अर्थ समाचार स्थानीय

गुह्येश्वरी सामाजिक संस्थाको साधारण सभा

कमल/ गुह्येश्वरी सामाजिक संस्थाको प्रथम तथा दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । गुह्येश्वरी टोलमा भएको सो साधारण सभामा कमल गाउँपालिका–५ का वडाध्यक्ष लाल बहादुर (एल.बी.) विष्ट प्रमुख अतिथि, वडा सदस्य ओम कुमार प्रधान, पूर्व वडाध्यक्ष तथा लखनपुर सामुदायिक खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष डम्बरबहादुर निरौला, साविक लखनपुर गाविसका अध्यक्ष भोजकुमार घिमिरे, सल्लाहकार संयोजक नन्द कुमार न्यौपाने, अभाष वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विनोद कुमार पाण्डे लगायत अतिथिका रुपमा रहेका थिए ।
साधारण सभामा संस्थाका अध्यक्ष गोपाल बहादुर निरौलाले संस्थाको गतिविधि समेटेर तयार गरिएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष भरत नेउपानेले आर्थिक प्रतिवेदन पेश गरेकोमा आवश्यक छलफल पछि पारित गरिएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष विष्णु राउत र कार्यक्रम संचालन सचिव खर्गेश्वर उपाध्यायाले गरेका थिए । झापाको कमल–५ गुह्येश्वरी टोलमा रहेको सो संस्थाको साधारण सभामा बोल्दै स्थानीय स्तरमा वृक्षारोपण, सचेतनाका विभिन्न कार्यक्रम, सरसफाइ, लागुऔषध दुव्र्यसन नियन्त्रण लगायतका क्षेत्रमा संस्थाले गरेको काम सराहनीय रहेको भन्दै प्रमुख अतिथि वडाध्यक्ष विष्टले आगामी दिनमा यस्ता सामाजिक विकासका काममा आवश्यक सहयोग र सहकार्य गर्न गाउँपालिकामा पनि पहल गरिने बताएको संस्थाको सल्लाहकार शिक्षक विष्णु प्रसाद खनालले जानकारी गराए ।

Author

You may also like