बैशाख लाग्नै लाग्दा तराइमा निकै गर्मी सुरू भइसकेको छ । सितलमा बस्न मन लाग्छ । त्यसमा पनि आज फुर्सदको दिन परेकाले घरमै केही आराम गर्ने सोच बनाएँ । तर यसै ठाउँमा प्रधानमन्त्रीको भाषण सुन्न महिनौं अघिदेखि मान्छेलाई आव्हान गरेर निकै ठूलो भीड भेला भइरहेको देखेपछि झन् कतै जान मन लागेन । त्यो भीड र भीडले जन्माएको भाष्य यो मुलुकले थेग्न नसक्ने गहृौं भारी लाग्यो । देश एैं एैं गरिहरेको थियो । त्यसको ढाडमाथि भान्छेको भीड चिच्याइरहेको थियो, ‘संबृद्ध देश जिन्दावाद ! सुखी नेपाली जिन्दावाद!’ । ढाडमाथि नृत्य नाचिरहेको थियो । ¥याली गरिरहेको थियो । त्यो त बर्षौं बर्षदेखि चलिरहेको रीत थियो ।
त्यो रीतबाट टाढा रहन प्रयासरत थिएँ ।
‘नयाँ बर्षमा कतै घुम्न जाने होला’, श्रीमतीको फर्माइस आइरहेको थियो ।
‘हुन्छ’, काला अक्षरमा घोत्लिँदै उत्तर दिएँ ।
त्यो घोत्ल्याईंले मलाई नयाँ बर्षको बिम्ब मनभरी आयो । अनि उहिले पढेको पारिजाताको एउटा कवितामा घोत्लिन मन लाग्यो । त्यो कविताको शीर्षक छ ‘नयाँ बर्ष’।
कविता यस्तो छः
नयाँ बर्ष
चैत्रलाई लखेटिरहेको यो बतास
र घस्रदै उकालो चढिरहेको घाम देख्दा
म थाहा पाउँछु यहाँ नयाँ बर्ष आयो ।
जुनेली चरीको आवत जावत
र काईंयाका फुलका कोपिलाहरू देख्दा
म सम्झन्छु नयाँ दिन आयो ।
तर मेरा घरका ध्वाँसे दलिनमा
अल्छी मान्दै पुरानै गुँडमा
बस्न आउने यी कुमालकोटी देख्दा
मन किन पुरानै सपना बटुल्न पुग्छ !
अनि मलाई यी साराका सारा प्रकृतिलाई
रोगन गरिदिउँ जस्तो लाग्छ ।
आज म पारिजातको कवितामा नयाँ बर्ष खोजिरहेको छु । र देखिरहेको छु हाम्रो जस्केलाबाट छिरेको नयाँ बर्ष । प्रकृतिले नयाँ बर्ष भित्र्यायो । बतास चल्न थाल्यो । बिरू वाले पाउला हाल्न थाले । कोपिला लाग्न थाले । अनि बिरूवाले आप्mना पुराना पातहरू मिल्काएर नयाँ पातहरू लाउन थाले । हरियालीले छाउन थाल्यो । कोइलीको भाका पनि फेरियो । क¥याङ्गकुरुङ पनि देखिन थाले । अनि सामाजिक सञ्जालभरी ‘नयाँ बर्षको शुभकामना’ भनेर अनेक लेखेर भर्न थाले ।
तर म मौन छु यसबेला ।
म असौच बारिरहेको छु नयाँ बर्षको यसबेला ।
म हत्याको घोषणा गरिरहेको छु नयाँबर्षको यसबेला ।
म अस्थित्वमाथि प्रश्न गरिरहेको छु नयाँ बर्षको यसबेला ।
अनि प्रश्न गरिरहेको छु यो दुनियाँमाझः ‘किन आउनु नयाँ बर्ष पुरानै कथा र रंग बोकेर ?’
हो, किन आउनु नयाँ बर्ष ?
किन स्वागत गर्नु यसलाई ?
एक मुठी चामलको भात खान, एउटा दुइटा छोराछोरी पढाउन, बाआमाको स्वास्थ्य उपचार गर्न, घरबार धितो राखेर बिदेशिरहेका हाम्रा युवाहरू अब यो बर्ष पनि यसरी नै संधै बिदेशिनु पर्छ भने किन आउनु नयाँ बर्ष ?
अनि त्यसरी बिदेशीएर गएको एउटा जुझारू युवा यो बर्ष पनि बाकसमा पोको परेर आउनु पर्छ भने किन आउनु नयाँ बर्ष ?
किसानले मल महंगोमा कालोबाजारीबाट किनेर सस्तोमा अन्न कालो बजारीलाई नै यो बर्ष पनि बेच्नु पर्छ भने किन आउनु नयाँ बर्ष ?
हातमा कलमा, पिठ्यूँमा किताब र दिमागमा ज्ञान बोकाउनु पर्ने बालबालिकाहरूलाई पार्टीका पर्चा, झण्डा र अर्काप्रतिको नकारात्मक भावको दिमाग बोकाएर जिन्दावाद र मूर्दावादमा युवाहरूलाई प्रयोग यो बर्ष पनि गरिन्छ भने किन आउनु नयाँ बर्ष ? जनताका प्रतिनिधिहरू बोल्ने ठाउँमा जनताका एउटा पनि कुरा नउठाई सिर्पm गाली गलौज, सत्ता र सरापमा, सरकार बनाउने र ढाल्नेमा फेरि पनि आउने समयको प्रयोग हुन्छ भने किन आउनु नयाँ बर्ष ?
