हामी मानव
चेतनशील प्राणी
कुन सही हो ?
कुन गलत हो ?
यो सबै छुटट्याउने
एक लगनशील
एक उर्जाशील
एक कर्मयोगी
एक जाज्वल्यमान ब्यक्ति
यो नामले चिनिएका
हामी किन हिजोआज असभ्य हुँदैछौ ?
किन आफ्नो योग्यता र गरिमा भुल्दैछौ ?
हामी मानव होइनौ कि ?
यो सम्म बुझ्दा र जान्दापनि
किन सच्चिदैनौ ?
अर्कालाई नानाभाती आरोप ( प्रत्यारोप लगाउदैछौ ?
पहिले आफ्नो मुहार हेरौ
अरुको मुहार किन हेर्दैछौ ?
भूगोल
विरासत
योग्यता
पहिचान मूल्यांकन गर्नुहोस त
अनि को के हो ?
बुझ्नुहुन्छ
जानिफकार हुनुहुन्छ
पहिला आत्ममूल्याङकन गर्नुहोस
गिरेर अपशब्द नबोल्नुहोस
तपाईं हिजोआज अलि बढी बोल्नुहुदैछ
सम्यमता अपनाउनुहोस
बढी बोल्दै नबोल्नुस
एकदिन यो भौतिक संसार छोडेर जानु छ
किन यो जानेर पनि
नजाने जस्तो गर्नुहुदैछ ?
न बोल्नुहोस न नराम्रा शब्द
नेपाली बृहत ज्ञानकोश अध्ययन गरेर बोल्नुहोस
सम्यम्ता अपनाइरहनुस
मानवको गरिमा बुझ्नुहोस
नकारात्मक चिन्तन
तपाईंको करोडौंको मगजबाट हटाउनुहोस
लाखौं लाख मानवहरुको भीडले
भोलि तपाईंको जयजयकार गरुन ।
मैले माथि उठान गरेका समसामयिक कविता विशेषत ः हामी चेतनशील मानिसहरुको बारेमा लेखेको एउटा दार्शनिक चिन्तन हो । जुन यथार्थ छ, वस्तुनिष्ठ छ, समयसापेक्षको जनआवाज हो, यो  । अहिलेको आधुनिक मानव यति गिरेर गएको छ कि उसले असल मान्छेलाई घृणा गर्यो । अनेकन आरोप लगायो अनि आफू चोखिने काम मात्र गर्दैछ । हिजो यो थिएन आज छ । यो बनायो लोकतान्त्रिक गणतन्त्रले किनकि जे बोलेपनि जे गरेपनि जे देखेपनि त्यो ब्यक्तिनै अरुको नजरमा हाइहाइ देखिन थालेका छन , नेपाली राजनीतिमा । मानिसले आफ्नो कर्तव्य भुलेको छ उ वादका पछिपछि कुदेको छ , प्रचारबाजि गरेको छ । सहीलाइ सही हो भन्न सकेन बरु गलत नजिर बनाउन उद्दत छ । आज हामीले नजिकबाट हेर्न सक्छौ कि सामाजिक संजाल । यहाँ हेरौ त एकले अर्काको चरित्र हत्या गरेको यो रे, उ रे, यस्तो रे, यो काण्ड मच्चाउने यो रे । यस्ता अनर्गल प्रचारवाजीले गर्दा सामाजिक मानमर्दन दिनानुदिन गिर्दै गएको छ । योग्यताको सीमा दिनप्रतिदिन गिर्दै गएको छ । छाडा संस्कृति मौलाउदो छ । आज नेपाली राजनीतिमा स्थायी त्यही पार्टीमा बस्नेहरु दल अदलबदलमा छन, झण्डा फेरिए, चुनाव चिन्ह फेरिएपछि दलै फेरिएको छ , युवा नेतृत्वले फेरिएका छन । अनि सामाजिक संजाल रङ्गिएको छ, आज । टिकटकमा, मेसेन्जरमा, इन्स्टाग्राम, ट्विटर, गुगल, युट्युबदेखि अनलाइन खबरहरुमा दलका ठुलै नेताहरुले पोस्ट्याएका बिचार हेर्नुहोस अनि तल कमेन्ट हेर्नुहोस कुनैपनि राम्रा कमेन्ट देख्न सकिन्न । उनीहरू