देश–समाज समाचार

हल्दिबारीमा विपन्नलाई कम्बल

भद्रपुर, ०३ माघ। झापा हल्दिवारी –४ स्थित सनातन धर्म सेवा समिति किरातेश्वर शिव मन्दिर एवं किरातेश्वर गुरुकुलममा शुरु भएको गरुड पुराणको अवसरमा त्यहाँका ४० जना आर्थिक विपन्नलाई कम्बल वितरण गरिएको छ ।
लायन्स क्लब अफ बिर्तामोड लेडी र हल्दिवारी ४ का पूर्व वडा अध्यक्ष होमप्रसाद चुडालद्वारा सौजन्य गरिएको कम्बल कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन ,उपाध्यक्ष लक्ष्मीदेवी मैनाली , लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओली , लायन्स क्लबका डिष्ट्रिक चिफ निरज ओली, नेपाली कांग्रेस हल्दिवारीका सभापति गंगा प्रसाईलगायतले वितरण गरेका थिए । जाडो बढेसंगै विपन्न परिवारलाई लक्षित गरि लायन्स क्लब अफ बिर्तामोड लेडीसंगको समन्वयमा कम्बल वितरण गरिएको पूर्व वडाध्यक्ष चुडालले बताए ।
पुराण आयोजक समितिका अध्यक्ष बलराम गिरीको अध्यक्षता एवं हल्दीवारी गाउँपालिका अध्यक्ष लिङ्देनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २६ औं बार्षिक उत्सव एवं १७ औं गरुड पुराण मंगलवारबाट शुरु भएको छ ।
उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि लिङ्देन,गाउँपालिका उपाध्यक्ष मैनाली, कांग्रेस गाउँ सभापति प्रसाईं, समाजसेवी नितेश शाहलगायतले शुभकामना मन्तव्य राखेका थिए । गुरुकुल संचालन गर्नका लागि पुराणको आयोजना गरिएको जनाइएको छ ।

You may also like