देश–समाज विचार/वहस शिक्षा स्थानीय

होमियोप्याथिक र मानव अधिकारको क्षेत्रमा स्थापित नाम : डा. कमलप्रसाद (केपी) सुवेदी

डा. कमलप्रसाद (केपी) सुवेदी, होमियोप्याथिक चिकित्साको क्षेत्रमा स्थापित नाम हो । दमकलाई कर्मथलो बनाई होमियोप्याथिक पद्दतीबाट सेवा दिन थालेको चार दशक बढी समय बितेको छ । यो अवधीमा हजारौंको उपचार मात्र गरेनन्, ठूला अस्पतालले समेत बिदा दिएका बिमारीले उनीबाट जीवन पाएको उदाहरण पनि पाईन्छ । होमियोप्याथिक पद्दति यस्तो हो, औषधिकै माध्यमबाट पुराना भन्दा पुराना रोगहरुको पनि सफल उपचार हुने गर्दछ ।
डा.सुवेदीको अर्को क्षेत्र भनेको मानव अधिकारको हो । उनी दमक शाखाका विभिन्न पदमा रही काम गर्दा गर्दै केन्द्रीय सदस्य र हाल केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेका छन् ।
मुख्यत ः होमियोप्याथिक चिकित्सा र मानव अधिकारको क्षेत्रमा रहेर जीवन यात्रा चलाईरहँदाको विगत बारे यसरी जानकारी गराउँछन । पिता डिल्लीराम र माता सरस्वतीका ७ सन्तान मध्येका माइला सन्तान हुन् डा. केपी ।
तत्कालिन दुर्गम जिल्ला संखुवासभामा २०२१ मंसिर ८ गते जन्मिएका डा. सुवेदीको बाल्यवस्था र शिक्षा भने झापाको दमकमै भएको थियो । सिंहदेवी मावि हुँदै हिमावीबाट एसएलसी दिएपछि उच्च शिक्षा अध्ययनको थालनी गरेका हुन् । डा. सुवेदीले संस्थागत रुपमा २०४३ सालदेखि होमियोप्याथिक क्षेत्रबाट सेवा दिन थालेका हुन । म्।ज्।ः।क्। साइन्स पास गरेपछि बाबा भिम रावल अम्वेदकर युनिभरसिटी मुजफ्फरपुर भारतबाट म्।ज्।ः।क्। (अनर्स), द्य।ज्।ः।क्। (ग्रेडेट) र ः।म्। ९ए।न्।० को अध्ययन पुरा गरेर दमकमै जनसेवा नामक होमियोप्याथिक क्लिनिकबाट निरन्तर सेवा दिइरहेका डा. केपीले पेटसम्बन्धी, महिला सम्बन्धी, श्वासप्रश्वास सम्बन्धी, नसा सम्बन्धि, छाला सम्बन्धी, पिसाब सम्बन्धी अनेकौ रोगहरु निर्मुल मात्र पारेका छैनन, जन्डीस, हेपाटाइटिस, हर्सा, बाथ, कठिया, प्रेसर, कानपाकेको, पायोरिया, बाँझोपन, प्यारालाइसिस, पायल्स, पत्थरी, बच्चाको हर्निया, मुसा, खिल, डण्डीफोर, केश झर्ने, मोतिविन्दु, चिनीरोग, टाउँको दुख्नेलगायतका दर्जनौं रोगहरुको सफल उपचार होमियोप्याथिकको माध्यमबाट निर्मुल गराएका छन् ।
कुुनै पनि व्यक्तिको व्यक्तित्व उसको जीवन–यात्रा, अध्ययन–साधना र कर्मका विविधतामा बनेको हुुन्छ । आफ्नो जीवनकाल (बाल्य, यौवन, वृद्ध) मा खेलेको भूूमिका, दिएको योगदान र पुु¥याएको सहयोगका आधारमा व्यक्तित्व पहिचान हुुन्छ । यस अर्थमा डा. केपी सुवेदीलाई लिने गरिन्छ ।
सन् १९९९ फेबू्रअरी १४ मा काठमाडौंको होटल अन्नपूर्णमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइाला र स्वास्थ्यमनत्री प्रदिप नेपाल र भारतका सेन्टर काउन्लिका तत्कालिन प्रेसिडेन्ट डा. एस.बी.एस. बक्सीको उपस्थितिमा विशेष कार्यक्रममा डा. सुवेदीको विशेष भूमिका रहेको थियो ।
