समाचार

झापामा कोरोबाट ४ सयको मृत्यु

दमक/झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय पुग्न लागेको छ । सोमबार एकजना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ३९९ पुगेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका फोकल पर्सन जीवन चम्लागाईका अनुसार हालसम्म पिसिआर परीक्षणबाट संक्रमण पुष्टि भएका ३०२ र एन्टीजेन परीक्षणबाट पुष्टि भएका ९७ जना संक्रमितको मृत्यु भएको हो । कोरोनाको दोश्रो लहर यता मृत्यु हुने पुरुषको संख्या १७२ र महिलाको संख्या ९७ रहेको छ । यसरी ज्यान गुमाउनेमा सबैभन्दा बढी विर्तामोड, दमक, भद्रपुर र काँकडभिट्टाका रहेका छन् ।
त्यस्तै संक्रमितको संख्या १९ हजार बढी पुगेको छ । सोमबारसम्म झापामा कोरोना संक्रमितको संख्या १९ हजार १६२ पुगेको छ । त्यसमध्ये १३ हजार ९१२ जना डिस्चार्ज भएका छन् । जिल्लामा २ हजार ४२६ जना सक्रिय संक्रमित मध्ये १३३ जना अस्पतालमा र अन्य भने होम आइसोलेसनमा उपचाररत रहेका छन् ।
त्यस्तै झापामा हालसम्म कोरोना विरुद्धको दुवै खोप लगाउनेको संख्या २० हजार ५ सय ९८ र पहिलो मात्र खोप लगाउनेको संख्या ६६ हजार ६ सय ४६ जना रहेका छन् ।

You may also like