देश–समाज लेख स्थानीय

अकर्मण्यताको परिणाम र आगामी बाटो

:– नरेन रिजाल –:


इतिहासमा धेरै परिवर्तन आए । सात सालको परिवर्तनले प्रजातन्त्रको शुरू(आत भयो। प्रजातन्त्रको विरुवा हुर्कन नपाउँदै सत्र सालमा निमोठियो र पञ्चायती व्यवस्थाको स्थापना भयो । धेरै आरोह अवरोह झेल्दै देशमा २०४६ सालको आन्दोलन भयो र प्रजातन्त्र पुनस्थापना भयो । त्यसबाट पनि असन्तुष्टहरूले सशस्त्र क्रान्तीको बाटो रोजे । करिब १० बर्षको माओवादी जनयुद्धले देशलाई थिलथिलो बनायो । धेरै निहत्था नेपाली हरूले अनाहकमा ज्यान गुमाउनु पन्यो, अंगभंग र घरबारविहिन हुनु पन्यो। स्थिर सरकारको कामना गर्दा गर्दै २०६२ –६३ को आन्दोलन भयो । लोकतन्त्रको प्रादुर्भाव भयो । गणतन्त्रको स्थापना सँगसँगै राजतन्त्रको अन्त्य भयो । राजतन्त्रको समयमा जनताले स्वतन्त्रता पाएनन् । निरंकुशतन्त्रले देश र जनतालाई कुन्ठित. गर्ने काम गन्यो भनेर जनताका जनताका छोराछोरीको शासन, जनतालाई र जनताका लागि भनेर ल्याएको प्रणाली गणतन्त्र आज २०८२ सम्म आईपुग्दा करिब ३५–३६ बर्षमा स्थिर सरकारको निर्माण गर्न सकेन । दुरदराजका जनताले सरकारको अनुभवी विकास चाहेका थिए, पुरा हुन सकेन । विकासका नाममा देश पश्चगामीतिर धकेलिदै गयो । मुट्टी भरका नेता दिनानुदिन शासक बन्दै गए । देशमा ऋणको भार थपिदै गयो । भ्रस्टाचार, बेथिति, हत्या, हिंसा, बलात्कार, घदुखोरी, लुट बेइमान, डनहरूका नाममा राज शुरु भयो । यो यति धेरै पराकाष्ठामा पुग्यो। पोखिनु पर्ने थियो, पोखियो ।
जेन जी का नामबाट शुरुआत भएको विरोध अन्यमा परिस्थिति बस अरु नै जी का कारण सिमा नाघेर कार्य भयो । नेता भ्रष्टथिए। नेतालाई जनताको पिडा देखाउनु थियो र सबक सिकाउनु थियो । चप्पल लगाए संसद छिरेका नेता टाईसुटमा सजिएर निस्किए । २–४ वर्षमा राजधानीमा ठूला ठूला महलका मालिक बन  ेका थिए । सेवा गर्न हिंडेका नेता शासक बने । जनताको पिडा जहाँको तहि रह्यो । युवाका लागि रोजगारी थिएन । विदेशिनु बाहेक विकल्प थिएन । जनताले जीवनभरमा हड्डी घोटेर एउटा घर बनाउन धौ धौ पर्छ । तर उनीहरूको दुई चार बर्षमा विलासी जीवन, कसरी बन्छ र बन्यो ? नेतालाई गरेको व्यवहार प्रति जेन जीलाई सपोर्ट छ ।
खोज तलास गरेर सबै सम्पती सार्वजनिक र सरकारीकरण गर्न आवश्यक छ । तर यसो लेखिरहँदा सार्वजनिक र सरकारी सम्पतिलाई आगामी पुस्ताका लागि जेन जी भाई, भतिजहरूले जोगाउन आवश्यक हुन्थ्यो । सर्वोच्च अदालत, सिंहदरबार जस्ता ऐतिहासिक अभिलेख र प्रमाणहरु भएको ठाउँ अल्फाबिटाका लागि पनि महत्वपूर्ण हुन्थ्यो । त्यसमा यिनै नेताका सम्पूर्ण कर्तुतका प्रमाणहरु थिए । यिनीहरुलाई कानुनी कठघरामा ल्याउँन प्रमाण अपूर्ण हुन सक्छ । त्यसैले जो जस्को लिडरसिप(मा आन्दोलन भयो, सकारात्मक सोचमा भएको जस्तो लागेन । आखिर जे भयो राम्रैका लागि भयो । पश्चाताप गरेर हुँदैन ।
आगामी दिनहरू सरल छन् भन्न सकिँदैन, अझै जटिल चुनौतिहरु आउन सक्छन् । त्यसका लागि बुद्धि, विवेक, दूरदर्शिता आवश्यक पर्दछ । यो पुस्ताले लामो समय देखि जरा गाडेको भ्रष्ट शासनलाई केवल २ दिनमा पल्टाउन सफल भयो भने भोलिका दिनमा पनि दूरदर्शिता अपनाएर कार्य गर्न सक्नेछ, भन्ने लाग्छ । आन्तरिक र बाह्य शक्तिको चलखेल बढ्न सक्छ । राज्य सत्तालाई ४८ घण्टा भित्र उत्तानो पायौँ अब हाम्रो शासन चल्छ भनेर धेरै महत्वाकांक्षी बन्ने दिन छैन । पढेकोले मात्र हुँदैन, परेको परिपक्व हुनुपर्छ । हाल सम्म राज्यमा सम्पतिको दोहन छ । सधै घाटा बजेट आउँछ। विदेशीको भरमा बजेट बन्छ । चुहावट धेरै छ। यी र भ्रष्टाचार रोकिएन भने फेरिपनि र यस्ता चुहावट र भ्रष्टाचार विनास हुन सक्छ । मौकामा चौका हान्ने आफ्नो साथी हुन सक्छ । जेनजी का नाममा पसल लुट्ने देखि बैंक लुट्नेहरू सक्रिय छन् । त्यसैले सचेत हुन जरूरी छ ।
सरकार निर्माणका लागि पनि देशमा स्वच्छ छवि भएका नागरिक, विद्वान र दुरदर्शि क्षमतावानलाई छान्नु जरूरी हुन्छ । देशमा यस्ता व्यक्ति धेरै छन् । विवेक
पु¥याउनु पर्छ। यही संविधानलाई टेकेर सरकार बनाउने हो भने पहिलेको पद्धतीलाई समातेर अगाडि बढ्नु पर्ने हुन्छ । त्यसलाई निराकरण गर्न नयाँ अन्तरिम सरकारको निर्माण गर्ने, जसले संसदिय निर्वाचन गराई नयाँ संविधान निर्माणमा सहयोग गरि देशलाई स्थिरतातर्फ अगाडि बढाउन सफल बनोस् । जबसम्म देशमा कार्यकारी नेतृत्वको विकास हुदैन फेरि यिनै झोले र भरौटे चाकरीवाज नआउँलान भन्न सकिन्न । व्यसकारण पनि म र मेरो नभनि हामी र हाम्रो भन्ने भावनाको विकास गरेर निस्वार्थ रुपमा यो पुस्ताले कार्य गन्यो भने यो जल्दै गरेको देशले न्याय पाउन सक्छ ।

Author

You may also like