सर्वप्रथम्, म आज यहाँहरूलाई एउटा उपन्यासको कथा मार्पmत् बिषय उठान गर्न चाहन्छु । उपन्यासको कथा यस्तो छः
पुरस्कार जितेको ठूलो सुँगुर ओल्ड मेजर ले ‘म्यानर फार्म’ का सबै जनावरलाई ठूलो गोठमा बैठकका लागि बोलाउँछ । ऊ आफ्ना सपनाको अकल्पनीय कथा सुनाउँछ ( जहाँ सबै जनावर स्वतन्त्र छन्, जहाँ कुनै पनि मानवले न दमन गर्छ, न नयिन्त्रण नै । ऊ उनीहरूलाई यस्तो कहिल्यै पनि कल्पना नगरिएको स्वर्गीय जीवन हासलि गर्न लाग्नुपर्छ भनी आग्रह गर्छ र ‘बीस्ट्स अफ इङ्गल्याण्ड’ नामक गीत सिकाउँछ, जसमा उसको सपना कवितामय रूपमा चित्रित हुन्छ । त्यो एउटा डरलाग्दो ‘प्रशिक्षण’ बन्न पुग्छ । मेजरको यो लोभलाग्दो दृष्टकिोणप्रति सबै जनावरहरू उत्साहति हुन्छन्, हर्षबिभोर हुन्छन् । अकार्षित हुन्छन् ।
तर दुर्भाग्य, बैठक भएको तीन दिनमै ती मेजरको मृत्यु हुन्छ । यो अर्को डरलाग्दो बिम्ब बन्छ । त्यसपछि तीन जना युवा सुँगुर ( स्नोबल, नेपोलयिन र स्क्वीलरले उसका मूल विचारलाई अँगाल्ने प्रण गर्छन् । ती कठोर शिष्य भएर निस्किन्छन् । अनि त्यो फार्मको नामै फेरेर ‘एनमिलज्मि’ नाम दिन्छन् र त्यो फार्मलाई एउटा अकल्पनीय दर्शनमा परणित गर्छन् ।
अर्कोतिर, उनीहरूको किसान मिस्टर जोन जनावरप्रति यति निर्दयी हुन्छ कि खान नदिइ दूध मात्रै दोएर लान्छ । उसको अत्याचारले सीमा नाघिरहेको थियो । एक रात, जनावरहरूले किसान मिस्टर जोन्स लाई युद्धमा पराजति गरी फार्मबाट हटाउँछन् । त्यसलाई खेदाउँछन् । त्यसपछि उक्त फार्मलाई ‘एनमिल फार्म’ नामाकरण गरेर मेजरको सपना साकार गर्ने प्रण गर्छन् । ठूला गोडा बक्सर ले असाध्यै नष्ठिा देखाउँदै आफ्नो जीवन मन्त्र ‘म अझ कडा परश्रिम गर्नेछु’ ग्रहण गर्छ । बाचा गर्छ फार्मको लागि ज्यान दिन तयार हुन्छ र सबैलाई यसमा भावुक बनाउँछ । उचाल्छ । उद्देलित बनाउँछ ।
सुरुमा एनमिल फार्म निकै प्रगतिशील देखन्छि । स्नोबल ले जनावरलाई पढ्न लेख्न सकिाउँछ भने नेपोलियन ले साना कुकुरका बच्चाहरूलाई लिएर एनिमलज्मिका सिद्धान्तमा शिक्षित गर्न सुरु गर्छ । स्कूलिङ्ग सुरू गर्छ । जोन्स फार्म पुनः कब्जा गर्न आउँदा जनावरहरूले फेरि उसलाई हराउँछन् । खासगी गोठ तगाराहरू भत्काएर गाई भैंसीहरूले युद्धलाई नयाँ उचाइ दिन्छन् र यस युद्धलाई ‘काउशेडको युद्ध’ भनन्छि, जसको बिजयोत्सवस्वरूप उनीहरूले किसानको बन्दुक खोस्छन् र साथमा राख्छन् ।