सन् २०१३ मा दिल्लीमा आयोजित इन्डो जापान सम्मेलनमा पनि उपस्थितिसहित विशेष भूमिका डा. सुवेदीको रहेको थियो । भर्खरै मात्र डा. सुवेदी अन्तर्राष्ट्रिय स्तरबाट सम्मानित समेत भएका छन् । उनले भारतको पटनामा आयोजित विश्व होमियोप्याथिक वैज्ञानिक सम्मेलनले ंविश्व सामुदायिक सेवा पदक २०२५ बाट सम्मानित गरेको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागितासँगै देशभित्र होमिपेथिक मेडिकललाई व्यवस्थित गर्दै लैजान पदीय जिम्मेवारीमा समेत बसेर काम गरिसकेका छन् ।
च्क्ष्क्म्त्ज् ले आयोजना गर्ने सम्मेलनहरुमा हरेक वर्ष अर्थात ६ वर्ष सहभागी भएका छन । भारतको पटनामा प्रजेनटेसन नेपालको तर्फबाट गरेको एसियन होमियोप्याथिक मडिकल लिगमा वोनाझाइडको सन् २०१९ मा सदस्य भएका डा. केपी अखिल नेपाल होमियोप्याथिक एसोसिएसनको २०७४ चैत्र २८ गते नवौं राष्टिूय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए । नेपालमा २०१० सालमा स्थापना भएको पशुपति होमियो अस्पतालमा मात्र सीमिति रहेको अवस्थामा अध्यक्षको हैसियतबाट कोशी (तत्कालिन १ नं.) प्रदेश मा मन्त्रीपरिषद्बाट निर्णय गराई होमियोप्याथिक सेवा विकास तथा बिस्तार दल २०७६ मा स्थापना भएको थियो । ५ वटा चिकित्सक र सहायक चिकित्सकको दरबन्दी सृजना गराई क्रमशः मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बनी प्रदेशमा कोशीकै आधारमा दरबन्दी कायम गराएका थिए ।
त्यसो त अझै होमियोप्याथिक क्षेत्रमा धेरै काम गर्न बाँकी नै रहेको भन्दै कामको फेहरिस्ता सुनाउँछन् जुन काम सरकारको पक्षबाट सहयोग नहुँदा हुनसक्ने अवस्था देखिँदैन । यस क्षेत्रलाई व्यवस्थित, जिम्मेवार बनाउँदै संरक्षण र सम्बद्र्धनका लागि छुट्ट काउन्सिलको व्यवस्था हुनुपर्ने उनको तर्क छ । हरेक प्रदेशमा रेफरल सेन्टरसहितको प्रादेशिक अस्पताल र मेडिकल कलेजको स्थापना गर्न सरकारसँग आग्रह समेत गर्छन । हरेक जिल्लामा आफ्नो पहिचानसहित १ चिकित्सक, १ सहायक र १ सहयोगको सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको पनि औल्याएका छन् । उनले नेपालमा जडिबुटीहरु प्रशस्त भएको हुनाले एउटा औषधी उत्पादन गर्ने कम्पनीको आवश्यकता रहेको औंल्याएका छन् । तत्काल बाहिरबाट आउने औषधीहरुमा सरलिकरण गरी प्रदेश प्रदेशमा गुणस्तर भएको विदेशी कम्पनीहरुलाई मापदण्ड पुरा गरी दर्ता गराई प्रादेशिक डिष्टिूब्युटरको व्यवस्था गर्नुपर्ने, भन्सारमा एलोपेथिक सरह आयात हुने सामानमा भन्सार दर राखिएको यसको मर्म र भावना अुनसार लाग्ने करमा भन्सार कम गर्नुपर्ने र सरलीकरण गरिनुपर्ने माग पनि गरेका छन् ।
विभिन्न कालखण्डमा होमियोप्याथिक क्षेत्रबाट विभिन्न प्रकोपको बेलामा निःशुल्क औषधि वितरण समेत गर्दै आउँदा स्थानीय देखि राष्ट्रिय स्तरमा मन्त्रीको टिममा समेत बसेर काम गरिसकेका छन् ।
यसैगरी होमिपेथिक क्षेत्र हुँदै मानवधिकारको क्षेत्रबाट पनि यसको संरक्षण र सम्बद्र्धन सहित आम मानिसलाई जनचेतना फैलाउने काम पनि गरेका छन् । द्वन्द्वका बेलामा मानव अधिकारको क्षेत्रमा निकै राज्य पक्ष र माओवादी पक्षबीच मानविय हित र रक्षाका निम्ति महत्वपूर्ण भूमिका समेत निर्वाह गरेका छन् । देशमा घटेका विभिन्न भ्रष्टाचार तथा अनियमितता र कमिशनका काण्डहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछन् ।– प्रस्तुति ः खगेन्द्र कार्की

Author

You may also like