देश–समाज समाचार स्थानीय

दउवा संघको साधारणसभा सम्पन्न, निर्वाचन १८ गते हुने, वरिष्ठ पत्रकार दाहालसहित विभिन्न व्यक्तित्व सम्मानित

दमक । दमक उद्योग वाणिज्य संघको ३४ औं वार्षिक साधारणसभाकोसम्पन्न भएको छ । दमकस्थित कस्मिक पार्टी प्यालेसमा संघका अध्यक्ष देवीप्रसाद (गोपाल) गुरागाईको अध्यक्षता तथा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उद्यमी, व्यापारी व्यवसायीको प्रतिनिधिमूलक संस्थाको चुनावी साधारण चुनावी साधारणसभा भएकोले यसको छनौटकै विषयमा धेरै वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए । उनीहरु सबैले सहमति, सहकार्य र एकताका माध्यमबाटै सबै विचार अटाउने गरी नेतृत्व चयन गर्न आग्रह समेत गरिरहेका थिए ।


सोही साधारणसभाको उद्घाटन सत्रबाट विभिन्न कालखण्डमा संघको समितिमा रहेर योगदान गर्ने नन्दिकिशोर अधिकारी, राजकुमार श्रेष्ठ, विष्णु चौधरी, दिपक श्रेष्ठ, विक्रम कुमार साह, राजेन्द्र अग्रवाललाई सम्मान गरिएको थियो । यसैगरी व्यवसायीक तर्फबाट सम्मानि हुनेमा लोकनाथ सिग्देल, रक्मिणा काफ्ले रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वैद्य, दमक उपप्रमुख रेगिना भट्टराई प्रसाई, पूर्व अध्यक्षहरु गोकुल श्रेष्ठ, प्रकाश प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम दउवा संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले सञ्चालन गरेका थिए ।
२०३५ सालमा झापा वाणिज्य संघको शाखा कार्यालयको रुपमा स्व. जगतबहादुर लामाको संयोजकत्वमा स्थापित व्यवसायिक हितको संस्थाले २०४७ सालमा दमक उद्योग वाणिज्य संघको मान्यता प्राप्त गरेको थियो ।
यसैगरी, दमक उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन आगामी
पुस १८ गते हुने भएको छ । संघको शुक्रवार सम्पन्न ३४ औ बार्षिक साधारणसभाको बन्दसत्रले निर्वाचन समिति गठनसंगै मिति तय गरिएको अध्यक्ष गोपाल गुरागाईले जानकारी दिए । उनका अनुसार निर्वाचन सम्पन्न गर्न लीला गुरागाईको संयोजकत्वमा बब्रुवनि दाहाल, दुर्गा गौतम, प्रदीप कोइराला र घनश्याम न्यौपाने सदस्य रहेको पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । आगामी तीन वर्षे कार्यकाल लागि हुने निर्वाचनमा संघमा आवद्ध २२ सय ९८ जना सदस्यले मतदान गर्ने छन् । निर्वाचनबाट अध्यक्षसहित पदाधिकारीमा ६ जना, बस्तुगत सदस्यतर्फ ६, खुला सदस्यतर्फ ६ जना निर्वाचित हुने छन् । यसैगरि,संयोजकसहित दुई सदस्य गरि तीन सदस्यीय लेखा समिति समेत चयन गर्ने संघले जनाएको छ ।
निर्वाचनमा नेपाली कांग्रेस निकट हालका अध्यक्ष गोपाल गुरागाईसहित एमाले निकटबाट भरत राज चम्लागाई र राप्रपा निकटबाट राजु खड्काको व्यवसायीक प्यानल चुनावी मैदानमा देखिएका छन् । गुरागाईबाहेक अन्य दुई उम्मेदवारले भने तीन महिना अघिनै उम्मेदवारी घोषणा गरिसकेका छन् । नेतृत्वका लागि आन्तरिक रुपमा तीनै वटा प्यानलले व्यवसायीहरुसंग मत माग्न थालिसकेका छन् ।
सम्पादक दाहाल सम्मानित
दमक उद्योग वाणिज्य संघको ३४ औंवार्षिक साधारणसभामा पत्रकारिता यात्राको ५० वर्ष प्रवेश गरेका गञ्जबहादुर दाहाललाई सम्मान सहित पुरस्कृत गरिएको छ । २०३२ सालमा भद्रपुरबाट प्रकाशित सूर्योदय साप्ताहिकबाट पत्रकारिता सुरु गरेका दाहालले दमकबाट २०३९ सालदेखि जनज्योति साप्ताहिक र २०६२ देखि सुरु गरेको पूर्वसन्देश दैनिक निरन्तर प्रकाशित भईरहेको छ ।

Author

You may also like