नेपालमा संवैधानिक राजनीतिक प्रणालीको अभ्यास र प्रयोगमा सयौं वर्षको अनुभव सँगालेको इतिहास रहेको छ । जहानियाँ राणातन्त्र होस वा पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहका प्रत्यक्ष शासनकाल र गिरिजा प्रसाददेखि ओलीसम्मका घटना र विचार होस् सबै मा जनता नै विकास र सुशासनको मूल धारमा अगाडि रहेको देखिन्छ भने देशको प्रतिकूल हुने क्रिया कलाप हरु बाट देशका आम जनताहरू प्रताडित र शोषित भएकाहरुको पनि लामो व्यथा र वेदनाका कथाहरू पनि बेला न कुबेला सञ्चार माध्यमहरू बाट बाहिर प्रकाशमा आई रहेको हुन्छ । राजा र रैतिको युगमा राजालाई नै सरकार भनिएकोले खेस्रा गरिएर योजना बनाउनुको कुनै अर्थ थिएन।राणा हरुकोपालामा पनि सरकारमाथि कसैले पनि यो भएन त्यो भएन भन्ने अवस्था थिएन । अरिस्टाक्रासि स्वेच्छाचारीतन्त्र र प्लुटाक्रेसी अर्थात् धनीहरूको कुलिन तन्त्रको जगमा अडेको राजतन्त्रको कुनै विकल्प थिएन । यस्तो शासन प्रणाली लाई अनन्त कालसम्म टिक्ने गरी मलजल गर्दै जाँदा पञ्चायती व्यवस्थाको चुरोसम्म उनिहरुको राज्यसत्तामा मनपरी गर्नेहरूको तन्त्रनै खडा गरिएको थियो।यस बेला सम्म राजनिति गर्नुको अर्थ राजा र राजतन्त्रको बर्खिलाप गर्नु बुझिन्थ्यो ।
चाकडी वादलाई नै राजभक्ति र राष्ट्रभक्ति भनिन्थ्यो । भ्रष्टाचार नियन्त्रण गर्नेहरूले नै भ्रष्टाचारमा संलग्न रहेको देखिन्थ्यो । गरिबी निवारणको ‘हात्ती आयो फुस्स’ हुने आयोजनाहरुबाट देशलाई माथि उठाउनु कठिन थियो । बेथितिवादबाट नेपाल लामो समयसम्म पीडित रह्यो । देशको कर्मचारीतन्त्रको प्रभावमा परेर देशमा सुशासन र विकास सम्बन्धी मुद्दाहरू ओझेलमा पर्दै देशलाई हुकुमितन्त्रमा रूपान्तरित हुन सघायो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास गर्नुपर्ने जरुरी देखिए पनि इच्छाशक्तिको अभावले गर्दा देशभित्र भाँडभैलो मच्चाउनेहरुको लामबन्दी हुनुमा कुनै बाधा अड्चन देखिएन । राजा र राणाहरू भोगविलास तिर लागे भने मन्त्रीहरु देशको विकासतिर लाग्नु सट्टा आ–आफ्नै समृद्धिको शिखर चढ्न अघि बढें । राज्यकोषबाट बजेट हसुर्नेहरुको दसैँ नै आयो । चाकडी र चाप्लुसी गरेर ठुला–ठुला पदहरू ओगट्नेहरूको योग्यताको कुनै अर्थ रहेन । संघियता र समावेशितालाई फलिफाप हुने न दिने देशहरूको श्रेणीमा शायद नेपाल धेरै नै अगाडि रहेको छ । पुनरुत्थानवादी शक्तिहरू फेरि टाउको उठाउँदै छ । नेपालको जल, जमीन र जङ्गलमा अहिले पनि असल कानूनी राज्यको प्रत्याभूति हुन सकेको छैन । सामाजिक सद्भाव र जातीय पहिचानलाई राष्ट्रको मूलधारसंग जोडिएर अगाडि बढाउने वातावरण बनाउन सकिएको छैन । समय सन्दर्भ र राजनीतिक अवस्थाहरू बदलिँदै जाँदा देशको भु–बनौट र सांस्कृतिक सम्बन्ध तथा आर्थिक राजनीतिक मुद्दाहरू