Banner अन्तर्राष्ट्रिय विचार/वहस

इजरायल-फिलिस्तीन र हमासको संकट

सत्येन्द्रलाल कर्ण

यति खेर इजरायल र फिलिस्तीनबीच चर्केको धार्मिक युद्धले विश्वव्यापी रुपमा ठूलो हलचल र त्रास उत्पन्न गराइरहेको अवस्था छ । फिलिस्तीनीहरुको बसोबास भएको भूमिमा दोस्रो विश्वयुद्ध सकिने लगत्तै इजरायल र फिलिस्तीन भन्ने दुइटा नयाँ देशको जन्म संयुक्त राष्ट्रसंघको पहलमा संयुक्त राष्ट्रसंघको साधारणसभाबाट बहुमतले पारित गरिए पछि जर्मनीबाट नाजी हिटलरबाट खेदाइका यहुदीहरुले फिलिस्तीनमा मरण लिई रहेको अवस्थामा नयाँ भूगोलमा नयाँ यहुदी राष्ट्रको संस्थापक बन्न पुगेका थिए । फिलिस्तीन क्षेत्रमा बसेका मुसलमानहरुलाई गाजा क्षेत्रमा बस्न सिमित पारिएको थियो । गाजा क्षेत्रमा बस्ने इस्लाम धर्मावलम्वीहरुलाई संयुक्त राष्ट्रसंघले स्वायत्त क्षेत्र भनेर मान्यता प्रदान गरेको थियो तर गाजा क्षेत्रलाई पूरै सार्वजनिक अधिकार अर्थात सार्वभौमसत्ता प्राप्त भइ सकेको थिएन । यसै कारणले संसारको नक्सामा एउटा नयाँ देशको रुपमा फिलिस्तीन भन्ने देशको जन्म त भयो तर त्यसले छुट्टै र स्वतन्त्र भूगोल प्राप्त गर्न सकेन ।
इजरायल देशको स्वतन्त्रता स्थापना पश्चात फिलिस्तीनहरुको समर्थनमा विभिन्न थुप्रै इस्लामिक मुलुकहरुले एकरुपता देखाएका थिए र करीब-करीब सवैजसो अरब देशहरुले फिलिस्तीनी मुसलमानहरुको हक अधिकार र स्वतन्त्रताको लागि संघर्ष गर्ने अनि जसरी भए पनि यहुदीहरुलाई फिलीस्तीन क्षेत्रबाट निकालेर इजरायल र यहुदी मुक्त देश र इस्लामिक राष्ट्र फिलिस्तीन फिर्ता लिने सम्मको चुनौती दिएका थिए । संयुक्त राष्ट्रसंघले प्रदान गरेका अधिकारहरु समेत फिलिस्तीनीहरुले इजरायलबाट प्राप्त गर्न सकेनन् र झगडाको बीउ माथि लगातार आगो र ध्यू थप्ने कार्य भयो । अरब मुलुकहरुले जसरी भए पनि यहुदीलाई सफाया गर्ने र इस्लामिक देश खडा गर्ने तथा यहुदीहरुले पनि जसरी भए पनि इस्लामिक राष्ट्रको रुपमा फिलिस्तीनलाई मान्यता न दिने र फिलिस्तीनीहरुलाई इजरायलीहरुको महाशत्रु ठान्ने मनोविज्ञानका साथ आफ्नो सुरक्षातन्त्र बलियो पार्दै लगे । कुनै समयमा सम्पूणर् इजरायल र फिलिस्तीन क्षेत्रमा बसोबास गर्दै गरेका मुस्लिम धर्मावलम्वीहरु खुम्चिएर सीमित गाजा क्षेत्रमा धकेलिएपछि उनीहरुमा पनि आफ्नो मौलिक क्षेत्र फिर्ता प्राप्त गर्नको लागि सैन्य गतिविधि, हात-हतियार संकलन र इजरायली माथि आक्रमण गर्ने उनीहरुलाई हरेक रुपले तहस नहस र बर्वाद पार्ने रणनीतिमा काम गर्न थालेपछि धेरै पटक उनीहरुबीच झडप भयो । फिलिस्तीनहरुले केही न केही गुमाउँदै गएको कुराहरु इतिहासमा दर्ज छ । इजरायल देशको स्थापना पश्चात इजरायलमा पनि एक किसिमबाट धर्म निरपेक्ष सरकार र शासन प्रणाली नै रहेको थियो । इजरायल भित्रै पनि बसोबास गरेका इस्लामिक फिलिस्तीनी जातिहरुलाई पनि इजरायल सरकारले सबै अधिकार, समानता र सुविधाहरु प्रदान गरेका थिए । तर इजरायल क्षेत्रभित्र बस्ने फिलिस्तीनीहरुले कहिल्यै पनि इजरायललाई आफ्नो देश ठानेनन् । सबै जाति र धर्म मिलेर बस्ने कुरामा कुनै