अहिले म बेलायती नाटककार क्रिष्टोफर मार्लोतिर फर्किरहेको छु । सन् १५८७ मा अर्थात्, आजभन्दा ४३७ बर्ष अघि लेखिएको यिबोगान्तक नाटक पढिरहको छु । हामी हिजो लेखिएका कुरा आज रद्दीको टोकरीमा हाल्ने महान मानिसहरुका लागि यो आश्चार्यको कुरा हो । तर म आज त्यही नाटकमा मेरो देश पढिरहको छु ।
‘उहिलेका कुरा खुइलिए’ भन्ने जमानामा यो चारसय सैंतिस बर्षअघिको नाटक किन पढेको मैले ? उत्तर सहज छ ः त्यो नाटकको पर्सिया भन्ने देशको कथा अहिलेको मेरो देशको कथा बनेको छ ।
त्यही भएर पढेको ।
के छ त त्यो नाटकमा ?
पर्सियाको साशक मिसिटसले सिथेनिनको भेडागोठालो टेक्बुरलेनलाई ध्वस्त पार्न भाइको नेतृत्वमा आप्mना सेना पठायो, तर उसको भाइले उसैलाई हटाएर आपूm राजा बन्न डबल क्रश गरेर आप्mनै दाजूलाई सत्ताबाट हटाउने ध्येय राख्यो । तर परिणाम उल्टो निस्कियो । उल्टै टेम्बुरलेनले साशक मिसिटसलाई सत्ताच्युत गरेर छाड्यो । साशकको छोरो पनि मा¥यो । साशकको भाइलाई पनि । अब पूरै पर्सिया भेडा गोठालो टेम्बुरलेनको हातमा गयो ।
अब टेम्बुरलेनलाई टर्की पनि आँखा लाग्यो । त्यहाँको राजा (साशक) बजाजिथलाई पनि पक्रियो, अनि तिनलाई दास बनायो । त्यसपछि टेम्बुरलेन डमास्कसतिर लोभियो, लडाईं लड्यो र जित्यो पनि ।
टेम्बुरलेनको शक्ति बढेको बढ्यै भयो । यसैबीच इजिप्टको राजा जिनोक्रेटले टेम्बुरलेनलाई रोक्न खोजे, तर सकेनन् । हारे । त्यसपछि टेम्बुरलेनले आपूm त्यो महादेश भरिको राजा (शासक) भएको घोषणा ग¥यो । टेम्बुरलेनका सेना अभैm अघि बढ्लै गए र हंगेरी र नाटोलिया कब्जा गरे । यसैबीच टेम्बुरलेनकी श्रीमती बिरामी भएको खबर आएपछि ऊ पर्सिया फर्कियो, तर रानीको मृत्यु भयो । उसले त्यो बेदना सहन नसकेर सहर पूरै आगो लगायो र यसलाई पुननिर्माण नगर्नू भनेर आदेश दियो । टर्कीका राजाका छोराहरुसंग पनि लडे टेम्बुरलेनका सेना । त्यति मात्र होइन, उसले आप्mना ३ भाई छोरालाई युद्धका बारेमा निकै प्रशिक्षण दियो । उसमा बदलाको भावना यति धेरै बढेर गयो कि ऊ आप्mनो शक्तिलाई चरम दुरुपयोग गर्न थाल्यो । आपूmले हराएका राजाहरुलाई रथ तान्न लगाएर बेबीलोन पु¥यायो । बिचरा राजाहरु चार पाइला नहिंडेका, संधै रथमा चढेर हिंडेकाहरु आज स्वयं रथ तान्दै थिए । तिनका शरीर पसिनाले भिजेका थिए । खुट्टा बाउँडिएका थिए । लर्खरिएका थिए । आँसुका थोपाहरु भmरिरहेका थिए । जति ती राजाहरु रुन्थे, कराउँथे रथ तान्न नसकेर, उति टेम्बुरलेनलाई आनन्द आउँथ्यो । उति नै ऊ मुस्कराउँथ्यो त्यो रथमाथि बसेर । ताली पड्काउँथ्यो । अनि बाटाका दुबै पङ्तीमा रमित हेर्न उभिएका मान्छेहरुलाई देखेर ऊ हर्षित हुन्थ्यो । मानौं उसले भगवानको रुप लिइरहेको छ । जति राजाहरु रथ तान्न नसेकेर पसारिन लाग्थे, ऊ कोर्र्रा हान्थ्यो । ती राजाका शरीरभरि नीलडाम थिए । पटपटी रगत निस्किरहेको थियो शरिरबाट  । तिनीहरुलाई न त बस्न र आराम गर्न दिन्थ्यो, न त उभिन दिन्थ्यो । त्यो भन्दा ठूलो सजाय जिजस राजाले प्रमिथियसलाई पनि दिएका थिएनन् । अर्काको आँसुमा रम्ने निर्दयी, पापी र अत्याचारी शासक बनिरहेको थियो टेम्बुरलेन ।
त्यति गरेर कयौं दिनमा राजाहरुलाई बेविलोन पु¥याएपछि फाँसी दियो, अनि बाँकी मान्छेलाई तालमा प्mयाँकेर डुबाएर मार्ने आदेश दियो ।
