काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही पनि कामका लागि खाडी मुलुक जानु नपर्ने बताउनु भएको छ। प्रधानमन्त्री ओलीले विकास निर्माणका कामले तीव्रता पाएको बताउँदै सरकार रोजगारी सिर्जना गर्ने तिर अघि बढेको दाबी गर्नुभयो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीको संघर्ष र रचनामा आधारित गीति भिडियोको प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो अब कामका लागि कोही नेपाली खाडी र वा विदेश जानु पर्दैन ।’ उहाले यूवाहरुलाई विदेश जाने मनस्थिति छाडेर देशमै केही गर्न आहवान गर्नुभयो । उहाले चीन र भारतसँगको रेलसम्पर्क पनि जोडिने विश्वास व्यक्त गर्नुभयो ।