वास्ता गर्दैनन् भन्ने आधारमा उनीहरु माथि शंका गरी नै राखेको अवस्थामा पनि इजरायल भित्रका फिलिस्तीनीहरु आतङ्कवादी गतिविधिमा संलग्न रहेर गाजा क्षेत्रमा बस्ने फिलिस्तीनीहरुसंघ सहकार्य र एकजुट कार्य जारी नै राखे । त्यस्ता घटनाहरुले पनि आगोमा ध्यू थप्ने कार्य जारी राख्यो । अमेरिका ब्रिटेन, फ्रान्स् आदि देशहरुबाट सहयोग प्राप्त गरिरहने इजरायलले स्थलमार्ग, आकाशमार्ग र जलमार्गबाट समेत गाजापट्टी र वेस्ट ब्याङ्क माथि निगरानी गर्न सफल रहेको अवस्थामा गाजापट्टीका हमास समर्थित आतङ्कवादी समूहले आफ्नो जेहादी स्वायत्त शासनको सरकार स्थापना गरेपछि आतङ्कवादी र छापामार युद्धबाट इजरायलीहरुसंग युद्ध गर्ने र उनीहरुको अधिकारमा रहेको भूमि फिर्ता लिने गुरु योजनामा काम गर्न थाले र यस कार्यमा हमासको सरकारलाई सिरिया, कतार, इरान, टर्की, ग्रीस, पाकिस्तान, लेबनान लगायत सम्पूणर् इस्लामिक मुलुकहरुबाट सहयोगहरु प्राप्त हुन थाल्यो । फिलिस्तीन भूमिबाट यहुदीहरुलाई लखेट्नको लागि सबै खाडी मुलुकहरुको गुरु योजनाले काम गर्न थालेपछि त्यसैको विस्फोटक रुप सात अक्टोबरको घटना हो । एउटा धर्मले अर्को धर्मका मानिसहरुको सफाया गर्ने र आफ्नो धार्मिक साम्राज्य खडा गर्ने सोचकासाथ युद्धमा होमिएपछि त्यसले विश्व युद्धको आसन्न संकट कति विभत्स, कति अमानवीय र कति क्रुर हुन्छ भन्ने कुरा बारे सोच्दा पनि अकल्पनीय मानवीय त्रासदी तीर संसार गइ रहेको छ भन्ने कुरा बारे सजिलै अनुमान लगाउन सकिन्छ ।
गाजापट्टीमा बसोबास गर्ने फिलिस्तीनी समुदायहरुको मुक्ति र अधिकारको लागि गाजापट्टीका एक जना लोकप्रिय नेता यासेर अराफातले सन् १९६४ मा ‘फिलिस्तीन मुक्ति मोर्चा’ नामक सैन्य संङ्गगठन खडा गरेको थियो । तर त्यसवेलाको त्यो मोर्चा इस्लामिक र जेहादवादी थिएन । यो सबै धर्म र जात-जातिको अधिकार र स्वतन्त्रतामा विश्वास गर्ने सङ्गठन थियो तर यासेर अराफातको मृत्यु भएपछि त्यहाँ विकसित घटनाक्रमले फिलिस्तीन मुक्ति मोर्चालाई नयाँ स्वरुपमा गठन गर्‍यो । यो सङ्गठन कट्टर इस्लामिक र जेहादी सङ्गठनको प्रयोग अन्य धर्म र राष्ट्रीय विरोधमा भइरहेको थियो । हमासको सांठगाँठ विश्वका अन्य आतङ्कवादी सङ्गठनको रुपमा हेरिन थालियो । धार्मिक रुपमा इस्लाम धर्मको जन्म सातौँ शताव्दी तिर भएको हो । सातौँ शताब्दी तिर इस्लाम धर्मका गुरु महमद पैगम्बरले युद्धबाट धर्म विस्तार गर्ने कार्य अगाडि बढाउन थालेपछि विस्तारै विस्तारै इस्लाम धर्म विश्वव्यापी रुपमा विस्तार हुन पुगेको थियो । इस्लाम धर्मले युरोप तिर इसाई धर्म, यहुदी धर्म, हिमालय पर्वत तिरका हेमहक भारत, अफगानिस्तान, अरव तिरका राष्ट्रहरुबीच समय-समयमा ठूलो धार्मिक युद्ध भएको थियो । युद्धबाट राज्य प्राप्त हुने, धन प्राप्त हुने र शक्ति विस्तारका साथ धर्म प्रचार पनि हुने कार्यमा इसाई र इस्लामिक राष्ट्रहरु धेरै अगाडि रहेका हुन् । यहुदी धर्म विश्वको अत्यन्त प्राचीनतम् धर्म मध्येको एक धर्म र जगति हो । यहुदी समाजबाटै इसा मसीहको जन्म भएपश्चात नयाँ इसाई धर्म संसार