समाचार

नेपालमा एकै दिन थप २२६ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १७९८ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप २२६ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १७९८ पुगेको छ। अहिले सम्म कोरोना संक्रमणबाट नेपालमा ८ जनाको मृत्यु भैसकेको छ ।

 

Author

You may also like