पारिवारिक यात्रा आपैंmमा पवित्र र आयामिक त हुन्छ नै, त्यसमा पनि त्यो तिर्थको यात्रा हो भने त झनै चिरस्थाइ र अनन्त हुँदो रहेछ । अबिस्मरणीय हुँदो रहेछ ।
यसपाली हामी तिरुपति, दिल्ली र बृन्दाबनको यात्रामा निस्कियौं । छोरी ज्वाईंका साथमा दुबै परिवारको यात्रा थियो त्यो । नौ जना सदस्यहरुको यात्रा भारतको जलपाईगुडीबाट रेलमा सुरुभयो । जानु थियो दिल्ली । र त्यसपछि तिरुपति र बृन्दाबन । २०८२ साल बैसाखको तातो घाम । तर राजधानी एक्सप्रेसको स्लीपरमा जाने भएकाले वातानुकूलित थियो कोठा ।
जब हामी रेलमा चढेर यात्रा सुरु ग¥यौं, पश्चिम बंगाल हुँदै बिहार, उत्तर प्रदेश, दिल्लीको यात्रा थियो । यो यात्रा रातको समय बाहेक समग्र समय समय हेर्नु थियो मैले । समयका रंग हेर्नु थियो मैले । परिवेश पढ्नु थियो मैले । र सबैभन्दा महत्वपूर्ण कुरा त्यो ठाउँ पढ्नु थियो, खासमा ‘बिहारी लोकतन्त्र’ पढ्नु थियो मैले । यो शब्दावली किन निकालेको यात्रामा पनि भन्ने प्रश्न उब्जिन सक्छ ।
कारण बिना घटना र प्रबृत्ति हुँदैन ।
कारण बिना काम पनि गरिँदैन ।
कारण छ । छन् । हुने छन् ।
यति धेरै लामो यात्रामा मैले सिर्पm पढ्न चाहें । र पढ्न थालें ।
रेलहरु लिखमा व्यस्थित कुदेका देखेर आपैmलाई संझें । गाडीहरु व्यस्थित कुदेको देखेर आपैmलाई पढें । कसरी मेरो गाडीमा आएर ठक्कर दिने मोटरसाइकललाई मैले नै बनाइदिनु परेको थियो ? आप्mनो अराजतासंग अरु कसैको सुव्यवस्थासंग तुलना गर्नु परेको छ ? यो भन्दा दुखको बिषय अरु के हुन्छ ?
रेलको एउटा लाइनमा कयौं रेल कुदिरहेका थिए, अनि त्यही रेल लाइनको छेवैमा अर्को रेल लाइन बनाइरहेका थिए मान्छे । लिख बिछ्याइरहेका थिए । अनि माल बाहकको अर्को लिख । त्यस्तो प्रचण्ड गर्मीमा पनि मान्छेहरु काम गरिरहेका थिए । तिनलाई काम प्यारो लाग्दो हो । तिनलाई देशका निर्माण कार्यमा काम गर्न गर्व पनि लाग्दो हो । ती काम गरेर पनि मुस्कुराइरहेका थिए । हजारौं मजदुर यसरी काममा थिए ।
अनि त्यो निर्माणाधीन नयाँ रेल लाइन बाट उता आँखाले भ्याउञ्जेल कृषि बालीका पाटा । मकै फलिरहेका । धान फलिरहेका । पहेंलपूर । नगदे बाली र सब्जीका फाँटहरु अकल्पनीय देखिन्थे । फलपूmलका फाँटहरु अनन्त देखिन्थे ।
एक बिहानै किसानहरुको मेला देखिन्थ्यो खेतमा । मकैका ढोड कन्यू लगाएर राखेका । मकै छोडाउने मेसीन कराइरहेको । धानका बोरा चाँङ लगाएर राखेका बाटामा, अनि बारीमा । कतै त्रिपाल फिँजाएर अनाजको रास लगाएको । गाइबस्तुहरु बारीभरि । कस्तो संगम ? उद्योगमा (रेलवे) काम गर्नेहरुका लावालस्कर वर्तिर । अनि कृषिमा काम गर्ने किसानहरुको लावा लस्कर पर्तिर । कति मायाँ गरेका तिनले त्यो माटोलाई ? तिनले कति मायाँ गरेका त्यो हावालाई ? तिनले कति मायाँ गरेका त्यो पानीलाई ? तिनले कति मायाँ गरेका त्यो आकासलाई ?तिनको निर्विकल्प जिन्दगीको बाटो देखेर मलाई रिंगटा लाग्यो । तिनले उत्पालन गरेको अनाज, सब्जी र फलपूmल युएइ, साउदी अरव, कतार, कुवेत, ओमन, बहरिन, मलेसिया, सिंगापुर, इन्डोनेसिया, भियतनाम, बेलायत, जर्मनी, नेदरल्याण्स, इटली, फ्रान्स, अमेपिरका, क्यानाडा, दक्षिण अफ्रिका, नाइजेरिया, इजिप्ट, चीन, जपान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्यूजल्याण्ड जस्ता देशहरुमा निर्यात हुन्छन् ।
वाउ !
