पण्डित्याईं गरेको मन पर्दैन मलाई ।
र यो पण्डित्याईं पनि होइन । अस्ति चुनाउ अघि एमालेजनका एक जना स्थानीय पारखीलाई भन्नै मन लागेर एउटा पण्डित्याईं गर्नै पर्ने भएर गरें । तिनले त्यो कुरा स्वीकार गरेनन् । अब यो कुरा कांग्रेसजनलाई भनौं भन्ने लाग्यो र भनें, तिनले त हावामा उडाए । बाँकी पुराना दलका मान्छेलाई भन्नै पर्दैन भन्ने लाग्यो किनभने यिनीहरू यो चुनावको आँधीबेहरीमा कता पुग्छन् कता । त्यही भएर कांग्रेस एमालेका जनलाई यो भन्न चाहें, तर तिनले यो कुरा सुन्न चाहेनन् । त्यसपछि त्यो कुरा मिडियामा सुनाएँ । पूर्वसशन्देस दैनिकमा सुनाएँ । उज्यालो खबरमा सुनाएँ । हिमालयन रेडियोमा सुनाएँ । किङ्ग एफ एम मा सुनाएँ । झापा पोस्ट दैनिकमा सुनाएँ । पत्रकार राजेन्द्र गौतमलाई खै कुन मिडियाको लागि थियो, त्यहाँ सुनाएँ । तर मरिकाटे, कसैले सुनेनन् । अनि चित्त बुझाएँ । अनि त्यसपछि लाग्यो, जसरी म अर्काको कुरा सुन्दिनँ उनीहरू पनि अर्काको कुरा सुन्दा रहेनछन् । म मेरो अनुसन्धानले जे निश्कर्ष निकाल्छ, त्यही कुरा मात्रै सुन्छु । त्यही कुरा मात्रै भन्छु । त्यही कुरा मात्रै लेख्छु । खराब भनौं वा अशल ।
पmगुन २१ को संसदको चुनावको नतीजा भटाभट आइरहेको थियो, रास्वपाले बहुमत ल्याइरहेको थियो देशैभर, त्यसैबेला मैले त्यो कुरा फेरि भूमिराज पराजुलीलाई सुनाएँ बहस कार्यक्रमा ।
के थियो त त्यो कुरा जो भन्नै पर्ने थियो ?
मलाई चौतर्फी प्रश्न थियो, ‘केपी ओली किन कमजोर हुनभयो भन्ने लाग्छ ?’
मैले बिबिसी हिन्दीलाई पनि यो प्रश्नको उत्तर भनेको थिएँ ।
के थियो त मेरो उत्तर ?
खासगरी केपी ओली र उनको दल कमजोर हुनुको पछाडि दुईवटा कारण छन् ।
पहिलो, २०४६ साल पछि नेपाली जनताका सपनाहरूलाई कुल्चिन थालियो जब आप्mनै बहुमतको सरकार ढालेर मध्यावधी निर्वाचनमा देशलाई लगेर जनतामा, विशेषतः युवामा निरासाको बिउ रोपियो । यसको परिणाम नै माओवादीले ती युवाहरूलाई प्रयोग गरेर दश बर्षे शसस्त्र आन्दोलन सञ्चालन ग¥यो । त्यो आतंकको इतिहास बदल्न २०६२ ÷ ०६३ को आन्दोलनबाट खोजियो । दश बर्ष लगाएर बनाएको संविधानले ती सारा निरासा मेटला भनिएको थियो । तर संविधानको दश वार्षे यात्रा पनि निरासाजनक हुन पुग्यो । न्यायलय नेताको भगबण्डामा चल्न थाल्यो । अख्तियार भागवण्डामा, सारा संबैधानिक नियुक्तिहरूमा भागबण्डा गरे । सामाजिक, शैक्षिक संस्थाहरूलाई दलीयकरण गरेर मरणसन्न बनाए । गाली गलौजका महाभारत खडा गरे । बनाएका कतिपय पूलमा गाडी कुदेनन् । नैतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक शिक्षालाई जलाएर नानीहरूलाई यान्त्रिक बनाए । तिनले देश पढेनन् । देश चिनेनन् । इतिहास चिनेनन् । संस्कृति चिनेनन् । भूगोल चिनेनन् । त्यही परिणाम हो आजको पुस्ता यो देशको इतिहास र त्यसको गौरवसंग बेखबर बन्न पुग्यो । तिनले
यो देश बनाउने पूर्वजहरूको सम्मान गर्न सिकेनन् । बिदेशी कार्ल माक्र्स, लेनिन, माओ, गान्धी आदिको फोटामा मात्रै मालयार्पण गर्न सिके । यसरी युवापुस्ता यान्त्रीक बन्दै गए । यो देशको माटोको सौगन्ध नाकसम्म आउनै छाड्यो । जताहेरे पनि भ्रष्टाचार । जता गए पनि सिण्डिकेट । जता हेरे पनि दलीय भागबण्डा । अझ संविधानले नै नागरिकहरूमा ठूलो बिभेद ल्याइदियो । पक्षपात गर्ने बाटो बनायो । समानता र योग्यता भन्ने चिज नै रहेन ।
