२०१० सालमा किन देवकोटाले ‘साँढे’ शीर्षकको यो कविता लेखे भनेर प्रश्न उब्जिरहन्थ्यो मनमा । यो त अलिक मर्यादीत भएन कि भन्ने पनि लाग्थ्यो । समाजलाई सभ्यता सिकाउने र सभ्य समाज बनाउने सपना देख्ने लेखक कलाकारहरूले नै यसरी अराजक पदावली प्रयोग गरेपछि समाज, समय र सभ्यताको नाभी छिन्यो जस्तो लाग्थ्यो । साथीहरू यो कविता पढेर हाँस्थे । ताली पडकाउँथे । मुस्कुराउँथे । साँढेको अभिनय पनि गर्थे । अलिक बलियो देखिने साथीलार्इै त्यही साँढेको उपनामले बोलाउँथे ।
ऋर्थात साथीहरूलाई यो ििवता आनन्दको स्रोत बन्थ्यो । तिनका कल्पनाहरू उन्मूक्त आकासमा मूक्तकण्ठले उडथे जसरी देवकोटा शब्दसंगै उड्थे ।
तर म ‘पान्थरबाट काठमान्डू गको पाखे’ लाई अचम्म लागेर केही हुनेवाला थिएन । तर पनि मन लागेन रमाउन । बरू घोत्लिन थालें । डिपि भण्डारी सरलाई सुनाएँ मेरो दुखेसो । उहाँले हाँस्दै भन्नुभयो, ‘हेर केटा, अहिले यस्तो लाग्यो नि, पछि यस्तो दिन आउने छ नि, तैंले यही कवितालाई उत्खनन् गरेर बोल्ने छस्, लेख्ने छस् ।’ म अवाक भएर सरको कुरा सुनिरहें । ‘हो, त्यो समय आउँछ तँ नमरी ।’
त्यसपछि मैले यो बिषयलाई सदाका लागि किनारा लगाएँ । कतै उठाइनँ, कतै लेखिनँ, कतै बोलिनँ । किनभने त्यसबेला भर्खर बहुदल आएको थियो र दल र तिनका नेताहरू यो देशका ‘मालिक’ भइसकेका थिए । ती कराउँथे ‘ड्वाँवाँवाँवाँ…..’ गरेर । कुटाकुट गर्थे । चुवावमा बुथ कब्जा गर्थे । समाजमा सबैलाई दलको बिल्ला भिराएर एक अर्कालाई ‘पराइ’ बनाउँथे । दलको सदस्यताको टिकट नकाटी केहीमा पनि खुट्टा टेक्न पाइन्थ्यो । यसको भूक्तभोगी र पीडित व्यक्ति म आपैm पनि थिएँ । सायद डिपि सरले त्यो महसुस गरिसक्नुभएको थियो क्यार ।
कस्तो थियो त देवकोटाको कविता ?
साँढे
मेरो नाम छ साँढे !
वैज्ञानिक पटु शक्तितन्त्रले
मन्त्र गरीकन छाडे !
पशुबल पाँडे !
क्षेत्र क्या फाँडे !
पन्ना पृथिवी उजाडेँ !
“हा ! हा !” गर्दछ तर्सी दुनियाँ,
डुक्री, हाँकी–हपारेँ !
मेरो नाम छ साँढे !
मानिस जाति थिचियोस्, मिचियोस्,
के पर्वा ?
बलको सुराले लाल छ आँखा,
मेरा मगजमा रिसका ज्वलनका
अणु अर्वा !
विस्फोटक छन् ध्वनिहरु ध्वुंसक,
शठ–गर्वा !
जवाफदेही दुनियाँप्रति के !
तृणचर वा !
अङ्गाररङ्गा हूँ ढाडे !
मेरो नाम छ साँढे !
दया भनेको कमजोरी हो,
गर्जी ड्वाँ !
बालक जन्मनसम्मन् तर्सून् !
पृथिवी झ्वाँ !
आगो डकार्दछु ! सभ्यता खार्दछु,
भुट्दछु च्वाँ !
