यतिबेला म फ्रेडरिक नित्सेको ‘विल टु पावर’ अर्थात् ‘शक्ति इच्छा’ पढिरहेको छु । इच्छा पनि मरिरहेको बेला यो पढिरहेको छु । शक्ति पनि उल्टो दिशमा कुदिरहेको बेला यो पढिरहको छु । केजातिका काम छोडि के भने जस्तो नित्सेको कुरा सुनेर एकाइसौं शताब्दी चल्छ ? भनेर प्रश्न आउला । तर यो एकायसौं शताब्दी चलाउनैका लागि आज नित्से चाहियो । यो शताब्दी बाँचनकै लागि नित्से चाहियो । यो शताब्दी हाँस्नकै लागि नित्से चाहियो ।
आखिरि के छ त यो पुस्तकमा ?
खासमा यो पुस्तक पनि के भन्नु ?नित्सेको जीवनकालमा नछापिएका नोटहरूको मराणोपरान्त संकलन हो । उनकी बहिनी एलिजावेथ फोस्र्टर नित्सेले सम्पादन गरेकी हुन् ।
यो प्रकासनले युरोपमा निकै तहल्का मच्चायो । निकै चर्चा भयो । आलोचना भयो । किनभने यसको मूल सिद्धान्त भनेको ‘शक्ति इच्छा’ हो । जीवन र जगतको अस्थित्वको मूल तत्व भनेको शक्ति यच्छा हो । डार्विनको ‘बाँच्ने इच्छा’ भन्दा गहिरो । उपयोगवादीहरूको ‘सुखको खोजी’ भन्दा गहिरो । यो ब्रम्हाण्डमा भएका सबै जैविक, मानसिक, ब्रम्हाण्डीय बस्तुहरू खासमा विस्तार, प्रभुत्व, आत्म बिजय, र अधिपत्य खोज्ने शक्तिमा झर्छन् । अनि ती गतिशील भएर बस्छन् । भनेपछि मानछेले गर्ने हरेक कर्म मानसिक वा भौतिक रूपमा ‘डन’ बन्नकै लागि रहेछ । त्यो बाहेक तिनको अर्को कुनै अभिष्ट हुँदैन ।
त्यो कथित डन आत्म विबजमा रूमल्लिरहेको हुन्छ । ऊ आँपूmले जितेर पनि हारेको थाहा पाउन असफल हुन्छ । ऊ आँपूmले हारेर पनि जितेको अनुभूत गर्न असफल हुन्छ । उसका सबै सबै इन्द्रियहरू सबै सबै अधिपत्य खोज्न तल्लीन हुन्छन् जसले गर्दा उसले केही पनि ठीक वा बेठीक भनेर छुट्याउन असफल हुन्छ । ऊ मूलतः शून्यतामा झर्छ ।
वाउ, कस्तो खतरनाक तर्क ?
कतिपय बुज्रुकहरू राजनैतिक शैतानले भेदेर यस्तो कुतर्क पनि गर्छन् र नास्तिकता पैmलाउँछन् ‘नित्सेले ईश्वर मरेको घोषणा गरेका थिए’ भनेर ।तिनीहरूप्रति दया लाग्छ । खासमा एनथोनी एम लुडोभिसिले सन् १९१४ मा टि एल फोलिस लण्डनले प्रकाशित गरेको नित्सेको यो किताबको पेज नं ६३ मा छ (पढेर मात्रै बोल्ने हो भने), उनले ईश्वरको मृत्युलाई उत्सव होइन, सांस्कृतिक र अध्यात्मिक बिनास भने । उनले भनेका थिए, ईश्वर मरे, सत्य हो । तर यसले मान्छेलाई ज्ञान र विवेकले जग्मगाउनु पथ्र्यो, बढी सिर्जनशील बनाउनु पथ्र्यो, आपैंmसंग आपैmलाई जिम्मेवार बनाउनु पथ्र्यो । मानवताको बाटो खोज्नु पथ्र्यो मान्छे र धरतीमा, आप्mनै शक्तिमा । युगौं बितिसक्यो, दुर्भाग्य, मान्छेले यो धरतीमा आप्mनो काममा पूरै लापरबाही गरेको छ ।
