अर्थ देश–समाज समाचार स्थानीय

बमौसमी तरकारीजन्य उत्पादन कमी, प्राथमिकतामा राख्नुपर्ने व्यवसायीको माग

दमक/ दमक नगर अधिकांश तरकारीजन्य उत्पादनमा आत्मनिर्भर भए पनि अझै लसुन, ब्याज र आलुलगायतका सामग्रीका लागि भारतीय बजारमै निर्भर रहनुपरेको छ । दमक नगरपालिकाले सागसब्जीमा आत्मनिर्भरताका लागि सहुलियत, सेवा सुविधा दिएर कृषकलाई प्रोत्साहन गरे पनि भारतबाट आयात हुने वस्तुमा अझै आत्मनिर्भर बनाउन नसकेको व्यवसायी बताउँछन् । कतिपय तरकारी उत्पादनका लागि कौशीखेतीलाई समेत प्राथमिकता दिँदै आएको नगरपालिकाले लसुन, ब्याज र आलुमा आत्मनिर्भर हुने गरी प्राथमिकता दिएर उत्पादन बढाउन आवश्यक हुने तरकारी बजार व्यवस्थापन समिति दमक अध्यक्ष, कुमार श्रेष्ठ । अन्य अधिकांश तरकारीजन्य सामग्री उत्पादनमा दमक आत्मनिर्भर भइसकेको उनको ठम्याई छ । अहिले अफ सिजन भएकोले पनि कतिपय तरकारीजन्य सामग्री केही महँगो भएको तर जसरी बाहिर महंगी सोचिएको छ त्यस्तो नभएको श्रेष्ठको जिकिर छ ।
तरकारी किन्न आएका क्रेताहरु पनि विगतको भन्दा महँगो भएको बताउँछन । दमक अधिकांश तरकारीजन्य सामग्री उत्पादनमा आत्मनिर्भर भएको भन्ने कुरालाई पनि यो महँगीले पत्याउन गाह्रो हुने दमक की तुलसा मुडवरी बताउँछिन् । उनले भनिन– महँगीले गर्दा भान्सामा पनि कसरी छिर्ने भन्ने भईसक्यो तथापि आफुले पनि कौशी खेती गरेर अहिलेसम्म तरकारी खाईरहेको बताउँछिन् ।
स्थानीय उत्पादन नभएको र बाहिरकै तरकारीमा निर्भर हुँदा मूल्य बढेको दमकस्थित तरकारी बजार व्यवस्थापनका अध्यक्ष कुमार श्रेष्ठ बताउँछन् । नगरबासीलाई महँगोमा सामान बेच्ने मनसाय कुनै पनि व्यापारीले राख्दैन किनकी त्यो उसको कर्मथलो हो । हामीले खरिद गरेकोमा केही प्रतिशत मुनाफा राखेर विक्री वितरण गर्न गरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
यतिखेर बजारमा काक्रा ४०, पर्वल ८०, भिन्डी ५०, करेला ५०, टमाटर ६०, फुलकोपी १००, फर्सी ५०, मुला ५०, गाँजर ७० मा बिक्रीवितरण भइरहेको प्याज ५०, बन्दा ४०, सीमी १००, घिरौला ५०, खोर्सानी १००, लोकल लसुन ५०, चाइनिज ३५०, अदुवा १००, आलु ४० देखि माथि ८० रुपैयाँ सम्म केजीको रुपैयाँ रहेको व्यवसायी दिवस पुरीले बताए । दशैंमा चाडपर्वको बेलामा अलिकति महँगो भएको तर त्यसपछि स्थानीय उत्पादनले जितेपछि मूल्य घटेको पनि पुरीले बताए । उनले भने नेपाल बाहिरबाट आएका सामान ढुवानीलगायतको कारणले अलि महँगो हुने गरेको पनि सुनाए ।
