देश–समाज

शैक्षिक संस्थाभित्रको राजनीति अन्त्य हुन आवश्यक

शिक्षामा देशको लगानी ठूलो भए पनि शैक्षिक गुणस्तर कायम हुन सकेको छैन । फेरी पनि विद्यालयमा दलगत राजनीतिको चपेटामा परेको भन्दै आक्रोश व्यक्त गरिएका छन् । विश्वविद्यालयहरुमा डिन नियुक्तिमा राजनीतिक हस्तक्षेप बढी भएको गुनासो आए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हस्तक्षेप नगर्ने र मेरिटोक्रेसीको आधारमा नेतृत्व छान्न दिने प्रतिबद्धता व्यक्त गरेका छन् । खास गरेर त्रिभुवन विश्वविद्यालयको सिनेटको बैठकमा प्रधानमन्त्रीले उक्त विचार राखेका हुन । शिक्षा र शिक्षकहरूलाई राजनीतिक चस्माको छायाबाट बाहिर ननिकालेसम्म विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा गुणस्तरीय हुन सक्दैन । शिक्षा प्राज्ञिक क्षेत्र हो । शिक्षालयहरू विचार निर्माण तथा सिर्जनाका बगैंचा हुन् । यो बगैंचाका मालीको रूपमा रहेका गुरुहरूलाई राजनीतिक हिलोले छ्याप्ने काम गर्नु हँुदैन । गुरुजनहरू पनि छ्यापिनु हुँदैन । जोगिनुपर्छ ।
शिक्षा क्षेत्र समस्या नै समस्याहरूको जालोले घेरिएको छ । यसमध्येको एउटा समस्या शिक्षामा राजनीतीकरण हो । शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट अलग बनाउन आवश्यक मात्र होइन, जरुरी भइसकेको छ । शिक्षालाई मेरिटोक्रेसीको आधारमा सञ्चालन गर्नुपर्छ । गुरुजनहरू राजनीतिक दलका कार्यकर्ता होइनन् । विद्यार्थीका अनुसन्धानकर्ता, परिवर्तनकर्ता, मूल्यांकनकर्ता, समन्वयकर्ता, व्यावसायिक मित्र एवम् स्रोतव्यक्ति हुन सक्नुपर्छ ।
शिक्षालयहरूलाई अनुशासित, मर्यादित तथा गुणस्तरीय बनाउनका लागि शिक्षक प्राध्यापकहरूको ठूलो भूमिका हुन्छ । परन्तु, शिक्षण पेसाको गहनता र महत्वलाई राजनीतिक दलहरूले बुभ्mन सकेको देखिएन । प्राज्ञिक वर्ग राजनीतिक दलहरूको पछाडि लाग्ने होइन, बरु राजनीतिले बाटो बिराउँदा दिशानिर्देश गर्न सक्ने मार्गदर्शक शक्ति बन्न सक्नुपर्छ । प्राज्ञिक वर्ग राजनीतिक दलहरूबाट दुरुपयोग हुनुहुँदैन । गुरुजनहरूले पनि आफैं बुभ्नुपर्छ । गुरुजनहरू राजनीतिक दलका कार्यकर्ता होइनन् । विद्यार्थीका अनुसन्धानकर्ता, परिवर्तनकर्ता, मूल्यांकनकर्ता, समन्वयकर्ता, व्यावसायिक मित्र एवम् स्रोतव्यक्ति हुन सक्नुपर्छ ।
शिक्षकहरू देशका दक्ष जनशक्ति उत्पादन गर्ने स्रोतशक्ति हुन् । सामाजिक, आर्थिक र शैक्षिक रूपमा शिक्षक वर्गलाई माथिल्लो स्तरमा राख्नुपर्छ । राजनीतिक दलहरूले सार्वजनिक रूपमा नै शिक्षालयहरूलाई राजनीतिको उद्गम थलो भन्ने गरेका छन् । गुरुजनहरूले विद्यालय तहदेखि विश्वविद्यालयसम्म संघ, संगठनहरू खोलेका छन् । किन चलाउनुप¥यो ? कक्षाकोठामा पढाउनुपर्ने गुरुजनहरू दलका कार्यक्रम तथा पार्टी कार्यालयहरूमा धाउन अशोभनीय कुरा हो र ? होइन । गुरुहरू आफ्नो क्षमतामा विश्वस्त र पेसाप्रति इमानदार भएर विद्यार्थीको भाग्य र भविष्यवेत्ताका रुपमा आफ्नो क्षमता प्रदर्शन गर्नुपर्दछ । जति शिक्षकको भूमिका हुन्छ त्यो भन्दा धेरै नीतिनिर्मताको भूमिका हुने भएकोले शैक्षिक नीति निर्माणमा समवेदनशिलता अपनाउन पनि उत्तिकै जरुरी देखिन्छ ।

Author

You may also like