पछि जब ऊ मर्ने बेला भयो, छोराहरुलाई अगाडि राखेर तिमीहरुले बाँकी संसार सबै जित्नु है भनेर परान फाल्यो ।
आज म ती रथ तान्ने राजाहरु हेरिरहेको छु । ती तानिरहेका छन् । पसिनाका धारा चुहाइरहेछन् । भैंसीको जत्रो सास फेर्दैछन् । ती रथ तानिरहेका छन् ।
आज म देखिरहेको छु, रवि लामिछाने रथ तान्दै छन् । ती तानिरहेका छन् रथ । काठमाडौबाट तान्दै तान्दै पोखरा पुगे । लाखौं मानिसहरु त्यो रमिता हेनै सडकमा निस्किए । ती कराए पनि । यो धरतीले आँखा र कान दुबै बन्द गरिदिएको छ हामीलाई । त्यसैले पोखरामा कसले, कतिले, के के भनेर कराए केही पनि देखिएन । केही पनि सुनिएन । त्यो रथमाथि बस्ने टेम्बुरलेनहरुले केही पनि सुनेनन् । केही पनि देखेनन् । तिनले सिर्पm रवि देखे । फेरि, पोखराबाट उनलाई रथ तनाउँदै चितवन ल्याइयो । त्यहाँ पनि को को मान्छे, कति मान्छले, के के भनेर नारा जुलुश गरे, रथमा बस्ने टेम्बुरलेनहरुले केही पनि देखेनन् । केही पनि सुनेनन् । तिने सिर्पm रवि देखे । फेरि त्यसपछि रविलाई बुटवल पु¥याइयो रथ तनाउँदै । त्यहाँ पनि कति मान्छे, को को मान्छे के के भन्दै थिए, केही पनि पत्तो भएन रथमाथि बस्ने टेम्बुरलेनहरुलाई । त्यसपछि रवि रथ तान्दै तान्दै बिरगञ्ज पुगे । अनि रातारात फोखरा पु¥याइयो रथ तान्दै तान्दै । अव ७७ वटै जिल्लामा तिनले रथ तान्नु छ । त्यसपछि बेबिलोन (काठमाडौं ?) पु¥याइन्छ । त्यसपछि उनी अदृष्य हुनेछन् । बाँकीलाई फाल्ने रारा ताल टाढा भएकोले सुन्दरिजल कारागारतिर फालिएलान् ।
त्यसो त अहिले रथ रवि लामिछाने मात्रै तानिरहेका छैनन्, सर्वसाधारण जनता पनि रथ तान्दैछन् । महंगीको मारमा, भष्टाचारको मारमा, आप्mना सटरहरु बन्द गरेर भए पनि टेम्बुरलेनहरुलाई कर तिरिरहेका छन् । रेमिट्यान्स भित्र्याइरहेका छन् ।
यद्यपि युवा पनि रथ तान्दैछन् । दलका बोक्नै नसक्ने झण्डा र डण्डा बोकेर मेचीमहाकाली गर्नु परिरहेको छ । सडकमा गईदिनु परेको छ । नारा लगाइदिनु परेको छ । पैसा उठाइदिनु परेको छ । टेम्बुरलेनहरुको सुरक्षा दिनु परिरहेको छ । पढ्न गएका नानीहरु पनि मुड्की उचालेर टेम्बुरलेनहरुको भक्ति गीत गाउनु परेको छ । यदि यी कर्म नगर्ने युवा कोही निस्किए भने तिनले देश छोड्नु पर्छ । पलायन हुनु पर्छ । ती रथ तान्ने युवाहरु कि त आप्mना नेताले अर्कालाइै सुँगुर भन्दा पररररर ताली पढ्काउन हाजिर छन्, कि त त्रिभुवन विमानस्थलमा खादा र माला भिरेर बोइङ्ग जेट पखिरहेका छन् ।
र, पनि व्यापारी रथ तान्दैछन् । आप्mना सटरहरु दिनदिनै बन्द हुँदैछन् । उपभोक्ताहरु दिनदिनै घट्दै छन् । क्रयशक्ति मान्छेको दिनदिनै घटिरहेको छ । प्रजनन् दर घटिरहेको छ । नर्सरी कक्षामा भर्ना हुन आउने् केटाकेटीको अनुपात गिरेर गइरहेको छ । परनिर्भरता बढिरहेको छ । राष्ट्रिय उत्पादन घटेको घटेकै छ । यस्तो अवस्थामा टेम्बुरलेनहरु राजश्व बढाउने सपना देखिरहेका छन् । यति हुँदाहुँदै पनि सबै नागरिकले कर तिरिरहेका छन् । अर्थात रथ तानिरहेका छन् । काँध पिल्सिसक्यो । खुट्टा भाँच्चिइसके ।
अर्थात् हामी रथ तानिरहेका छौं टेम्बुलेनहरुलाई बोकेर ! दमक, झापा

Author

You may also like