प्रमुखतासाथ उठाउने गरेको पाइन्छ। नेपालको सीमा नाकहरुमा प्रहरी सतर्कता अपेक्षाकृत रुपमा बढेको छ तर चुनौती पनि बढेको छ। सीमा विवादहरू हरू लगताररूपमा लम्बिदै छ । कालापानीमा उठेका विवादहरू मिल्न सकेको छैनन् । नेपालको संसदमा कालापानी नेपालको हो भनेर घोषणा गर्दा पनि भारतले न सुने झैं गरेको गर्दै छ । नेपालको राजनीतिक वृत्तमा छाएको अन्यौलता र निराशाले संवाद हीनता को अवस्था सृजना भै रहेको छ ।
नेपालमा अस्थिरता कायम गराएर देशलाई आफ्नो पकडमा राख्नका लागि अहिले अनेकौं शक्तिकेन्द्रहरू लागि परेका छन् । देशभित्र र वाहिरका नेपाल विरोधी शक्ति केन्द्रहरुले पर्दा पिछाडीबाट देशलाई तहसनहस गराउने । राजनीतिक गोटीहरू खेल्दै छन । राजनीतिबाट शालिनता शिष्टाचार र सादगी हराउँदै छ । यसको जिम्मेवार को हो भन्ने कुरा माथि बहस चलाउनु जरुरी छ ?। देश को कामकाजलाई राजपाट जस्तो चलाउनु समय सुहाउँदो होइन । राजनैतिक प्रणाली कुनै राजनीतिक दलको बस्ने र सुत्ने खाट होइन कि जसले जहाँ पायो त्यहाँ लगेर सार्न सकोस् । नेपालका मित्र राष्ट्र भनिएका घनिष्ठ राष्ट्रहरू धेरै कुराहरूमा नेपालभन्दा फरक छैनन् । तरपनि केही यस्ता कुराहरू त्यहाँ पक्कै पनि भेटाउन सकिन्छ कि जसबाट उनीहरुमा रहेको जनताको सार्वभौमिकता को छनक पाउन सकिन्छ । नेपालका अत्यन्त घनिष्ठ र छिमेकी मित्रराष्ट्र भारत आज विश्वको तेस्रो बलियो अर्थ बन्न लागिरहेको छ । लोकतान्त्रिक शक्तिहरूलाई रूपान्तरण गराउनमा भारतीय राजनीतिक दलहरूको विशिष्ट भूमिका रहँदै आएको छ । आफ्ना विरोधी राजनीतिक शक्तिहरूको विचारहरूलाई पनि आदर गर्नु लोकतन्त्रको मूलभूत विशेषता रहेको छ । यही विशिष्टताको आधारमा लोकतन्त्र कालजयी हुन्छ । भारतको लोकतन्त्रमा पनि अनेकौं किसिमको आरोहअवरोह नभएको होइनन् तरपनि भारत विश्वको महाशक्ति बन्नु कम चुनौतीपूर्ण कार्य पक्कै पनि थिएनन् । आज भारत आर्थिक रूपमा पूर्णरूपमा निर्भरतातर्फ अगाडि बढ्दै छ । आर्थिक महाशक्ति भएर नै भारतलाई अब दुनियाको कुनै पनि शक्तिले दबाबमा राख्न सक्दैन । भारतले आफ्ना सिमानाहरूलाई सुरक्षित बनाउँदै लगि रहेको छ । आतंकवादको विरुद्ध जुनसुकै शक्तिसँग भारत भिर्न तयार रहेको देखिन्छ । हालसालै भारतले पाकिस्तानमा रहेका आतंकवादी अड्डाहरुलाई बम खसालेर ध्वस्त बनाएपछि भारतको नयाँ पहिचान बनेको छ । भारतले विश्वको सबैभन्दा बढी उचाइमा रहेको रेल्वे सेवालाई विस्तार गरेको छ । र कन्याकुमारीदेखि कश्मिरसम्म को भूभागलाई रेलसँग जोडेको छ । यसबाट पर्यटन व्यापार र आन्तरिक आत्मनिर्भरता लाई ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ । यो लोकतन्त्रको सकारात्मक पक्ष हो । आतंकवादलाई देशको धर्तीलाई प्रयोग गर्न नदिने नीतिअनुरूप