तर बिस्तारै समयका रंगहरू परिवर्तन हुन थाल्छन् । स्वार्थ र शक्ति संघर्षले तिनका सपनाहरू धूमिल हुन थाल्छन् । स्नोबल र नेपोलयिन बीच फार्मको भवष्यिबारे विवाद सुरु हुन्छ । स्नोबलले बिजुली उत्पादन गर्ने हावाको पंखा बनाउने योजना ल्याउँछ, जुन नेपोलयिनलाई मन पर्दैन । जब यसबारे मतदान हुन लाग्छ, स्नोबलले जोशिलो भाषण दन्छि, तर नेपोलयिनले आफ्ना प्रशिक्षित कुकुरलाई छोड्छ र उनीहरूले स्नोबललाई फार्मबाट खेद्छन् । त्यसपछि नेपोलयिनले आफू मात्र नेता हुने घोषणा गर्छ र अबदेखि सबै निर्णय सुँगुरहरूले मात्र गर्ने बताउँछ ।
नेपोलयिन तुरुन्तै हावाको पंखा बनाउनुपर्ने नर्णिय गर्छ । सबै जनावर, विशेषगरी बक्सर, यसमा तन्मय भएर लाग्छन् । तर ठूलो आँधी आएर पंखा भत्काउँछ । मानिस किसानहरूले पर्खाल पातलो बनाएको भन्दै व्यङ्ग्य गर्छन्, तर नेपोलियनले स्नोबलले तोडफोड गरेको आरोप लगाउँछ । ऊ ठूलो ‘शुद्धीकरण’ अभयिान चलाउँछ, जसमा आफ्ना विरोधी भनेर चनिएिका धेरै जनावरहरूलाई कुकुरहरू मार्पmत मराइदिन्छ । त्यसपछि नेपोलयिन सर्वशक्तिमान नेता बन्छ । बक्सर ले दोस्रो मन्त्र ग्रहण गछ ( ‘नेपोलयिन सधैं ठीक छ’ । अब नेपोलयिन इतहिास फेरफार गर्छ, स्नोबललाई देशद्रोही, प्रतिगामी, सामन्त, अनपढ, फासिस्ट देखाउँछ र मान्छेजस्तै बानी बसाल्छ( खाटमा सुत्छ, व्हीस्की खान्छ, छिमेकी किसानसँग व्यापार गर्छ । यस्ता काम एनमिलज्मिका मूल नियमविपरीत भए पनि स्क्वीलर ले प्रचार गरेर सबै जनावरलाई विश्वास दिलाउँछ कि नेपोलयिन महान् नेता हो । भिजन भएको नेता हो । अग्रगामी नेता हो । जनावरप्रेमी नेता हो । सादकी नेता हो । कुनै पनि स्वार्थ नभएको नेता हो । सबैले उसलाई सम्मान र प्रेम गर्नु पर्छ भन्छ । यद्यपि साधारण जनावरहरू भोकाइ, चिसो र कठोर श्रमको पीडामा हुन्छन् । ती भोकभोकै हुन्छन् । खान नपाएर मर्न थालेका हुन्छन् । तर उता स्क्वीलरले त्यो निरंकुश नेपोलियनको देवत्वकरण गरिरहन्छ ।
छिमेकी किसान मस्टिर फ्रेडरकि ले नेपोलियनलाई काठ बेच्ने क्रममा ठग्छ र पछि आक्रमण गरेर नवनिर्मित हावाको पंखा बमले उडाउँछ । भीषण युद्ध हुन्छ, जसमा बक्सर गम्भीर घाइते हुन्छ । काम गर्दै गर्दा ऊ ढल्छ । स्क्वीलरले भन्छ( ‘बक्सर अस्पतालमा मरेर अन्तिम साससम्म विद्रोहको जयगान गरिरहेको थियो । नेपोलियनको जय भनिरहेको थियो । तर अब ऊ रहेन ।’ तर वास्तवमा नेपोलयिनले आफ्नो सबैभन्दा नष्ठिावान र श्रमजीवी जनावर बक्सरलाई पैसाका लागि कसाइ कारखानामा बेचिसकेको हुन्छ ।
वर्षौं बित्छन् । सुँगुरहरू बस्तिारै मानवझैं बन्छन् । दुई खुट्टाले हिड्छन्, कोर्रा बोकेर लुगा लगाउँछन् । गोठको भित्तामा लेखएिका ‘सात आज्ञा’ लाई एकै आज्ञामा परणित गर्छन्न्, ‘सबै जनावर बराबर छन्, तर केही जनावर अरूभन्दा बढी बराबर छन् ।’
