यतिबेला म एउटा अकल्पनीय समयमा उभिएर बोलिरहेको छु । हुनत समय संधै एउटै हुँदैन, सत्य हो । हिजोको विहान र आजको विहान एउटै पनि होइन, उस्तै पनि होइन, समान पनि होइन । न त भोलिको विहान आजको जस्तै, उस्तै र एउटै हुनेछ ।
यो समयको चरित्रको परिवर्तनबाट हामी संधै अन्तरघुलित त छौं नै । तर त्यो परिवर्तन् अति नै शुक्ष्म र सम्य हुन्छ । एउटा कवि वा कलाकारले मात्रै अनुभूत गर्न सक्छ । तर यहाँ त हरेक मान्छेले अनुभूत मात्रै होइन प्रत्यक्ष देखिने गरी भएको परिवर्तन समयको परिवर्तन, प्राकृतिक परिवर्तन हुँदै होइन । यो कृतिम, मान्छेले खडा गरेको परिवर्तन हो । त्यो कुरूप, घीनलाग्दो, तुच्छ र सस्तो हुँन्छ ।
आज यही समयको यो अप्राकृतिक रेखामा उभिएर यो बोल्न बाभ्य भएको छु ।
जब मैले हिजोको ‘द इकोनोमिक टाइम’ पत्रिका हेरें र आप्mनो देशको अरू देशहरूको सूचिमा टाँगिएको देखें, निकै खटपट भयो । तिनीहरूको लयमा मेरो देश पनि गीत गाइरहेको थियो । त्यो गीतमा सुर थिएन, ताल थिएन, मर्म थिएन । त्यो सिर्पm तानाशाहाहरूको ‘आजीवन’ सत्तामा बस्ने गीत थियो । त्यो गीतको ‘कोरस’ मा हाम्रा शासकहरू पनि सामेल थिए । किनभने तिनलाई जनताको अभिमत राम्रो लाग्दैन । जनताको आवाज कुरूप र कर्कश लाग्छ । जानताको एकता र अभिव्यक्ति ‘जनबिरोधी’ लाग्छ । ‘परिवर्तन बिरोधी’ लाग्छ । पश्चगामी लाग्छ । बिकास बिरोधी लाग्छ । संबिधान बिरोधी लाग्छ । आप्mना नेतालाई ‘देवत्वकरण’ नगरेको लाग्छ । आप्mना नेतालाई ‘दानवीकरण’ गरेको जस्तो लाग्छ । त्यही भएर त उनीहरू सामाजिक सञ्जालसंग डराउँछन् । आत्तिन्छन् । आक्रोश पोख्छन् । गाली गर्छन् । साइवर सेना बनाउँछन् । स्याल बनाउँछन् । दस्ता बनाउँछन् । र पनि चित्त बुभ्mदैन । अनि ती सबै सञ्जालहरूको सामूल नष्ट गर्न उद्दत रहन्छन् ।
यस्तै बुद्धि र चिन्तन भएकाहरूको भीडमा हाम्रा शासकहरू पनि उभिन पुगे यसबेला । यिनको जनताको आवाजसंग डराउने त्राशको ‘मनोरोग’ को कुनै उपचार पनि छैन । किनभने त्यो चिन्तन् पत्थरले बनेको हुन्छ, अनि कुकुरमा लगाएर जति सिटी लगाएपनि केही हुँदैन । चलमलाउँदैन । डगमगाउँदैन । गल्दैन । लुलो हुँदैन । नम्र हुादैन । सभ्य र शालिन पनि हुँदैन ।
हाम्रा शासकहरू को को संग उभिन पुगे त अहिले ? कारण के हो त्यसरी उभिनु पर्ने ? अर्थात ती जे कारणले उभिए, अर्थात् समाजिक सञ्जालको हत्या गरे, हाम्रालाई त्यही भएको होइन भन्ने कुन आधार छ ?
धेरै देशहरूले सामाजिक सञ्जालमा कडा नियमहरू लागू गरेका छन् । सामग्री नियन्त्रण गर्न, पहुँच सीमित गर्न, वा अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाउन । यस्ता प्रतिबन्धहरूले प्रायः ती देशहरूको राजनीतिक वा सांस्कृतिक एजेन्डा झल्काउँछन् ।
यहाँ सामाजिक सञ्जालमा उल्लेखनीय प्रतिबन्ध लगाउने १० देशहरूको अनुहारसंग हाम्रो अनुहार र चरित्र किन मिल्न पुग्यो ?
