—: ओमप्रकाश गौतम :—
म झोले शिक्षक
शिक्षाको ज्योति जनजनमा फैलाउने
अहोरात्र विद्यार्थीको भविष्य उज्ज्वल बनाउने
समयलाई साथी बनाएर अघि बढ्ने
सत्य वचन बोल्ने
फोहोरी कुरा मनमा नराख्ने
निरन्तर अघि बढिरहने
म झोले शिक्षक
कसैका लागि राम्रो छु
कसैका लागि नराम्रो छु
तर
पेशाप्रति बफादार छु
कसैलाई छल्दिन, ढाटदिन, झुट बोल्दिन
कखरा, एबीसीडी, बाह्रखरी सिकाउने
जोड, गुणा भागा, घटाउ सिकाउने
एक शिक्षाप्रेमी
म झोले शिक्षक
हिजो जेजे थिए
राजनीतिमा लागेर हिडे
ब्यालेट पेपरमा मत प्रदान गर्न सिकाउने
म कस्तो अजिवको थिए
दलको भजन गाउने
शिक्षक – शिक्षक बिच रङ्ग बदल्ने
गुट उपगुट तयार गरेर
तलदेखि केन्द्रसम्म धाउने
झोलाभित्र पर्चा र पम्प्लेट राख्ने
म झोले शिक्षक
कस्तो – कस्तो बेमेलको थिए
मानौ कि
अरु कसैको कुरा नसुन्ने
जी हजुरी गर्ने, अवसरको खोजिगर्ने
जादुगर जस्तै थिए
किनकि
नेताहरुको पाउ मोलेर
शिक्षामा राजनीति भित्र्याउने
म झोले शिक्षक
हिजो
म शिक्षक थिए
कर्तव्यनिष्ठ थिए
जथाभावी बोल्दिन थिए
कर्ममा बिश्वास गर्थे
मानौ कि
अभिभावक गुरुजनहरुको लागि
म सहनशील , सुशील थिए
सबैको नजरमा
म एक समयको परिपालक
त्यसैले
म झोले शिक्षक
त्यही झोलामा मेरो शैक्षिक सामग्री
पेन्सिल, कम्पास, इर्याजर अटथ्यो
म यसैमा हराउँथे
बालबालिकाको उज्ज्वल भबिष्यमा रमाउथे
किनकि
म झोले शिक्षक
हो, वास्तवमा म एक झोले शिक्षक थिएँ, हिजोपनि थिएँ, आजपनि छु, भोलिपनि रहिरहनेछु भनेरै सबै शिक्षकहरुले भन्ने शब्द हो, यो । हुन पनि हो शिक्षक भनेका मैन बत्तीका सिखा हुन जो आफू जलेर अरुलाइ प्रकाश छर्छन । समयलाई चिन्ने अवलोकन गर्ने, बिचरण गर्ने भनेकै उनीहरू हुन । जसले बैज्ञानिक , पाइलट, डाक्टर, वकिल, नेता, अभिनेता, कुशल प्रशासक बनाउने भनेकै शिक्षकहरुनै हुन । तर हिजो जसरी शिक्षकहरुलाइ मानमर्दन गरिन्थ्यो नि आज त्यो मानमर्दन राज्यको उपल्लो निकायदेखि नेताहरूको दृष्टिकोणमा राम्रो नजरले हेरेको देखिन्न, शिक्षकहरुलाइ । हिजो तिनैलाइ दलहरुले दलहरुको पत्र बाढ्न, पर्चा पम्प्लेट बाढ्न, जनताका घरघरमा चुनावी कुपन बाढ्न समेत उनीहरूलाई प्रयोग गरे । आज उनीहरूलाई हेर्ने दृष्टिकोण फरक छ, यी माष्टरहरु न पढाउछन, बसिबसि तलब खान शिवाय अरु केही छैन यिनीहरूको भन्नेहरु जो कामचोर छन उनीहरूको भीड बाक्लो छ, यो समाजमा । नबढोस पनि कसरी ? न उनीहरू छल्न जान्दछन न बिचौलियाको काम गर्न जान्छन, चोरी चकारी गर्छन । यही भएर यो पेसा एउटा यस्तो पेसा बनेको छ जो अरुसङ्ग झुक्न जान्दैन । तर पछिल्लो घटनाक्रममा आएर यो पेसामा शैक्षिक माफियाहरुको जालोले तहसनहस बनाएको छ । शिक्षकमा राजनीतिक रङ्ग छराइले गर्दा १७ थरीका भन्दा बढी शिक्षकहरु बिस्थापित हुने अवस्था छ । हिजो २८ सालमा बनेको शिक्षा ऐनमै टेकेर हिजोदेखि आजसम्म बनेका शिक्षा क्षेत्रका शैक्षिक बिचौलियाहरुको कारणले गर्दा आज आन्दोलित बन्न बाध्य भए विभिन्न शिक्षा क्षेत्रका नेताहरु । हिजोदेखि आजसम्म बनेका शिक्षा ऐनमा आज कुनै
परिवर्तनै छैन । हरेक बिभागमा राजनीति जेलिएको छ, भाषणमा कुन बोल्न हुने कुन बोल्न नहुने सम्म जानेको देखिन्न, सबै उनैका नेताहरूको पटुकी बाधेर उनैको भजन गाएको हुनाले शैक्षिक क्षेत्रका बग्रेल्ती समस्याको चाङ्ग छ । कहिले आन्दोलनको नेतृत्व नेपाल शिक्षक महासङ्घ केन्द्रीय समिति एक्लैले लिने त कहिले नेपाल राहत शिक्षक केन्द्रीय समितिले काठमाण्डौको माइतीघर मण्डलामा लिने होडवाजीको विरासत अहिलेपनिए टुङ्गिएको छैन । यो परापूर्व कालदेखिनै चलि आएकोमा अहिलेपनि फेहरिस्त छ । जसको माग पूरा हुन सकेन उसको माग पूरा गराउनका निम्ति आवाज बुलन्द गर्न सबैजना भेला हुने ठाउँ ,भइदिएको छ माइतीघर मण्डला । यो स्थानमा जाने रहर कसैको हुन्न तर जहिलेपनि जाने बनाउछ सबैले राज्यका उपल्लो दर्जामा बस्ने नेता तथा तिनका अनेकन रुपधानी अदृश्य शक्तिहरुले ।
आज सदियौ बर्षदेखिको आफ्ना माग सम्बोधन नगरेको हुनाले नेपालभर रहेका स्थायी तथा विभिन्न खाले अस्थायी तथा राहत लगायतका अन्य कर्मचारीहरु अकास्मत गत २०८१ चैत्र २० गते देखि अहिलेसम्म आफ्ना माग शिक्षा ऐनमा जारी होस भनेर माइतीघर मण्डलामा सडक आन्दोलनमा छन । यो जायज माग पूरा गर्नका निम्ति शिक्षा मन्त्रालय र तिनका मातहतका सरोकारवालाहरु उनीहरूलाई वार्तामा बोलाएर समस्याको समाधान गर्न चाडोभन्दा चाडो निकास दिन अलमल नगरोसं । लाखौं लाख शिक्षक, कर्मचारीहरुको माग पूरा गर्न सबै जुट्न सकुन । नेपाल शिक्षक महासङ्घ केन्द्रीय समिति जिन्दावाद ।

Author

You may also like