समाचार

मोटरसाइकल दुर्घटनामा मृत्यु

दमक/झापाको गौरादहमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदालयात्री गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको दमक प्रहरीले जनाएको छ । सोमबार साँझ पैदल हिँडिरहेका दाहाललाई प्र १०१–०१२ प ५९९० नम्वरको मोटरसाइकलले ठक्कर दिएको र गम्भीर अवस्थामा उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । सो दुर्घटनामा दाहालसँगै रहेका गौरादह–३ का मोहन उप्रेती पनि सामान्य घाइते भएका छन । मोटर साइकल चालक गौरादह–४ का २८ वर्षीय भरत रिजालको विराटनगरस्थित न्युरो अस्पताल तथा सोहि मोटर साइकलमा सवार रहेका गौरादह–३ का २६ वर्षीय रविन पौडेलको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

You may also like