किनकि म साँढे, साँढे नै हुँ !
भाले ह्वाँ !
वरपर हेरन, तर्सन छाडेँ
मेरो नाम छ साँढे !
सभ्यता सब अट्ने उदर यो,
शस्त्र शिङ्गार !
फलाप मशल् औ विश्व निडर यो,
वंव्–हुङ्कार !
तोपहरुको मुहरी मुख यो
ड्वाँ ओडार !
प्रलयकालको हुँ पटु पाँडे !
मेरो नाम छ साँढे !
आज साँढेका बथान छन् यो देशमा । ती कतिखेर कोसंग भिड्छन् थाहा हुँदैन ।
‘साँढे’एउटा बिम्ब हो । एउटा शक्ति हो । एउटा अहंकार हो । एउटा अलंकार हो । एउटा अराजकता हो । त्यो ‘मन्त्र’ गरेर छाडेपछि मात्र साँढेको मूमिकामा उत्रिन्छ । त्यो मन्त्र संविधानको मन्त्र । त्यो मन्त्र समाजवादको मन्त्र । त्यो मन्त्र समावेशिताको । संघीयताको मन्त्र । ‘क्षेत्र फाँडने’ र ‘पृथ्वी उजाडने’ मन्त्र । देश उजाडने मन्त्र । मार्कसको मन्त्र । लेनिनको मन्त्र । रूशोको मन्त्र । गांधीको मन्त्र । माओको मन्त्र । मडुरोको मन्त्र । पुटिनको मन्त्र । मन्टेस्क्युको मन्त्र । मेकियाभेलीको मन्त्र । उत्तरको मन्त्र । दक्षिणको मन्त्र । वारिको मन्त्र । पारिको मन्त्र । ती मन्त्रले पूm गरेर छाडिएको हो त्यसलाई । अनि दुनियाँलाई ‘तर्साउँछ’ । मानिस रोउन्, कराउन्, आत्महत्या गरून्, बिदेशिउन् उसलाई केहीको पनि ‘पर्वा’ छैन । उसलाई सिर्पm ‘शक्तिमा’ रहनु छ । शक्ति जोगाउन ऊ आँखा ‘राता’
पनि पार्छ । मगजमा जलनको बर्षा गराउँछ । ऊ ‘विष्फोटक’ बनेको छ । उसको आप्mनै ‘कानून’ बनाएको छ । बन्न बाँकीलाई ‘आदेश’ मार्पmत बनाउँछ ।
कानूनले भएन भने ‘झोले’ उत्पादन केन्द्रबाट फोर्स मगाएर भए पनि ऊ शक्तिमै रहनु पर्छ । उसको शब्दकोशमा ‘दया’ भन्ने शब्द नै छैन । दया त ‘कमजोरी’ हो । त्यसैले गर्जिरहनु पर्छ । अनवरत । तिनका गर्जनलाई मलजल गरेर ‘पैmलाउने’ काम गर्ने तिनका ‘संयन्त्रहरू’ तैनाथ छन् । ‘आगो डकारेर’ सभ्यता बनाउने उसको सपना छ । उसलाई देखेर जो ‘तर्सन’ छाड्छ, ऊ त्यो मूलधारबाट विलय हुन्छ । कता पुग्छ कता, कसैले देख्न सक्दैन । उसले आप्mनो मुखलाई ‘तोप’ भनेर ‘ड्वाँवाँकककककक’ गर्छ । ऊ ‘प्रलय’ जन्माउने हुती राख्छ । र गर्वकासाथ भन्छ, ‘म साँढे हुँ ।’
यो भूगोल आज त्यो साँढेको भूगोल जस्तै लागिरहेको छ । न त यहाँ कसैले लेखेर केही हुन्छ, न त बोलेर । म अहिले डा. डिपि भण्डारी सरलाई सम्झिरहेको छु । उहाले भन्नुभएको अधुरो काम मैले आज पूरा गरें । सरले त उसबेलै देख्नु भएको रहेछ, मैले आज देखें ।