हिजो यो देशको राजनीतिक वागडोर सम्हाल्नेहरू आज जसरी प्रस्तुत भइरहेका छन्, तिनको मनोविज्ञान पढ्दा कुनै आख्यानको पात्र पढिरहेको छु कि जस्तो लाग्छ । काठमाण्डुको खाडलमा बसेर देश बनाउने वाइयात गफ लगाएर देशलाई आप्mनै बपौती ठान्ने तर आप्mनाहरूको उद्धार गर्ने भ्रष्टहरूको चित्र पढिरहेको छु अहिले ।
ती कति जब्बर छन भने तिनलाई सुनामीले पल्ला गाउँ पु¥याउँदा पनि ती टाउको उठाउन छाड्दैनन् । खोक्न छाड्दैनन् । डुक्रिन छाड्दैनन् । गुण्डा भेला पारेर हिंड्न छाड्दैनन् ।
मान्छे वास्तवमा कसरी पनि बाँचेको हुन्छ भनेर भन्न मुस्किल भइसक्यो ।
सिंहदरबार र संसद भवनमा छिरेका मनुवाहरू आज जसलाई ‘राजनेता’ सम्म भन्न पनि भ्याइएको छ, ती बृलायती उपन्यासकार विलियम गोल्डिङ्गको उपन्यास ‘पिन्चर मार्टिन’ को मूल पात्र पिन्चर बनेका छन् ।
सन् १९५६ मा प्रकाशित भएको उक्त उपन्यासले मान्छेको अकल्पनीय बिद्रुप रूप पस्किएको छ, जुन रूप हाम्रा ठूला भनिएका दलका नेताहरूमा छ्यासछ्यास्ती पाइन्छ ।
के छ त ‘पिन्चर मार्टिन’ उपन्यासमा ?
नेभल अफिसर क्रिस्टोफर “पिन्चर” मार्टिन आपूmलाई सबैभन्दा अनुभवी ठान्थ्यो ऊ । सबैभन्दा बाठो ठाउन्थ्यो । सबैभन्दा भिजन भएको ठान्थ्यो । अनि सबैभन्दा कडा मिजासको भएकाले जहाजमा सबैजना उदेखि डराउँथे । उसलाई भगवान ठान्थे । कसैले पनि उसको आलोचना गर्न सक्दैनथ्यो । ऊ देवता बराबर बनिसकेको थियो । जताततै उसको प्रशंसा र ‘आराधना’ मात्रै हुन्थ्यो । सबैजना उसका हरेक पललाइ तालीले स्वागत गर्थे ।
तर दोस्रो विश्वयुद्धका क्रममा पिन्चरको जहाजमा अप्रत्याशित आक्रमण हुन्छ ।
टर्पेडो प्रहारपछि एटलान्टिक महासागरमा फालिन्छ उसको जहाज । आफू बाँचेको विश्वास गर्छ, र हतोत्साहित हुँदैन । बरू उसमा हिम्मत बढेर आउँछ । त्यही भएर उसले बाँच्ने प्रयासमा संघर्ष गर्छ र समुद्रको बीचमा रहेको निर्जन चट्टानमा पुग्न सफल हुन्छ । त्यसपछि उसको कठोर जीवित रहने संघर्षलाई पछ्याउँछ(अन्न, पानी, आश्रय खोज्ने, र निराशालाई पराजित गर्ने प्रयास गर्छ । उसले लामो समय खानेकुरा खोज्न बिताउँछ । भोक र रोगसंग लड्छ । ऊ निकै ज्याद्रो देखिन्छ । अनि ऊ क्रमशः अचम्मको हुँदै जान्छः उसले भ्रम, विगतका विकृत सम्झना, र वास्तवमै नभएका मानिसहरूसँगको “कथोपकथन” अनुभव गर्न थाल्छ । नचाहिँदो कल्पना गर्न थाल्छ । सबैथोक आपैmसंग होस भन्न थाल्छ । उसको लागि अरू मान्छे झारपात ठानिन्छन् । उसका विचारहरू अपराधबोध, स्वार्थ, र जेसुकै गरेर पनि बाँचिरहनुपर्ने उसको हठी चाहनाभित्र घुमिरहन्छन् । अरूलाई मारेर, दुःख दिएर, शोषण गरेर भए पनि ऊ बाँच्न चाहन्छ । साथीहरू सबै मरिसक्दा पनि उसमा कुनै ग्लानी छैन । हीनताबोध छैन । मान्छे मार्नु, घाइते बनाउनु केही पनि लाग्दैन । उसको भोक कहिल्यै तृप्त हुँदैन । ऊ अभैm ‘केही पाउने’ आप्राप्य तृप्तीको पछाडि दौडिएको हुँन्छ ।