भारतले ठूलो प्रयास गरिरहेको छ । र यस प्रयासमा विश्वको धेरै देशहरूको समर्थन पनि हासिल गर्दै लगिरहेको छ । भारतमा आतंकवाद ठूलो चुनौतीको रुपमा देखिएको छ । तर पनि भारतीय राजनीतिक दलहरूमा भएको राष्ट्रियताको भावनाले गर्दा भारत एउटा बलियो लोकतन्त्रको धुरी बन्दै गइरहेको छ । पाकिस्तान नेपालका मित्र राष्ट्रको रुपमा भएपनि पाकिस्तान समस्याग्रस्त गरिब र सैनिक शासन भएको मुलुकको रुपमा दुनियाँको अगाडि देखा परेको छ जसले आतंकवादलाई निरन्तर रूपमा सघाई पनि रहेको पाइएको छ । यस्तो अवस्थामा पाकिस्तानमा राजनैतिक अस्थिरता र अशान्ति बढ्दै जानुलाई स्वाभाविक नै मान्नु पर्दछ । बांगलादेश पनि नेपालको व्यापारमा सहभागी भएको मित्रराष्ट्र हो । तर बांगलादेशमा सरकारप्रति बगावत र विद्रोह जन्मिएपछि भएको तख्ता पलटपछि बांगलादेशको अवस्था फेरिएको छ । आतंकवादी संगठनहरूको आडमा त्यहाँका निर्वाचित सरकारलाई अपदस्त पारेर विद्रोही हरुले सरकार बनाउने प्रयास गरिरहँदा पनि बांगलादेशको लोकतन्त्र र अर्थव्यवस्थाबाट नेपालले धेरै फिडब्याक लिन नसक्ने अवस्था प्रष्ट हुँदैछ । सार्क देशहरुमध्ये नेपालको अवस्था लोकतन्त्रप्रति निष्ठा राख्ने देशको रूपमा रहेको छ नेपालले ठूलो मात्रामा वैदेशिक सरसहयोगहरु पनि प्राप्त गर्दै आइरहेको अवस्था छ । नेपालको पूर्वाधारहरू र संरचनाहरू निर्माण गर्नको लागि ठूलो मात्रामा विदेशी दाता राष्ट्रहरुले सहयोग पु¥र्याइरहेको अवस्था छ ।
वैदेशिक सहयोगहरुलाई सही तरिकाहरूबाट प्रयोग गर्न सकियो भने नेपालमा पनि नयाँ नयाँ सम्भावनाहरूको ढोका खुल्न सक्छ । एसियाली राजमार्ग निर्माणको क्रममा अगाडि बढिरहेको छ व्यापार विस्तारको लागि र अन्तर्राष्ट्रिय सम्बन्धहरूको विकास गर्नको लागि एसियाली राजमार्गले ठूलो सहयोग पुर्याउन सकिने अपेक्षा गर्न सकिन्छ विदेशी दाता राष्ट्रहरूको सरसहयोग निरन्तर रूपमा प्राप्त गरिरहन नेपाल सरकारले देशभित्र असल शासनको प्रत्याभूति गराउनुपर्ने हुन्छ । सरकारी कामकाजमा रहेको ढिलासुस्तीलाई अन्त्य गर्नुपर्दछ । देशभित्र आत्मनिर्भरता बढाउने किसिमबाट उत्पादनहरू जारी राख्नुपर्दछ । गाउँदेखि सहरसम्म विकासको मूल फुट्नुपर्दछ । मेरो पार्टी तेरो पार्टी गर्दै सरकार बनाउने र गिराउने प्रयोग गर्दै जाने हो भने देश झन् झन् कमजोर बन्दै जाने र देशको राजनीति माथि देश बाहिरका अन्य शक्तिहरुले प्रभाव बढाउँदै जाने पुरै सम्भावना रहेकोले राजनीतिक वृत्तमा इमान्दारी देखिनु जरुरी छ । आफ्नो निहित स्वार्थको लागि देशलाई बांगलादेश पाकिस्तान र श्रीलंकाको अस्थिरतालाई आधार बनाएर नेपाली राजनीतिलाई नालायक बनाउनु र देखाउनु तथा जनताको मनस्थिति बिगार्नु पक्कै पनि समय सुहाउँदो कार्य होइन ।

Author

You may also like