दमक । झापा दमकका सामाजिक व्यक्तित्व तथा राष्ट्रिय प्रजातन्त्र पार्टी झापा जिल्ला उपाध्यक्ष नैनसिंह भण्डारीको सोमबार साँझ आफ्नै निवासमा निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित भण्डारीको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार गराएपनि सम्भव नभएपछि दमक ३ स्थित आफनै निवासमा फर्काएर राखिएको थियो ।
पछिल्लो समय भण्डारी निमोनियाबाट समेत ग्रसित रहेको परिवारिक स्रोतले जनाएको छ ।
२०६२ सालमा भण्डारी दमकको नगरपालिका प्रमुख बनेका थिए भने दमकस्थित हंसेदुम्से सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष, दमक रवि सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष भइ सामाजिक क्षेत्रमा काम गरेका थिए । भण्डारीको सोमबार दिउँसो कन्काई माईमा अन्त्येष्टि गरिएको छ ।