समाजलाई भड्काएर जातीय, क्षेत्रीय, लैंगीक, राजनैतिक, भाषिक तवरले एक अर्काप्रतिको सदभाव आउने बर्ष पनि खल्बल्याइन्छ भने किन आउनु नयाँ बर्ष ?
यो माटोको लागि केही गर्न अन्य पेशा छाडेर राजनीतिमा आएका युवाहरूलाई फेरि पनि झुटा मुद्धा लगाउने, फसाउने, दलका अरिङगाल खन्याइदिने र असफल बनाउने प्रमूख भूमिका खेल्ने संस्कार अब पनि जीवित रहन्छ भने किन आउनु नयाँ बर्ष ?
भ्रष्टाचारका माहात्म्य र गाथाहरू यसरी नै बढिरहने, शक्तिको भरमा ‘जे पनि गर्न छुट’ दिने कुख्यात राजनीतिले अब पनि निरन्तरता पाउने हो भने किन आउनु नयाँ बर्ष ?
‘काम परो भाँडो, आफल तेरो ठाँडो’ भने जस्तो पढेलेखेका मानछेहरूलाई पार्टीको ‘झोले’ हुन बाध्य बनाउने, तिनलाई उपयोगको नीति लिने, उपयोगिता सकिने बित्तिकै गाली गर्न थाल्ने ‘दलनीति’ ले अब पनि ‘राज्यनीति’ बनाइरहने हो भने किन आउनु नयाँ बर्ष ?
जिउँदो मान्छेको विचारलाई ‘घाटमा पुगेको’ भनेर प्रचार गर्ने, अनि दुइसय बर्ष पहिले मरेका मान्छेको विचारलाई काँधमा बोकेर जीवनभर हिंडिरहेकाहरुको विचार चाहिं ‘वैज्ञानिक’ हुने कुतर्कको बजार अब पनि नाफामा चलिरहँन्छ भने नयाँ बर्ष किन आउनु ?
महंगीका अनेकौं कथाहरू बोकेर फेरि नयाँ बर्ष किन आउनु ?
वसन्तले पाउला फेरिसक्यो नयाँ बर्षसंगै, तर जन्मेदेखि मरूञ्जेल एउटै पात शरीरमा अड्याएर, त्यसलाई कहिल्यै पनि नझारी, कहिल्यै पनि पाउला नफक्राइ, कहिल्यै पनि मूना ननिकाली, मुलुकलाई ऋणमा डुबाएर मोज गर्नुलाई ‘राजनीति’ बुझेर जीवन ब्यतित गरेकाहरू नै अभैm राज्यसत्तामा रहिरहने हो भने नयाँ बर्ष किन आउनु ?
पैतिस बर्ष एउटै मान्छे, एउटै विचार, एउटै तत्वलाई मात्र ‘सत्य’ मान्ने भीड अभैm जिन्दावाद मूर्दावाद गर्दै आउँछन् भने नयाँ बर्ष किन आउनु ? युवा विद्यार्थीका लागि कुनै कार्यक्रम नल्याउने, तिनलाई विदेशीन बाध्य पार्ने, अनि विद्यार्थीहरूलाई ‘ब्रेनवास’ गरेर खण्डहर बन्दै गरेका विश्वविद्यालयहरूमा दलको राजनीति छिराउने काम अब पनि हुन्छभने नयाँ बर्ष किन आउनु ? अभैm पनि जे सुन्न मन छैन त्यही सुनिरहनु पर्छ भने, जे देख्न मन छैन त्यही देखिरहनु पर्छ भने, जे भन्न मन छैन त्यही भनिरहनुपर्छ भने, जे लेख्न मन छैन त्यही लेखिरहनु पर्छ भने किन आउनु नयाँ बर्ष ?
अब पनि राष्टिूय उत्पादन नहुने, व्यापार घाटा रहिरहने, देशका उद्योगहरू बेचेर खान बन्द नगर्ने, गरिखाने भन्दा ठगेर र चन्दा मागेर खाने पुस्ताको निर्माण गरिरहने यो राजनीतिको पुस्ताले अब पनि बन्द नगर्ने हो भने नयाँ बर्ष किन आउनु ? मानछेका टाउका गनेर, ठूलो भीड देखाएर ‘साँढे हुने’ प्रमाणपत्र अब पनि पाइरहने हो भने किन आउनु नयाँ बर्ष ? राज्य संयन्त्रहरूलाई ‘पकडमा’ राखेर देश अब पनि चल्छ भने किन आउनु नयाँ बर्ष ?
त्यसैले पारिजातले भने जस्तो पुरानो कुविचारले अभैm पनि घर गरिहने होभने किन आउनु नयाँ बर्ष ?
यसबेला म पारिजातलाई पढिरहेको छु । र नयाँबर्षलाई नआउनु भनिरहेको छु ।