चोखा हिमालबाट झरेका नदीनालाले भरिएको यो देशमा पानी चहिँ शुद्ध छैन भन्नु र ? कति अचम्मको कुरा गरेको होला ?
जे भन्नु, भन्नु । तर यो सही हो ।
ग्रीसेली पूराणमा बर्णन गरिएको ‘स्टिक्स नदी’ को प्रशंग यो समयको जीवन्त प्रशंग बनेको छ । त्यो नदी एउटा मिथक हो, जहाँ जीवन र मृत्युबीचको रेखा कोरिएको हुन्छ ।
त्यही विषयलाई लिएर अमेरिकी कवि रिता देवले ‘विस्ट्रो स्टिक्स’ शीर्षकको कविता लेखिन् ।
के छ त त्यो कवितामा ?
त्यो कविता आमाले आफ्नी छोरीलाई एउटा होटलमा पर्खिरहेको कथनबाट सुरु हुन्छ । आमाले छोरीको बारेमा दिएको वर्णन र आमा–छोरीबीचको संवादमा उनीहरूको सम्बन्धमा निकै ठूलो समस्या भएको स्पष्ट देखिन्छ । यस समस्याका कारण उनीहरूबीचको सम्वादमा दरार पैदा हुन्छ । छोरीलाई आफ्नै खानेकुराप्रतिको लोभ हुन्छ । खाने कुरानका राम्रोसँग बोध छ ।
छोरीको पहिरन र भाषा उच्चारणमा पनि कृत्रिमताले भरिएको हुन्छ । छोरीले खैरो स्कर्ट लगाएकी हुन्छे जुन मानवीय भावना र संवेदनशीलताको मृत्युको प्रतीक हो । छोरी स्नेहभन्दा औपचारिक बन्दै जान्छे । मानवताको भावनात्मक पक्ष औपचारिकताले प्रतिस्थापन गरिरहेको हुन्छ ।
छोरी भविष्यवादी चित्रकलाहरू समेटिएको एउटा स्टुडियो चलाउने कलाकारका लागि मोडेलको रूपमा काम गर्छे । शहरमा आफ्नो जीवनको महत्व प्रमाणित गर्न छोरीले पर्यटक र पेरिसवासीहरूको प्रेमको सन्दर्भ लिन्छे । तर यो सन्दर्भ विडम्बनापूर्ण हुन्छ, किनकि पर्यटक र पेरिसवासीहरूको प्रेम क्षणिक र अस्थायी हुन्छ ।
रिभर स्टिक्सको मिथक यस लोभसँग मिल्दोजुल्दो छ । प्राचीन ग्रीक मिथकअनुसार, केही दाना अनारका बीउ खाएको कारणले गर्दा ‘पर्सेफोन’ जीवितहरूको संसारमा पूर्ण रूपमा फर्कन असफल हुन्छिन् । अनारका बीउ खाएपछि पर्सेफोन आधा जीवित र आधा मृत हुन्छिन् । त्यस्तै गरी, कवितामा छोरीले अर्डर गरेका विभिन्न परिकारहरूलाई अनारका बीउसँग तुलना गरिएको छ । त्यसैले यो आधुनिक पर्सेफोन सधैं हेडिसको अधोलोकमै रहनेछे । सम्भवतः यही कारणले कविताको अन्त्यतिर आमाले आफूले छोरीलाई सधैंका लागि गुमाइसकेको अनुभूति गर्छिन् ।
यो कविताले मानिस किन यति भ्रष्ट हुन्छन् ? किन बाँचेर पनि मरिरहेका हुन्छन् ? हुन्छौं ?
