देश–समाज

कुकुरले टोकेर एकैदिनमा पचास भन्दा बढी घाइते

महोत्तरी, महोत्तरीमा बौलाहा कुकुरले एकैदिन ५० जनाभन्दा बढीलाई टोकेको छ । जिल्लाका विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो ।

जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ । कुकुरबाट घाइते हुनेलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अस्पतालमा पठाइएको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।

एकैदिन ५० जनाभन्दा बढी व्यक्तिलाई टोकेर घाइते बनाएका बौलाहा कुकुरलाई गोली हानी मार्नका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट २० जना प्रहरीको टोली खटाइसकिएको प्रहरीले जनाएको छ ।

Author

You may also like