अन्त्यमा, नेपोलियनले छिमेकी किसान मिस्टर पल्किङ्टिन लाई भोजमा निम्त्याउँछ । अनि मानव किसानहरूसँग मिलेर श्रमिक वर्गविरुद्ध गठबन्धन गर्ने घोषणा गर्छ । आप्mनै सहयात्री, आप्mनै बर्ग, आप्mनै हिजोका खम्बा र आपैmलाई यो शक्तिमा बिराज गराउने ती निमुखा जनावरहरूप्रति यति निर्मम बन्छ कि त्यो उसको निर्ममताले ऊ खतरनाक तानाशाहा बनिसकेको प्रतीत हुन्थयो । ऊ फार्मको नाम फेरेर ‘म्यानर फार्म’ राख्छ, यसलाई ‘सही नाम’ भनेर घोषणा पनि गर्छ । आपूm जनावर भएर पनि अब नेपोलियनको बर्ग, औकात, शान, शोख, बिलाशिता, ऐश सबै जनावरको जस्तो रहेन । ऊ त एक खुंखार तानाशाह बनिसकेको हुन्छ । उसको घरमा महंगा रक्सीको भोज दिनहुँ जसो चल्न थाल्छ । घर सम्पत्तिले पूरै पुरिएको छ । बाहरिबाट घरभत्रिको भोज हेर्ने साधारण जनावरहरूले अन्ततः सुँगुर र मानवबीचको भन्निता नै छुट्याउन सक्दैनन् । तीन तीन छक्क पर्छन् । कसरी यति चाँडै यो सुँगुरले (नेपोलियनले) आप्mनौ औकात भुलेर एउटा पिचासमा रूपान्तरण भयो भनेर सबै जनावर आपैmलाई धिक्कार्न थाल्छन् । त्यो नेपोलियनले आपैm बनाएको नेपोलियनवादको करामत थियो ।
कथा यहीं सकिन्छ ।
बेलायती लेखक जर्ज अर्वेलले सन् १९४५ मा लेखेको उपन्यास ‘एनिमल फार्म’ को कथासार हो यो । नेपोलियनलाई एक रक्त पिपासु नेता जो शक्तिमा आउनासाथ भ्रष्टाचार, शोषण र आततायीको नायकेको रूपमा उभ्याइएको छ । संघर्षको सफलतापछि पनि सुँगुरले कल्पना गरेको आदर्श राज्य त बनेन बनेन, पहिलाको भन्दा धेरै दुख पाए जनावरले । सबै जनावर समान होइनन भन्ने तानाशाहको आदर्शतिर गयो तिनको उपलब्धी । शक्तिमा आउनेहरूले नै आपूmलाई त्यहाँ पु¥याउनेहरूको सफाया गर्न थाले । श्रमजीवी जनावरको जीवन झन् दयनीय हुन पुग्यो । त्यति हुँदा पनि नेपोलियनले केही जनावरहरूलाई आप्mनै भजन गाउने बनाएको थियो । अनि अरू जनावर रोइरहँदा पनि ती केहीले नेपोलियनलाई ‘महान, आदर्शवादी नेता’ भनिरहेका थिए । ती यति सोझा सुागुर थिए कि नेपालियनको बारेमा कसैले केही नराम्रा कुरा गरेको सुनेभने तिमाथि जाइलाग्थे । ती सोझा जनावरलाई संधै फकाएर, प्रलोभनमा पारेर तिनैलाई मर्न बाध्य पारेर तिनैको मासु बेचेर खान्छ नेपोलियन, तर उसैलाई महान भन्न छोडदैनन् । नेपोलियनको यो अकल्पनीय रूपान्तरण देखेर ती बबुरा जनावर ‘सुँगुर र मान्छे एकै भएछन्’ भनेर पश्चात्ताप गर्छन् ।
आजभज्दा ७५ बर्ष अघि बेलायती लेखकले लेखेको यो उपन्यासले नेपालको हिजोका आन्दोलन र परिवर्तनहरूलाई पनि बोकेको छ कि छैन ? प्रत्येक राजनैतिक परिवर्तनपछि नेपोलियन जन्मे कि जन्मेनन् ? आज हामी सबैको एउटा बिन्ती छ भनौं, ‘कृपया, अब कहिल्यै पनि यो माटोमा नेपोलियन र यो उपन्यासको नेपोलियनवादको जन्म नहोस’ । सत्तामा हुनेहरूले जरूर यो उपन्यास एकपटक पढिदिउन्, सबै कुरा हल हुन्छ ।