समाचार

नाटकघरलाई झापाली समाज युएईको सहयोग

विर्तामोड/ झापाको विर्तामोडमा निर्माणाधीन बहुजाति बहुभाषिक बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माणका लागि झापाली समाज युएईले सहयोग गरेको छ ।
झापा नाटकघरका लागि आवश्यक जमिन खरिद गर्न संस्थाले सञ्चालन गरेको एक धुर जमिन खरिद अभियानका लागि झापाली समाज युएईले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको हो । झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष दुर्गाप्रसाद सापकोटाको अध्यक्षता तथा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी झापाली समाज युएईका अध्यक्ष दुर्योधन कार्की, झापा नाटकघर निर्माण व्यवस्थापन समितिका सचिव माधव कल्पित, वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी, ध्रुवकुमार शिवाकोटीलगायतले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
एक धुर जमिन खरिद गर्न सहयोग संकलन अभियान शुरु गरी रकम संकलन गरेको अभियानका सचिव तथा झापाली समाज युएईका प्रवक्ता रामप्रसाद ढुङ्गेलले बताए । कल्पितले विर्तामोड नगरपालिका– १ मा निर्माणाधीन बहुजातीय संग्रहालय तथा झापाली नाटकघर प्रदेश नम्बर १ कै ऐतिहासिक तथा साँस्कृतिक धरोहरको रूपमा रहेको र कला साहित्यको संरक्षण सम्बद्र्धन गर्नु हामी सबैको सामाजिक दायित्व भएकाले झापाली समाज युएईले गरेको कार्यको प्रशंसा गरेका थिए । सोही कार्यक्रममा माया भण्डारी भट्टराई, भूमि अधिकारी, माइनसप्लस संग्रौला, देवेन्द्र निरौला, दिवाकर भट्टराईलगायतले नाटकघरलाई आर्थिक सहयोग गरेका थिए । त्यस्तै नाटकघरका लागि सहयोग गर्ने दातालाई प्रशंसापत्र प्रदान गरिएको कार्यक्रमको सञ्चालन नेपाल सम्पर्क समितिका सचिव मणि सुवेदीले गरेका थिए ।

Author

You may also like