देश–समाज

एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङ

लण्डन, गैरआवासीय नेपाली संघ एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी हुनु भएको छ । । एनआरएनका सबैभन्दा धेरै सदस्य रहेको मुलुक बेलायतमा अध्यक्ष जित्ने पुनम पहिलो महिला बन्नु भएको छ। प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै पुनमले जित निकाल्नु भएको हो ।

आज सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार पुनमले ४ हजार ५५१ मत प्राप्त गरेर अध्यक्ष जित्नु भएको हो ।

You may also like