हरियो सब्जी हरेक दिन ३० क्वीन्टलको हाराहारीमा आउने गरेको व्यवस्थापन समितका अध्यक्ष श्रेष्ठले बताउँछन । उनले १ लाख केजी सब्जीको दैनिक व्यापार हुने तर त्यो दमकमा मात्र नभएर गौरीगञ्ज, कन्काईमाई यता, उत्तरी भेग, पथरी, मधुमल्ला, केराबारीसम्मका व्यापारीले यहीबाट लगेर व्यापार गरिरहेका छन् । त्यसरी व्यापार हुँदा दैनिक १ लाख केजीसम्मको व्यापार हुने गरेको तर व्यापारबाट दैनिक वा मासिक रुपमा यति नै रकम हुन्छ भन्ने ठ्याक्कै डाटा निकाल्न नसकिएको स्वीकार गर्छन ।
बेसिनको तरकारी उत्पादनमा बढी प्राथमिकता दिनुपर्ने देखिएको पनि उनले बताए । अब वर्खाको समय आउन लाग्यो । अहिले नै पनि हावाहुरी र पानीले धेरै किसानले लगाएका तरकारीजन्य कृषिमा क्षति पु¥याएको छ । यस्ता किसानले प्रोत्साहित गर्न क्षतिपुर्तिको समेत व्यवस्था गर्न आवश्यक रहेको उनले सुनाए । उनले उच्च जग्गा वा कौसी खेती गरेर पनि स्थानीय उत्पादन बढाउन सकिने भएकोले त्यसतर्फ आम उपभोक्ता तथा कृषकहरुलाई सोच्न आग्रह समेत गरे । होलसेल व्यापारीले नै मूल्य बढाएपछि खुद्रा व्यापारीले त ५÷१० रुपैयाँ नाफा राखेर बिक्री गर्नु स्वाभाविक भएको दमक–८ स्थित सब्जी बजारका रमेश आचार्य प्रष्ट पार्छन् ।
सरकारको सम्बन्धित निकायले अनुगमन गरी होलसेल व्यापारीबाटै कममूल्यमा तरकारी बिक्री गर्ने व्यवस्था मिलाउने हो भने सर्वसाधरण जनता पनि मारमा नपर्ने उनको भनाई छ ।
‘हामीले त थोरै नाफा खाएर तरकारी बेच्ने हो  । होलसेलबाटै मूल्य बढेर आएपछि हामीले त्यही अनुसार बेच्नै पर्यो । व्यापारी आचार्य आफ्नो बाध्यता सुनाउँछन् । ‘जसरी खरिद गरेको हो, त्यसमा थोरै मार्जिन राखेर खुद्रा व्यापारीले बेच्ने हो ।’ नयाँ सब्जी बजारमा तरकारी व्यापारी श्रेष्ठ बताउँछन् ।
उता आलु र प्याजको होलसेल व्यापार गर्दै आएका नयाँ सब्जी बजारका व्यापारी रञ्जित साह भने अहिले आलु भारत र भुटानबाट आइरहेको जानकारी दिन्छन् ।
आलु र प्याज बाहेकका तरकारी धनकुटा, इलाम, झापाको चारआली, सुनसरीको इनरुवा र केही मात्रामा राजधानी काठमाडौंबाट आइरहेको व्यापारीहरुले बताए । र उक्त बजारमा बजार मूल्यको कहिँ पनि उल्लेख गरिएको छैन । नत कुनै डाटा राख्ने व्यवस्था नै मिलाइएको छ । २ हजारका दरले स्टलको भाडा नगरपालिकालाई बुझाउँदै आएको पनि उनले बताए ।
बजार व्यवस्थापन समिति र व्यवसायीले मूल्यमा खासै बृद्धि भएको नदेखाए पनि आम उपभोक्ता भने सन्तुष्ट देखिँदैनन् । यतिखेर तरकारीजन्य वस्तु मात्र नभएर हरेक वस्तुको मूल्यमा आएको बृद्धिले उपभोक्तालाई चिन्तित तुल्याएको छ ।
तरकारीजन्य मात्र नभएर चिनी, दाल, चामल, गेडागु्डी र घ्यू, तेल, लत्ताकपडा, हार्डवेरका सामग्रीमा मनपरी भएको मूल्यबृद्धिले उपभोक्तालाई मार परेको छ ।

Author

You may also like