खेल समाचार

हिसान झापाको भलिबल प्रतियोगितामा दमकको ग्लोबल एकेडेमी प्रथम


दमक, १७ पुस।

झापाको दमक-६ स्थित ग्लोबल एजुकेशनल एकेडेमी हिसान झापाले आयोजना गरेको भलिबल प्रतियोगितामा प्रथम विजेता बन्न सफल भएको छ । विर्तामोडको गोमेन्द्र माध्यमिक विद्यालयमा आइतबार भएको फाइनल खेलमा ग्लोबल एकेडेमी  छात्र तर्फको भलिबल प्रतियोगितामा जिल्लामै पहिलो बनेको हो । बिजेता ग्लोबल एकेडेमीको टिमलाई मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ भने खेलाडीहरुको मनोबल बढाउन ग्लोबल एकेडेमीले भने आफ्नो विद्यालयको टिमलाई प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने निणर्य गरेको  प्रिन्सिपल गुणराज अधिकारीले जानकारी गराए ।
यही पौष ९ र १० तथा १४ र १५ गते गोमेन्द्र मा. वि.को खेल मैदानमा हिसान झापाको भलिबल प्रतियोगिता भएको हो । छात्र तर्फको भलिबल प्रतियोगितामा विर्तामोडको सिद्धार्थ मा. वि. दोश्रो र निधि मा.वि. तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) झापाले आयोजना गरेको सो प्रतियोगितामा जिल्ला भरिका २० माध्यमिक विद्यालयका भलिबल टिमबीच प्रतिष्पर्धा भएको गोमेन्द्र मा. वि. का संचालक उत्तम खनालले बताए । खनालका अनुसार छात्रा तर्पmको खेलमा भने विर्तामोडको पूर्वाञ्चल मा. वि. प्रथम, बाल्मिकी मा. वि. दोश्रो र कमल गाउँपालिका केर्खाको वन्डरल्याण्ड मा. वि. तृतिय स्थान ओगटन सफल भएको जानकारी गराइएको छ । हिसान झापाको मासिक क्रियाकलाप अन्तर्गत यो भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा कक्षा ११ र १२ का भलिबल खेलाडी विद्यार्थीहरुको टिमले भाग लिएका थिए ।

Author

You may also like