अस्ति फ्रेबुअरी २८, २०२५ का दिन ह्वाइट हाउस स्थित ओभल अफिसमा अमेरिकी राष्टूपति डोनाल्ड टूम्प र युक्रेनका राष्टूपति भ्लोदिमिर जेलेन्स्की बीच भएको सम्वादले एकपटक विश्वलाई आश्चार्यचकित बनायो । दोस्रो विश्वयुद्धपछि प्रजातन्त्रिक शक्तिहरूको नेतृत्वदायी भूमिकमा रहेको अमेरिकाको भूमिकामा अचानक ब्रेक लाग्दा संसारभरका प्रजातन्त्रवादीहरू झस्किए ।
ओभल अफिसको दृष्यले एउटा युद्धमा घाइते भएको देशप्रेमी अनौपचारिक पहिरनमा निधारका धर्सा खुम्च्याएर गम्भीर मुद्रामा बसेको सपूत विश्वको सर्वशक्तिमान टाइसुटवालाबाट गाली खाइरहेको थियो । यस्तो देखियो त्यहाँ एउटा देशभक्त सिपाही अपमानित भइरहेको थियो । देशको एउटा निडर पहरेदार रोइरहेको थियो । देशको एउटा विरङ्गाना हार गुहार गरिरहेको थियो । घरको आँगनमै बम पडकाएर छोराछोरी मरिरहेको टुलुटुलु हेरेर तीन बर्ष व्यतित गरेको बाबु हीनताबोधको सिकार भएको थियो । प्रजातन्त्रका लागि लडेको सिपाही मूल्य चुकाइरहको थियो कथित प्रजातन्त्रको मसिहा ठान्नेका हातबाट पिठ्यूँभरी कोर्र्रा थापेर ।
अनि धेरै कमेन्टहरू पनि देखियो । खुचिंग गर्नेहरू पनि देखिए । देशको लागि, माटोको रक्षाको लागि, देशको स्वाभिमानका लागि, अनि मूलतः प्रजातन्त्रको लागि ज्यानको बाजी थापेर लडेको लडाकुलाई गरिएको अपमान निश्चयनै अक्ष्म्य थियो । युद्ध के हो, यसले कस्ता कस्ता कठीनाइहरूको सामना गर्नु पर्छ भन्ने पैसाको राजनीति गर्ने टूम्पहरू लाई के थाहा ?
यसरी अपमानित भएर युक्रेनका राष्टूपति अमेरिकाबाट सिधै बेलायत गए जहाँ युरोपेली युनियनले उनको स्वागत र सम्मान भयो । युरोपेली युनियनले अब प्रजातन्त्रको लागि एक्लै लड्नु पर्ने भएको छ । एक्लै युक्रेनलाई जोगाउनु परेको छ । एक्ले हिंडनु परेको छ प्रजातन्त्रका लागि । अमेरिकाले नाटो संगठनलाई पनि कमजोर बनाएको छ । जर्मनीबाट आप्mना ३५ हजार सेना हंगेरी सार्न खोजिरहेको छ किनभने हंगेरी नेटो सदस्य भएर पनि रसियाको समर्थन गर्छ । अमेरिकाले सबैभन्दा पहिला आप्mना लागि बिगत ज्यान दिएका क्यानाडा र युरेपेली युनियनलाई चिढ्यो ।
अब के हुन्छ ?
