देश–समाज राजनीति राष्ट्रिय समाचार स्थानीय

एमालेमा तेस्रो कार्यकालका लागि पुनः ओली निर्वाचित

दमक । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
वर्तमान अध्यक्ष केपी शर्मा ओली ठूलो मतान्तरले पुनः अध्यक्षमा निर्वाचित भएका छन् । उनले १६६३ मत प्राप्त गर्दा प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत मात्र ल्याए । महाधिवेशनमा कुल २२६३ मतदाता रहेकामा २२२७ मत खसेको थियो ।
पदाधिकारीका अन्य पदमा पनि ओली प्यानलका उम्मेदवारहरूले बाजी मारेका छन् । उपाध्यक्षमा सर्वाधिक मत ल्याउने पृथ्वी सुब्बा गुरुङसहित विष्णु प्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्ण राज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् ।
महासचिवमा शंकर पोखरेलले सुरेन्द्र प्रसाद पाण्डेलाई पराजित गरे । उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।
सचिव पदमा ९ जना निर्वाचित भएका छन् । यसमा महेश बस्नेतले सर्वाधिक मत ल्याएका छन् भने
भने पद्मा कुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, खगराज अधिकारी, हिक्मत कुमार कार्की, यमलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल विजयी भएका छन् ।
यो नतिजासँगै एमालेको नेतृत्वमा ओलीको निरन्तरता पक्का भएको छ । महाधिवेशन प्रतिनिधिहरूले ओलीको नेतृत्वलाई बलियो समर्थन जनाएको देखिन्छ ।
यस्तो छ अन्तिम मत परिणाम
अध्यक्ष ः केपी शर्मा ओली उपाध्यक्षहरुमा पृथ्वी सुब्बा गुरुङ ः विष्णु प्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्ण राज विष्ट र रघुजी पन्त रहेका छन् । यसैगरी अन्य प्रमुख उम्मेदवारहरूमा बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, अरुण नेपाल, टंक प्रसाद कार्की, भीमप्रसाद आचार्य । यस्तै महासचिवमा शंकर पोखरेल विजयी बने । उपमहासचिव (३ पदमा लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई रहेका छन् । अन्य प्रमुख उम्मेदवारहरूमा विष्णु प्रसाद रिमाल, आनन्द प्रसाद पोखरेल,
वैजनाथ चौधरी, राजेन्द्र प्रसाद गौतम रहेका छन् ।
सचिव ९ पदका लागि महेश बस्नेत, पद्मा कुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, खगराज अधिकारी, हिक्मत कुमार कार्की, यमलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकाल विजयी भए । यसैगरी अन्य प्रमुख उम्मेदवारहरूमा गोकुल प्रसाद बास्कोटा, ठाकुर प्रसाद गैरे, रचना खड्का, कर्णबहादुर थापा, अग्नि प्रसाद खरेल, विनोद प्रसाद ढकाल, कृष्ण गोपाल श्रेष्ठ, पेम्बा लामा, लाल बाबु पण्डित, इन्द्रलाल साप्कोटा, र पुरुषोत्तम पौडेल निर्वाचित भएका छन ।

Author

You may also like