हालै ब्राजिलले सामाजिक सञ्जाल प्लेटफम (पूर्व ट्विटर) मा अस्थायी प्रतिबन्ध लगाएको छ, देशको गलत सूचना विरोधी कानुनको पालना नगरेको भन्दै ।
त्यहाँको सरकारले चुनाव र सार्वजनिक स्वास्थ्यसम्बन्धी गलत सूचना फैलाउने सामग्रीको निगरानी नगर्ने प्लेटफर्महरू विरुद्ध कडा कदम चालेको छ ।
यो प्रतिबन्ध, गलत सूचना नियन्त्रण गर्ने तथा पारदर्शिता कायम गर्ने उद्देश्यसहित सामाजिक सञ्जाल नियमन गर्ने ब्राजिलको ठूलो पहलको हिस्सा हो ।
यदि कम्पनीहरूले स्थानीय कानुनको पालना गरेनन् भने थप प्रतिबन्ध, जरिवाना, वा कानुनी कारबाही हुन सक्छ भनेको छ ।
त्यस्तै चीनमा सामाजिक सञ्जालमा अत्यन्त कडा नियन्त्रण छ । फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता प्लेटफर्महरू प्रतिबन्धित छन् । देशभित्र प्रयोग हुने वी च्याट, भिवो जस्ता एपहरू पनि सरकारद्वारा निगरानी र सेन्सर गरिन्छन् ।
त्यहाँ ‘ग्रेट फायरवाल’ प्रणालीले सामग्री फिल्टर गर्छ, र सरकारविरुद्ध वा झूटो सूचना फैलाएको आरोपमा प्रयोगकर्तालाई सजाय दिन्छ ।
धेरै प्रयोगकर्ताले भीपीएन प्रयोग गरी प्रतिबन्धित प्लेटफर्महरू पहुँच गर्छन्, तर अनुमति बिना भीपीएन प्रयोग गर्नु गैरकानुनी हो ।
उत्तर कोरियामा पनि यहाँ सामाजिक सञ्जाल र इन्टरनेटमा लगभग पूर्ण प्रतिबन्ध छ । केवल विशेष व्यक्तिहरूलाई मात्र इन्टरनेट प्रयोगको अनुमति छ ।
सामाजिक सञ्जाल पूर्ण रूपमा निषेध गरिएको छ, र स्वीकृति बिना प्रयोग गरेमा गम्भीर सजाय दिइन्छ ।
देशभित्र ‘क्वाङम्योङ’ नामक इन्टूानेट प्रणाली प्रयोगमा छ, जुन निकै सीमित र निगरानीमा आधारित छ ।
त्यस्तै इरानले फेसबुक, ट्विटर, युट्युबजस्ता धेरै सामाजिक सञ्जालमा पहुँच प्रतिबन्धित गरेको छ ।
नैतिकता र राष्टिूय सुरक्षाको नाममा सामाजिक सञ्जाल निगरानीमा राखिन्छ, र सरकारविरोधी वा अनैतिक सामग्री पोस्ट गर्नेहरूलाई गिरफ्तार गरिन्छ ।
धेरै इरानीहरूले भीपीएन प्रयोग गर्छन्, तर त्यसको प्रयोगमा पनि कानुनी जोखिम रहन्छ ।
साउदी अरेबिया सरकारले पनि सामाजिक सञ्जाल कडाइका साथ नियमन गर्छ । शाही परिवार, सरकार नीतिको आलोचना गर्ने, वा इस्लामिक मूल्यविपरीत सूचना फैलाउनेहरूलाई गिरफ्तार गरिन्छ ।
सामाजिक सञ्जाल प्रयोग गर्न पाइन्छ, तर सामग्री गहिरो निगरानीमा हुन्छ ।
‘साइबर अपराध’ ऐन अन्तर्गत, सार्वजनिक शान्ति वा धार्मिक मूल्यमा आघात पु¥याउने सामग्रीमा कडा सजाय(जस्तै जेल वा जरिवाना(दिइन्छ ।
टर्कीमा हालका वर्षहरूमा सामाजिक सञ्जालमा सेन्सरशिप बढेको छ । राजनीतिक अशान्तिको बेलामा ट्विटर, फेसबुक, युट्युबजस्ता प्लेटफर्महरू ब्लक वा स्लो गरिन्छन् ।