अर्कोतिर नेपालको सामरिक र भौगोलिक संवेदनशीलतालाई धज्जी उडाउने काम भयो । आपूm अनुकूल सरकार बनाउन कहिले कसको, कहिले कसको आशिर्वाद थाप्ने काम भयो । दुई छिमेकी ठूला राष्टूसंग एकखाले र बाँकी विश्वसंग अर्कोखाले विदेश नीति अपनाउनुको साटो स्वार्थ अनुसार नीति चलाइयो । रोजगारीका कुनै बाटा खुलेनन् । निर्यातको ६ गुणा बढी आयातले बाँचेको देश राष्टिूय उत्पादनमा कमजोर बन्दै गयो । रेमिट्यान्सको सुन्निएर मोटाएको देश बन्न पुग्यो । तर यस्ता मुद्धाहरूमा कांग्रेस कम्युनिष्टहरूको ध्यान गएन । तिनको ध्यान सत्तामा मात्रै केन्द्रित हुन पुग्यो । त्यसको प्रमाण प्रचण्डको दलले ५ सिट जित्दा दुइतिहाइको हाराहारीमा पुगेको रास्वपा दलको नेता म भएर देश चलाउँछु भन्ने प्रचण्डको अभिव्यक्तिले यिनीहरूको सत्तप्रतिको लम्पटपन कति रहेछ भन्ने प्रष्ट पार्छ ।
यो ३५ बर्षमा ३२ वटा सरकार बनाएर जनतालाई पट्टै १०४ डिग्रीको ज्वरो फुटाउने काम भयो । राज्यश्रोत र संयन्त्रहरूको हुर्मत काढ्ने काम भयो । र यसको परिणाम युवाहरू निरास भए । र गत भाद्रमा जेन जी आन्दोलन भयो । यो ३ दशकको फोहोर मैलाको डंगुर यो निर्वाचनले उडाएर लगेको छ । र नयाँ आशा पलाएको छ ।
यसले क्याडर बेस्ड बाट मास्ड बेस लोकतन्त्रमा देशलाई प्रवेश गराएको छ । जनतालाई दलका कठपुतली बनाएर नचाउने लेनिनबादी दलीय प्रणालीको समूल नष्ट गरेको छ यो चुनावले । यहाँ कोही कुनै दलका कडपुतली रहेनन्, ती सचेत जनता रहे । ती न्यायको लागि, परिवर्तनको लागि, बिकासको लागि दल र तिनको नेताको भरमा भोट परिवर्तन गर्छन् । देश परिवर्तन गर्नु पनि रे, अनि भोट चाहि कहिल्यै परिवर्तन नगर्नु रे । कसरी परिवर्तन संभव छ ? यसपटको चुनावबाट मास बेसको लोकतन्त्र सुरू भयो । खुसी लाग्यो । यसले लोकतन्त्र र विकासलाई बलियो बनाउँछ । यसले चुनाव जित्ने दललाई जिम्मेवार बनाउँछ । किनभने खराव प्रदर्शन गरे अर्को चुनावमा नील बनाउँछन् जनताले । र यी रियल जनता हुन । हिजो जसलाई जनता भने दलहरूले, ती जनता थिएनन्, ती आप्mनै दलका सदस्यहरू थिए । जे भन्दा नि, जे गर्दा नि ताली पिट्थे । अब त्यस्तो हुँदैन । र हुनु हुँदैन ।
दोस्रो, जेन्जी आन्दोलनले जगाएको भरोसा । त्यो बालेन्द्र शाहमा गएर ठोकियो । उनी त्यो बिद्रोहको नाइके हुन कि होइनन्, पूरै खुलेको पनि थिएन, तर उनलाई जवरजस्त त्यो नाइके बनाइदिए कांग्रेस कम्युनिष्टले । गालीको महाभारत पस्के । अनेक नाम राखे । अनेक आरोप लगाए । तर ऊ चुपचाप मुस्कुराउँदै,कसैलाई गाली नगरी जनताको माझमा गए । त्यो पावर अभ साइलेन्स थियो । यो सभ्य व्यक्तिको पहिचान थियो । संस्कारको पहिचान थियो । परिणाम, गाली गर्नेहरू कुनामा पुगे । राजनीति भनेको सभ्यताको बाटो हो । संस्कार सिकाउने बाटो हो । देश बनाउने रूपरेखा हो । तर यहाँ त्यो भएन । खुराफातीलाई राजनीतिको नाम दिइयो ।
जे भए पनि अहिले रास्वपाको भारी बहुमत आएको छ । सायद संविधान संसोधनको लागि पनि पुग्ला । यो देशको करङ्ग भाँच्ने यो संविधानका कतिपय प्रावधानहरू हटलान् । अवसर पनि छन् । चुनौति पनि छन् । पछि कुरा गर्दै गरौंला ।