चीन र ताइवानको टेन्सन छ । यो घटनाले चीनलाई ताइवान कब्जा गर्ने बाटो खुलाइदियो । ताइवानलाई आर्थिक सहयोग गर्ने अमेरिका नै कम्युनिष्टहरूप्रति नम्र बनेपछि ताइवानको भूगोल अनिश्चित हुने देखिन्छ । उता मध्यपूर्वमा पनि इजराइललाई सहयोग गरिरहेको अमेरिकाको खाडी मुलुकहरूप्रतिको नीतिमा परिवर्तन आएसंगै मध्यपूर्वमा अरू संकट बढ्ने र अमेरिका आपैंm रणभुल्लमा परिरहेको छ । यसरी अस्थिर विदेश नीतिका कारण अमेरिका विश्व मानचित्रमा एउटा अप्रजातान्त्रिक मुलुक सावित हुने छ । उसले बिगत ७० बर्षमा कमाएको प्रजातन्त्रको मान र प्रतिष्ठा सबै खरानी बनाउन लागिरहेको छ । विश्वास गुमाउन गइरहेको छ । युरोपेली युनियनले युक्रेनलाई साथ दिइरहे अमेरिका भूमिकाबिहीन हुन पुग्छ । ऊ यता न उता हुने छ । कम्युनिष्टहरू ले पनि विश्वास नगर्ने, प्रजातान्त्रिकहरूले पनि विश्वास नगर्ने स्थिति बनिरहेको छ । अहिले नै अमेरिकाको ३५ टिूलियन डलर ऋण घाटा छ । उता मित्रहरू पनि गुम्न थालेका छन् । यसले डलरका कारोबार झनै घट्ने छ विश्व बजारमा । अनि रसियालाई प्रतिबन्ध लगाएको परिणाम अमेरिकालाई ब्याक फायर हुन सक्ने देखियो । युरोपियन युनियन अमेरिकालाई मनाउने, नमाने आपैm प्रजातन्त्रको नेतृत्व लिने मुड्मा पुगिसके । फ्रान्स नेतृत्व लिन आतुर देखिन्छ, बेलायत पनि छ । तर अमेरिकी नीतिको कारण जर्मनीमा ऊर्जा संकट छ । साउदी अरव, दक्षिण अमेरिकी मुलुकहरू र अफ्रिकन देशहरू चीनतिर ढल्किसकेको अवस्था छ । तिनले ब्रिग्स को अभियानलाई साथ दिने भनिसकेका छन् । यस्तो बेलामा अमेरिकी डलर निकम्मा हुने निश्चित छ ।
यसको मतलव अब अमेरिकामा निकै ठूलो आन्तरिक तनाव बढ्ने छ । अमेरिकाको डिमोक्रेटिक पार्टी र रिपब्लीकनका पुराना समर्थकहरू भनिरहेका छन्, हाम्रो सर्मनाक हार भयो । देशको शीर झुक्यो । अमेरिकी जनताको शीर झुक्यो । प्रजातन्त्रको शीर झुक्यो । प्रजातान्त्रिक संस्कारको शीर झुक्यो । सात दशक लामो यो विश्को स्वतन्त्रता, मानवअधिकार, र प्रजातन्त्रको सिंगो स्मारक दलदनीबल्यो र गल्र्याम्मै ढल्यो । आजीवन राष्टूपति स्वघोषित गरेका, देश भित्रैका विपक्षी आवाजलाई समाप्त पारेका पुटिनहरूलाई ‘प्रजातान्त्रिक’ बिल्ला भिराउने, अनि पाँच पाँच बर्षमा चुनावबाट आएको, देशमा युद्ध भएको कारणले धेरै जनताहरू विदेशमा शरणार्थी भएर जिउनु परेको र रसियाको लगातार आक्रमणले गर्दा चुनावै गर्न नसकिरहेको एउटा प्रजातन्त्रको शेनानी जेलन्स्कीलाई ‘डिक्टेटर’ (तानाशाह) भनेर अपमान गर्ने डोनाल्ड टूम्पको प्रजातान्त्रप्रतिको निष्ठा सकिएको जस्तो देखिन्छ । जो बाइडेनले पनि भनेका थिए, ‘टूम्पले चुनाव जित्नु भनेको अमेरिकाले चुनाव हार्नु हो ।’ कमला ह्यारिसले पनि चुनाव अघि नै भनेकी थिइन्, ‘टूम्पको युक्रेन युद्ध अन्त्य गर्ने सूत्र भनेको युक्रेनलाई आत्मसमर्पण गर्न लाउने नै हो । त्यो भन्दा अरू उनको कुनै सूत्र छैन ।’
उतिखेर भनेका यी कुराहरू आज सत्य सावित भयरहेका छन् । हुनतः चुनाव हार्दा हुल हुज्जत लिएर आक्रमण गर्ने मान्छे प्राजातान्त्रिक हुन्छ भनेर कसरी अमेरिकी जनताले भोट हाले, यो नवौं आश्चार्यको कुरो छ । अनि ‘अमेरिका इज ब्याक अगेन’ भनेर भाषण गर्ने टूम्पको बोलीले उनी अराजक र भूमिगत लडाकु मिलिसिया कमान्डर बोले जसरी प्रस्तुत भए जुन एउटा प्रजातान्त्रिक नेताले गर्दैन । त्यही समयमा मैले अमेरिकाको प्रजातान्त्रिक बिरासत ढलेको देखें ।
यदि अमेरिकाले यही सैन्य अन्योल, आर्थिक खराब व्यवस्थापन र कुटनैतिक एक्लोपनलाई जारी राखेमा अमेरिकाको यो नीति उसको ‘सुसाइड नोट’ बन्न सक्ने छ ।

Author

You may also like