नयाँ कानुनअनुसार, सबै प्लेटफर्मले स्थानीय प्रतिनिधि नियुक्त गर्नुपर्ने र प्रयोगकर्ता डाटा देशभित्रै भण्डारण गर्नुपर्नेछ ।
सरकारले विरोधीहरू पहिचान गर्न, सामग्री हटाउन, र कानून उल्लङ्घन गर्नेमा कारबाही गर्न यी नियम प्रयोग गर्छ ।
रूसमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कडा कानुन छन् । प्लेटफर्महरूले प्रयोगकर्ता डाटा देशभित्र राख्नुपर्ने, र सरकारले ‘अवैध’ ठानेको सामग्री हटाउनुपर्ने हुन्छ ।
‘सार्वभौमिक इन्टरनेट ऐन’ ले सरकारलाई इन्टरनेट टूाफिक नियन्त्रण गर्न, र राष्टिूय सुरक्षामा खतरा देखिएमा अन्तर्राष्टिूय नेटवर्कबाट देशलाई अलग गर्न अनुमति दिन्छ ।
संयुक्त अरब इमिरेट्समा पनि सामाजिक सञ्जालमा सरकार, इस्लामिक मूल्य, वा अफवाह फैलाउने सामग्रीमा कडा साइबर अपराध ऐन लागू हुन्छ । ह्वाट्स एप, इस्काइप, फेस टाइम जस्ता एपहरू आंशिक रूपमा प्रतिबन्धित छन् ।
कानुन उल्लङ्घन गरेमा जरिवाना, जेल, वा विदेशी नागरिकका हकमा देश निकाला हुन सक्छ ।
इजिप्टमा राजनीतिक अशान्तिपछि, इजिप्टले सामाजिक सञ्जालमा निगरानी र नियन्त्रण कडा बनाएको छ ।
‘झूटो समाचार फैलाउने’, प्रदर्शनको उक्साहट दिने, वा राष्टूपतिलाई गाली गर्ने कार्यमा पक्राउ पर्न सक्छ ।
५,००० भन्दा बढी फलोअर्स भएका प्रयोगकर्ताले सञ्चार निकायमा दर्ता हुनुपर्छ ।
भियतनाममा सरकारविरुद्धको सामग्रीमा सामाजिक सञ्जाल कडाइका साथ सेन्सर गरिन्छ ।
‘साइबर सुरक्षा ऐन’ अनुसार, प्लेटफर्मले प्रयोगकर्ता डाटा देशमै राख्नुपर्ने र सरकारलाई आवश्यक परेमा डाटा दिनुपर्नेछ ।
सरकारविरोधी सामग्री पोस्ट गर्ने व्यक्तिहरू जेल जान सक्छन्, र नियमित रूपमा सामाजिक सञ्जाल प्रयोगकर्ता निगरानीमा राखिन्छन् ।
यी सबै उदारणहरू हेर्दा केही निश्कर्ष अवश्य निस्क्न्छिन् । निरंकुश राज्यसत्ता भएकाहरूले मात्रै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँछन् । यो सूचिमा भारत, अमेरिका तथा युरोपेली देशहरू किन परेनन् ? यसको कारण यही हो । तानाशाहहरू जनताका आवाज सुन्न मन पराउँदैनन् । ती आवाज कर्कश लाग्छन् । ती आवाज कुटिल लाग्छन् । ती आवाज कुरूप लाग्छन् । ती आवाज राज्यसत्ता ढाल्ने लाग्छन् । ती आवाज बिकास बिरोधी लाग्छन् । ती आवाजले तिनलाई झस्काइरहन्छन् सपनामा पनि । ती जनता संगठीत भएको हेर्न पनि चाहँदैनन् । जनताको एकता सरकार र सत्ता बिरोधी मात्रै लाग्छ । जनताले बोलेको प्रत्येक कुरामा तिनको ‘सातो’ जान्छ । त्यही भएर ती साजिक सञ्जालमाथि, सञ्चारमाथि कुदृष्टि राख्छन् । तिनलाई यो ‘घाँडो’ लाग्छ । यतिबेला शेखर कोइराला पनि हराएका छन् ।

Author

You may also like