यो धारणा नित्सेको नास्तीकता होइन, परम सत्ताको दुरूपयोग गर्नेहरूलाई झारो हो । जब ईश्वर र परम सत्ता हराउँछ, तब मान्छेमा नैतिक मूल्य सकिन्छन् र समाज ‘निहिलिज्म’ अर्थात शूनयवादमा पुग्छ । त्यो शून्यवाद भनेको जीवनमा कुनै उद्देश्य नहुनु हो, अर्थ नहुनु हो, मूल्य र मान्यता नहुनू हो । यो शून्यतालाई नित्सेले दुई भागमा बाँडेका छन् । एउटा निष्क्रिय शून्यता जहाँ परजय र निराशा मात्रै पस्किन्छ मान्छे । अर्को सक्रिय शून्यवाद जहाँ भएभरका स्थापित मूल्य र मान्यताहरू भतकाउँछ र अर्को सिर्जना गर्न खोज्छ मान्छे । तर ऊ सफल हुँदैन । सफल भयो भने त्यो शून्यवाद रहँदैन । अनि त उनले सबै मूल्यहरूको पुनर्मूल्यांकन गर्न खोज्छन्, र ईशाइहरूको नैतिकता गिर्नु, उनीहरूमा दोषबोध हुनु र अरूप्रति दुरभाव राखेको देख्छन उनी । उनले ‘प्रभू नैतिकता’ (मासटर मोरालिटि) को वकालत गर्छन् जसले आतमसमर्थन, गौरवपन र सृजनशीलतालाई पृष्टपोषण गर्छ जुन कुरा दास नैतिकता (स्लेभ मोरालिटि) मा छैन । दास नैतिकतामा त सिर्पm विनम्रता छ, आज्ञापालनता छ, सहनशीलता छ । ती दास ह्यामिलिनका मुसा हुन् । पाइपरले मसक बजाउने बिक्तिकै मरिन्छ बाँचिन्छको, ठीक बेठीकको, सत्य असत्यको, नैतिक अनैतिकताको, धर्म र पापको केही पनि ख्याल नगरी तिनका पछि लठ्ठ भएर लाग्ने मुसाहरू । अंत्यमा पाइपरले खोला तर्दा सबै दासहरू (मुसा) खोलामा पसेर मर्छन् ।
यो ज्ञानको बाटोले मात्र मान्छेलाई कुकर्मबाट जोगाउन सक्छ भन्ने विश्वास थियो नित्सेको । अर्थ सिर्जना गर्न सक्ने मान्छे मात्र दास होइन, सर्जक हो । र उसले अस्थित्वको अवस्था र पीडालाई हाँसी हाँसी अँगाल्छ । शास्वत पुनराबृत्ति पनि स्वीकार गर्छ ।
त्यो मान्छे मात्र ‘महामानव’ हो । हामी यहाँ कसता मानछेलाई महामानव भनिरहेका छौं ? कस्ता मान्छेलाई देवत्वकरण गरिरहेका छौं ? कसता मान्छेलाई काँधमा बोकेर हिंडिरहेका छौं ? कस्ता मान्छेलाई ‘आइ लभ यू’ भनिरहेका छौं ? कस्ता मान्छेको अगाडि र पछाडि हिंडमा र उनीहरूसंगको फोटो खिच्नमा गौरव गरिरहेका छौं ?
नित्सेले ईश्वर मरे भनेको त मान्छे अशल भएर जन्मिसके, ईश्वरलाई जे कामका लागि मान्छेले माने, त्यो काम अब महामानवले गर्न सक्छन् भनेर पो भनेका थिए त ! मान्छेमा असीमित क्षमता र शक्ति छ र उसले त्यसलाई सिर्जनात्मक काममा लगायो भने यो धरती आदर्शनगर बन्छ पो भनेका त ! धन्धुकारीहरूले आप्mनो शक्ति र चेतनालाई ध्वंस गर्छन्, आतंक मच्चाउँछन्, भ्रष्टाचार गर्छन्, सत्ता र शक्तिको लागि जे गर्न पनि पछि हट्दैनन्, तिनमा मानवीयता शून्य हुन्छ, ती भावबिहीन निर्जिव बस्तु बन्छन्, तिनको पेटमा कुनै दया र धर्म हुँदैन, तिनलाई नराम्रो भाषा मात्रै मन पर्छ, तिनलाईै सुल्टो उल्टो जस्तो लाग्छ, उल्टो सुल्टो जस्तो लाग्छ । त्यही भएर त्यस्ता ‘कलंकीतहरूलाई’ रोकेर तिनलाई ‘महामानव’ बनाउने उद्देश्यले नित्सेले ईश्वर मरे भनेका थिए । अब नित्सेको महामानव कतै नजन्मिएपछि, कतै नभेटाइएपछि त चुच्चे ढुंगो उही टुंगो त होला नि ! अनि त्यो महामानवको खोजी गर्दा पनि नभेटाएपछि पुनः ईश्वरलाई गुहार्नु कुन नौलो भयो र ? आज संसारभर आधाभन्दा धेरै मान्छे ईश्वरमा विश्वास राख्छन्, किनभने तिनमा महामानवको खोजी हुन्छ । हाम्रा कुपात्रहरूलाई जयजयकार गर्न नित्सेको एउटा वाक्यको पनि एउटा सानो क्लजलाई घोकेर उल्टो बुभ्mने र बुझाउनेहरूको बिगबिगी भएको यो कालो समयमा मैले यो लेख लेखेर तिनको अनुहार झन् कालो पो बनाएँ कि !
सरी ! दमक, झापा