दमक/ दमक जेसीज स्थापना भएको ४ दशक बितेको छ । शनिबार ४३ औं स्थापना दिवस आफ्नै सचिवालयको हलमा मनाइएको छ । सो अवसरमा दमकस्थित विभिन्न संघ–संस्थाका प्रमुख तथा जेसीज परिवारको उल्लेख्य उपस्थिति रहेको थियो । दमक जेसीजका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्व, संस्थापक सदस्य पदम कोइरालाको प्रमुख आतिथ्य तथा नेपाल जेसीजका पूर्व अध्यक्ष प्रकाश प्रसाद अधिकारीको विशिष्ट आतिथ्यमा सम्पन्न स्थापना दिवसमा केक काटेर स्थापना दिवस मनाइएको थियो । शुभकामना दिने सन्दर्भमा दमक जेसीजका विगतदेखि वर्तमानसम्मका केही स्मरणहरु उल्लेख गरिनुका साथै दमक जेसीजलाई सल्लाह सुझावहरु पनि वक्ताहरुले दिएका थिए ।
मन्तव्य राख्नेहरुमा नेपाल जेसीजका पूर्व अध्यक्ष प्रकाश प्रसाद अधिकारी, नेपाल जेसीजका पूर्व महासचिव नित्यानन्द ताजपुरिया, दमक जेसीजका बोर्ड अफ ट्रष्टिजका अध्यक्ष गञ्जबहादुर दाहाल, पूर्व अध्यक्ष नरेन्द्र बराल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, नेरेसो दमकका अध्यक्ष प्रकाश बुढाथोकी लगायत रहेका थियो । सन् १०८१ मा स्थापना भएको दमक जेसीजलाई ४१ जनाले नेतृत्व प्रदान गरिसकेका छन् ।
यसरी नेतृत्व दिनेहरुमा संस्थापक अध्यक्ष गणेश ढकाल (१९८१ र १९८२) दुई कार्यकाल, पदम कोइराला, हरि भण्डारी, गोपाल ढकाल (१९८५ र १९८६) बसन्त दाहाल, मृगेन्द्र केसी, भागवत बुढाथोकी, केशव आचार्य, संजय कोइराला, बुद्धि शेखर भट्टराई, नरेन्द्र बराल, दिलिप श्रेष्ठ, मानबहादुर बुढाथोकी, गञ्जबहादुर दाहाल, सुन्दर चौधरी, लोकबहादुर अधिकारी, युवराज कटुवाल, सुरेश अग्रवाल, नित्यानन्द ताजपुरिया, नारायण अधिकारी, लैनबहादुर सुब्बा, घनश्याम कोइराला, महेश भट्टराई, सुदिपराज पन्त, रामचन्द्र बराल, संगम शर्मा, आर.बी. थापा, नेत्रप्रसाद चौलागाई, सुवास भट्टराई, रमेश अधिकारी, प्रकाश प्रसाद अधिकारी, भगवान बस्नेत, रेगिना भट्टराई, सन्तोष अधिकारी, गोविन्दराज कट्टेल, चन्द्र खत्री दाहाल, भीमराज चौलागाई, कमल कटुवाल, सुयोग खरेल, संजीव बराल, मुकेश अग्रवाल र वर्तमान अध्यक्ष रामचन्द्र अधिकारी रहेका छन् ।