गज्जप त के भने उपन्यासको अन्तिम मोडमा आएर डरलाग्दो खुलासा हुन्छ(पिन्चर मार्टिन वास्तवमै समुद्रमै मरेको रहेछ । चट्टान, संघर्ष, जीवित रहन खोज्नु(सबै कुरा उसको चेतनाले मर्नु अघि अन्तिम क्षणमा बनाएको मानसिक भ्रम थियो । उसले मर्नुअघि बनाएको उसको ‘मानसिक चित्र’ पो रहेछ उपन्यासको कथा त । उसको “बाँच्ने इच्छा” वास्तवमा मृत्यु अस्वीकार गर्ने मनोवैज्ञानिक इन्कार थियो, यथार्थ थिएन । उसले मृत्युलाई स्वीकार गरेको थिएन । उसलाई भ्रम थियो कि ऊ जिवीतै छ । तर उसको चेतनालो मर्नु अघि कल्पेको साम्राज्यको राजा भएको थियो ऊ । तर एउटा युटोपिया साम्राज्य । कल्पनाको साम्राज्य ।
यस उपन्यासले
मृत्युलाई अस्वीकार गर्छ( मानवीय चेतनाले हार वा मृत्यु स्वीकार्न नचाहने मनःस्थिति हो यो । अहंकार र बाँच्ने प्रवृत्ति ( मार्टिनको पहिचान स्वार्थ र नियन्त्रण चाहनामा आधारित हुन्छ । त्यही भएर भन्नु पर्छ, मार्टिन नायक होइन, गहिरो रूपमा दोषपूर्ण, आत्मकेन्द्रित व्यक्ति हो जो वास्तवमा मानसिक जगतभित्रको संघर्ष गर्छ, भ्रममा हुन्छ(मृत्यु स्वीकार्ने कि “जीवन”को भ्रमलाई समातिरहने? मार्टिनको मस्तिष्कले उसको मृत्यु स्वीकार्न अस्वीकार गर्छ । शरीर डुबिसकेको छ, तर चेतनाले “म बाँचिरहेको छु“ भनेर झुटो यथार्थ निर्माण गर्छ । त्युको सत्यलाई नमान्ने अन्तिम प्रतिरोध हो यो उपन्यास ।
मार्टिनमा स्वार्थ(केन्द्रित व्यक्तित्व छ, जसले केवल आफूलाई जोगाउन चाहन्छ(अरूको पीडा, मर्यादा, नैतिकता अर्थहीन हुन्छ । ऊ कहिल्यै आत्मचिन्तन गर्दैन, केवल बाँच्नका लागि नियन्त्रण खोज्छ । उसले बाँच्न खोजेको होइन, आफ्नो अहंकारलाई बचाउन खोज्दै थियो भन्न सकिन्छ । भ्रमहरू र संवादहरू उसको दिमागमा दबिएका अपराधी भावनाका सतह हुन् । उसले बाँच्न खोज्नु भनेको पापबाट छुटकारा होइन, पाप लुकाउने मानसिक प्रयास मात्रै हो । उपन्यासले “बाँच्नु” र “सोच्नु कि बाँचिरहेको छु” बीचको भिन्नता तोड्छ । बाहिरि यथार्थ अस्थित्वमै थिएन, भित्री यथार्थ उसको दिमागले बनाएको जेल मात्रै हो । “पिन्चर मार्टिनको बाँच्ने कथा वास्तवमा शरीरको होइन, अहंकारको मृत्यु अघि भएको अन्तिम मानसिक प्रतिरोध हो ।’’
यसरी मरिसकेपछि पनि बाँचिरहेको अभिनय गर्ने शैतानहरूको कथा हो गोल्डिङ्गको यो उपन्यास ।
यत्रो जेन्जी आन्दोलनले पिन्चर मार्टिन ‘डुबे जसरी’ डुबेर पनि ‘डुबेको (मरेको ?)’ नठान्ने दिमागहरू अहिले फेरि जाग्दै छन् । यि त डुबिसेकेका हुन्, तर यिनको दिमागले त्यो स्वीकारिरहेका छैन ।
मानौं यहाँ केही भएको होइन । आन्दोलन भएकै होइन । जनता उठेकै होइनन् । जनतामा आक्रोश छँदै थिएन । सुखी नेपालीको नारामा सबै लठ्ठ परिसकेका थिए । जनतालाई बेचे पनि ताली पड्काएकै थिए । भ्रष्टाचार र शोषण गरे पनि ताली पडकाएकै थिए । माछा तार्दा पनि ताली पडकाएकै थिए । भक्का खाँदा पनि ताली पड्काएकै थिए । मुसाका पुच्छर खाँदा पनि ताली पड्काएकै थिए । राल काढ्दा पनि ताली पडकाएकै थिए ।
तिनको दिमागले सोच्यो, कसैले भड्काए ।

Author

You may also like