त्यही नदीको पानी पिएर मति बिग्रिएको समय हो यो । आत्मा मरिसकेको समय हो । भावशून्य समय हो यो । नैतिकता र आचरण भ्रष्ट भएको समय हो यो । गलत भाषा उच्चारण गर्ने समय हो । गलत पहिरनमा सजिने समय हो यो । आफन्तहरू, आमा नै किन नहोस, लाई विर्षिने समय हो यो । भ्रष्ट बनिने समय हो यो । आधुनिकताको नाममा नग्न भएर बाँच्ने समय हो यो । एक्लो भएर जिउने समय हो यो । हामी बाँचिरहेका छौं कि मृत्यु पर्खिरशहेका छौं बिचको सत्यतामा बिम्बित भएर बाँचिरहेका छौं हामी । बिष्ट्रो भनेकै आभुनिकताको नाममा बनेको खोक्रो पहिचान हो ।
यी सब हरामी विचार त्यही पानीबाट उब्जिए ।
आज हामी देखिरहेका छौं, यही विचारले यो देश हाँकिरहेको छ । यो देशलाई गाँजिरहेका छ । निलिरअेको छ । भसाइरहेको छ । अनि दिनदिनै खोक्रो बनाइरहेछ । जसलाई अपदस्त गरे जनताले, जो भाग्नु प¥यो ज्यान जोगाउन, आज तिनै मानिसहरू बिकासको, नैतिकताको, लोकतन्त्रबमो पाठ सिकाइरहेका छन् । जसले मान्छे मारे राजनीतिको नाउँमा, आज तिनै मान्छे ‘पक्राउ गर्न पाइन्छ ? छोएर मात्र हेर’ भनिरहेका छन् । कानूनी राज्यमा कानूनको पालना गर्नुपर्छ भन्नेहरू आज ‘तिनलाई किन मान्ने ?’ भनिरहेछन् ।
यो देशमा अनेक ‘पावर सेन्टर’ अर्थात् शक्तिकेन्द्रहरू खडा गरेर देशको स्थिरता र विकासलाई मुन्टो उठ्न नदिन किन यहीँका मान्छे लागिरहेका छन् ? देशमा अस्थिरता ल्याउन राजसंस्था समाप्त पार्दा उत्सव मनाउने कुवुद्धि के खाँदा आयो ? राज्यका सारा संयन्त्रहरूलाई दलीयकरण गरेर देशको आत्मा विक्रि गर्दा गौरव गर्ने कुबुद्धि के खाँदा आयो ?
राजनीतिको उपल्लो तहमा बोलिने यस्तो गाली गलौजको भाषा के खाँदा आउँछ ? राजावादहिरूलाई ब्रम्हाजीका टाउका बनाएर बिभाजित हुने बुद्धि के खाँदा आउँछ ? देशको एक चौथाइ जनताले नमान्दा नमान्दै ‘विश्वको उतकृष्ट संविधान’ भनेर जारी गरेर देशलाई नचाहिँदो भारी के खाँदा बोकाउन मन लाग्यो ? माओवादीको नाममा दश बर्ष देशमा आगो लाग्यो, अंतिममा माओवादी शब्दै सकाइयो । गणतन्त्रको बीउ छरेर आप्mनो लोकतान्त्रीक दललाई मक्युनिष्टिकरण गर्दा उत्सव मनाउने गगन थापाहरू आज किन आपैmलाई विनिर्माण गरिरहेका छन् ? २०४६ सालदेखि लगातार सत्तामा बसेर देशलाई कंगाल बनाउन अहं भूमिकामा हुने माधव नेपाल अब हामीलाई जिताउनुहोस, कायापलट गर्छौं देशको भनेर बोल्न थालेका छन् । के खाँदा आउँछ हउ यस्तो बुद्धि ?
यो सब बुद्धि स्टिक्स नदीको पानी खाँदा आएको हो । त्यो पानी होली वाइन हो । त्यो पानी पश्चिमाहरूको डलर हो । त्यो पानी भुटानी सरणार्थीको हो । गिरिबन्धुको हो । कैलालीकाृ जग्गाको हो । बालुवाटार जग्गाको हो । भ्रष्टाचारको नाममा खडा भएका फाइलहरूको हो ।
यति धेरै पानी खाएपछि किन नहावोस त बुद्धि ?