नेताकै झुण्डका पछिपछि हिडिरहेका छन कार्यकर्तालाई उराल्छन, झगडा गराउन लाउछन अनि उनीहरूनै उम्कन राजनीति गरिरहेका छन । यो कुरा एउटा सालिन कार्यकर्ताले किन नबुझेका होलान ? यो बुझेर, जानेर नसकिने बनायो आज । आगामी फागुन २१ गते हुने प्रतिनिधि तथा समानुपातिक निर्वाचनको दौरानमा दैनिकी रुपमा अर्कालाई तथानाम गालीगरेको भिडियो र लेखन शैलीको आवाज हेर्दा हामीलाई लाज लजाउन थालेको छ दिनदिनै । हामी परिवार सङ्गै बसेर शुभकामना आदानप्रदान गर्न नसक्ने भएका छौँ । यही आँखाले सामाजिक संजालमा नराम्रा अपशब्द प्रयोग गरि बनाएको भिडियो देख्छौ, गालीगलौज गरेको, हप्काएको भिडियो देख्दा हामीलाई कति अप्ठ्यारो लाग्छ तर लेख्ने र भिडियो बनाएर पोस्ट्याउनेहरुलाइ अलिकति पनि लाज लागेको देखिन्न । चुनाव त आउँछ, जान्छ यो एउटा लोकतान्त्रिक पद्धति हो तर भोलिका दिनमा यही समाजमा बस्नुपर्छ, लेनदेन गर्नुपर्छ । धार्मिक, सामाजिक काम गर्नुपर्छ मिलेर भन्दासम्म बुझेर अघि बढेको देखिन्न यो समाज । आजका नयाँ पुस्ताहरुको माग के हो ? उनीहरू के चाहान्छन ? देशले के फेरिपनि अर्को द्वन्द खोजेकै हो त ? द्वन्दमा लैजान खोज्ने नेताहरू, तिनका पिच्छलग्गु कार्यकर्ता हुन कि एउटा निरीह स्वतन्त्र नेपाली बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरु हुन ? खुल्ला दिमागले कोहिकसैले दिमागलाई स्वतन्त्र रूपमा परिचालित गर्न सकेको छ त आज । आज किन अराजक बन्दै गएको छ, हाम्रो समाज ? एउटा लेखाई, बोलाई, नकारात्मक चोट पर्ने भाषणले केको उदघोष गरिरहेको छ त ? खुल्ला दिमागले किन सोच्न सक्दैन आजको आधुनिक मानिस ? हिंसा उब्जाउछ बोली, वचन र व्यबहारले यो किन बुझ्न सक्दैन नेतृत्व र अपराजित मानसिकता बोकेको ब्यक्तिहरु ? आजका जेन – जी युवाहरू शान्ति चाहन्छन तर हाम्रा नेताहरूको बोली र व्यबहार अशान्ति चाहिरहेको छ किन ? हिजो भाद्र २३ गतेको आन्दोलनको रुपले सत्ता कहाँ पुर्याइदियो ? किन यी पुरानो बिरासत बुझेर शब्द संयोजनको विन्यास राम्रो बनाउन सक्दैनन हाम्रा नेताहरू र तिनका नेतृत्वहरु? देशले मसाल बोक्ने समाज चाहेको छैन शान्तिको कामना गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजाने नेतृत्व चाहेको छ, त्यो नेतृत्व आज शान्ति भूमि नेपालले खोजिरहेको छ । अबको माग र एजेन्डा यस्तो बन्न सकोस कि सभ्य भाषा र इमानदारिताको चावी नयाँ पुस्ताले पुरानो पुस्तालाई सिकाउन सकोस । भाषा र बोलीमा तिक्तता ल्याउने नेतृत्व हामीलाई पटक्कै चाहिएको छैन । जय मातृभूमि नेपाल । नेपाली जनता ।

Author

You may also like