भरि फैलिएको थियो । इसाई धर्मावलम्वीहरुले यहुदीहरु सङ्गै ठूलो युद्ध व्यहोरेको पनि इतिहास छ । त्यसपछि इस्लाम धर्मले यहुदी र इसाईहरुसंग युद्ध गरेर इजरायल प्राप्त गरेका थिए । यहुदीहरु छरिएर जर्मनी र अन्य देशहरुमा बरालिन पुगेको इतिहास छ । यहुदीहरुको भूमि माथि इस्लाम धर्मले कब्जा गरे । त्यसपछि लामो समयसम्म ती क्षेत्रहरुमा इसाई धर्मको वर्चस्व रह्यो । दोश्रो विश्व युद्धकालको समयमा पनि लेवनान, सिरिया, पोल्याण्ड, फिलिस्तीन देशहरु माथि ब्रिटिसहरुको उपनिवेशवादी शासनसत्ता कायम भएको थियो । यहुदीहरुको प्राचीन भूमि भनेको फिलिस्तीन भूमि नै हो जहाँ इस्लाम धर्म मान्ने राजाहरुले आफ्नो राज्य खडा गर्न पुगेका थिए । यहुदी धर्मका धेरै कुराहरु हिन्दु धर्मसंग मिल्दो जुल्दो छ । त्यसले के भनिन्छ भने वैदिक कालपछिको कुनै समय खण्डमा त्यहाँका हिन्दुहरु यहुदी बनेका थिए । त्यस्तै कुनै समयमा सम्पूणर् अरब क्षेत्रमा हिन्दु संस्कृति विद्यमान थियो । इस्लाम धर्मको सबै भन्दा पवित्र मानिने मक्का मदीनाको मस्जिद कुनै समयमा हिन्दुहरु आराध्य देव भगवान शिवको ज्योतिलिङ्गको रुपमा विश्व भरि प्रसिद्ध थियो । त्यसमा पनि आश्चर्यजनक सत्य र तथ्य के भने जब इस्लाम धर्मवादीहरु मक्का मदीनाको मस्जिदमा नमाज पढ्न अर्थात हज गर्न जान्छन् तब उनीहरुले अनिवार्य रुपमा त्यस मस्जिदको तीन चोटी परिक्रमा गर्दछन र ससाना ढुङ्गाले तीन पटक त्यहाँ रहेको ‘कालो ढुङ्गा’ अर्थात काबाको शिवलिङ्ग तिर फर्केर ढुङ्गगा फ्यौक्छन् । यो सञ्चालन अझै पनि त्यहाँ प्रचलित छ । धर्मको नाममा जन्मेको धर्मान्धता, कट्टरवाद, धार्मिक आदि जस्ता धृपित कार्य र अपराधहरु मानवता विरोधी कार्य हुन् । अमानवीच कार्य गर्नलाई न्याय र कानूनको कठघरामा उम्याउनै पर्दछ । नत्र भने संसारको विश्व व्यवस्थाको मर्म मासिने हुन्छ । राजनीति र धर्म फरक-फरक नै रहेका छन् । संसारमा हरेक कुराको प्रतिस्पर्धा हुन्छ । तर मान्छेले आफ्नो निहित स्वार्थको लागि निर्दोष मानिसहरुलाई अपहरण गर्नु, हत्या गर्नु, बन्दी बनाउनु, अत्याचार गर्नु पुरै गलत हो । आज रुस, चीन, कोरिया, इरान, पाकिस्तान लगायतका देशहरुले धर्मको नाममा ‘हमास’ प्रति सहानुभूति र सहयोग देखाइ रहेका छन् । तर उनीहरुले आफ्नो आफ्नो देशमा अन्य धार्मिक समूहहरु माथि गरेको दमन र अत्याचार पनि कदापि माफी गर्न लायक छैन । त्यो कुरा बारेमा पनि उनीहरुले हेक्का राख्नु पर्दछ । आज हमासका आतङ्गवादी गतिविधिहरुले जन्माएका तीव्र धार्मिक उन्मादको आगोमा स्वयं उनीहरु नै जल्न लागिरहेका छन् । हिन्दु धर्म ग्रन्थमा वणर्न गरे अनुसारको नारकीय जीवन आज गाजा क्षेत्र भित्रका फिलिस्तीनी जनताले भोग्न थालिसकेका छन् । विश्वयुद्ध जसजस्को कारणले गर्दा पैmलिन सक्छ, त्यसले त्यसको जिम्मेवारी लिनु पर्दछ । देश र देशका सीमा रेखा भन्दा माथिमाथिबाट मानवताको अजश्र श्रोत पनि बग्दछ । संसारलाई इश्वरको बगैंचा बनाउनु पर्दछ, नर्कको भने होईन । यो कुरामा विश्वका नेताहरुले हेक्का राख्नु पर्दछ ।

You may also like