विश्वको सबैभन्दा धेरै जनसंख्या (विश्व जनसंख्याको १८ %) भएको मुलुकले अरु २७ वटा मुलुकका जनतालाई पनि पाल्दोरहेछ । किसानहरुका लागि पानीका तलाउहरु बनाइएका थिए । त्यही तलाउबाट मोटरले पानी तानेर सिँचाई गर्दा रहेछन् । खोला छैनन् । तर पानी छ । खोला छैनन्, तर खेती छ । तिनलाई खेती गरेर पैसा कमिन्छ भन्ने कत्रो आत्मविश्वास ? ती निर्विकल्प आप्mनै माटोमा खेल्दारहेछन् । अनि ती माटोको मायाँ गर्नेहरुका लागि राजनीति हुँदोृ रहेछ । ती हरेक किसानका बैंक खाता छन्, अनि सरकारले सिधै तिनका खातामा पैसा हालिदिँदो रहेछ । किसानको उत्पादनलाई राज्यले संरक्षण र सुरक्षा दिएकै कारणले उसको कृषिले विश्मा साम्राज्य खडा गर्दै गएको रहेछ । अनि जो गरिव छन्, तिनलाई रासन कार्ड दिइएको छ । ती गरिव छन् तर माटोको प्रेम गर्छन् । अनि राज्यले पनि तिनलाई सहुलियत दिन्छ ।
कति विभत्स लाग्छ आप्mनै अनुहार हेर्दा ? सडकमा दूध पोख्न बाध्य किसानहरु देखेका यी आँखाले त्यो देख्नु प¥यो । सडकमा सब्जी पोख्न बाध्य किसानका अनुहार हेरको मान्छेले त्यस्तो दृष्य पनि देख्नु प¥यो ।
अर्को अचम्मको र अद्भूत कुरा त के भने एकीकृत बस्ती । हामी एजेपीबाट दिल्ली, दिल्लीबाट तिरुपति, बृन्दाबन जति हिंड्यौ कहिं पनि कृषि क्षेत्रमा मानव बस्ती थिएन । एक ठाउँ झुरुप्प घरहरु छन्, बाँकी सबै खली जग्गा । सबै खेती लगाएका बिसाल पाटाहरु । हावाजाजबाट हेर्दा ग्यलेक्सी जस्तै देखियो तल धरती । झुरुप्प सेता घरहरु, सहर अनि फेरि खाली । अलिक पर पुग्दा फेरि घरहरु, सहर अनि फेरि खाली ।
कसले दियो यिनलाई यो महान ज्ञान ? त्यो सज्ञानताको श्रोत के हो ?
अनि हामीमा त्यो सज्ञानता किन आएन ?
विगतमा कृषिप्रधान देश भनेर नाम लिएकै थियो । त्यो अनुसार काम किन भएन ?
यसको कारण हो बिकृत राजनीति ।
यो समयका आवयवहरु आपूm टिक्ने मात्र सोच्न थाले । यो समय यो देशको हुर्मत लिएर रमाइरहेको छ । जनताको हुर्मत लिएर मुस्कुराइरहेको छ ।
कुनै पनि यस्ता काम छैनन् जसले मान्छेलाई आश्वस्त पारोस । पूmल फुलेको देखोस । इन्देणी लागेको देखोस । उद्योगमा काम गरेर जीवन यापन सहज भएको ठानोस । कृषिमा काम गरेर जीवन उन्नत भएको महसुस र भरोसा गरोस ।
छ त केही ?
बाटा बने, हिंडने मान्छे छैनन् ।
बाटा बने, बाटा लम्पसार सुते, तिनले केही कमाएनन् ।
बाटा बने, मान्छेले बाटाका छेउका घरबार बेचेर बनबास लागिरहेछन् ।
अनि पहिला एक क्रान्तिकारी नेताको कुरा सुनेको थिएँ, ‘हामीले बिहारी लोकतन्त्र खोजेको होइन ।’
क्रान्तिकारी ज्यू, त्यही बिहारी लोकतन्त्र ल्याइदिनुभएको भए यो मुलुक कति माथि उठ्थ्यो ? बौदिक पलायन त रोकिन्थ्यो ।
गफले यतिञ्जेल राज गर्नु भयो ।
अब पनि गर्नुस्, किनभने तपाईहरुले बनाएका, रचना गरेका, तपाईहरुको लागि मरिमेटने मान्छेहरु थुप्रै उत्वादन गर्नुभएको छ ।
डराउनु पर्दैन ।
तपाईहरुलाई कसैले केही पनि गर्न सक्दैन !
यो देशै रहेन भने पनि त्यसबेलाको नेतृत्व तपाईहरुकै हुने छ !
ढुक्क हुनुस् !

Author

You may also like