समाचार

झापामा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि

दमक। झापामा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाह्रदशी गाउँपालिकाका दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। गाउँपालिकाको वडा नम्बर ४ का ३२ वर्षीया र वडा ३ का ४६ वर्षीया पुरुषमा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम साहले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर – ३ स्थित पशुपति माविको क्वारेन्टाइनमा बसेका १२ जनाको स्वाब सङ्कलन गरिएको थियो । त्यसमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । ति दुबैजना सङ्क्रमित भारतको महाराष्ट्रबाट आएका हुन् । उनीहरूमध्ये ३२ वर्षीय पुरुष जेठ ७ गते र ४६ वर्षीय पुरुष जेठ १३ गते आएका थिए । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ११३ पुगेको छ ।

Author

You may also like