजंघा होमियो क्लिनिक दमकमा कार्यरत चिकित्सक हुनुहुन्छ)

Author

You may also like